यसरी दिए मोदीले अाेलीलार्इ सर्प्राइज भेट

Loading...

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ ।मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए । ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए ।

 

स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सर्प्राइज भेट गरेका थिए ।

 

५४ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार विहान नयाँदिल्ली प्रस्थान गरेका थिए । उनलाई इन्धिरा गान्धी अन्तरार्ष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राखिएको छ ।ओलीले शुत्रलबार नै भारतीय उद्योगीहरुलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आहृवान गरे ।

प्रधानमन्त्री ओलीसँग भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भेटवार्ता गरेका छन् । भेटमा पूर्वप्रधानमन्त्री मनमोहन सिंह लगायत पनि सहभागी थिए ।

Loading...

Similar Posts :


25

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ । कानून मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतको...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

कूटनीतिक राहदानी दिन कडाइ

परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र...

एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टी

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएर एसिया महादेशमा भएका विभिन्न  कम्युनिष्ट पार्टिहरू मध्य नेपालकाे कम्युनिष्ट पार्टि शक्तिशाली भरएकाे...

फेकनले गर्याे लेखा तथा कर सम्बन्धी तालिम

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...