मुलुकको वर्तमान शिक्षा बेरोजगार उत्पादन गर्ने थलो भयाे – प्रचण्ड

Loading...

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको वर्तमान शिक्षा पद्धति बेरोजगार उत्पादन गर्ने थलोको रुपमा रहेको टिप्पणी गर्दै अब प्राविधिक, उत्पादन वृद्धि गर्ने व्यवशायिक शिक्षा हुनु पर्ने बताए। उनले प्राकृतिक रुपमा सम्बृद्ध नेपालको भरपुर उपभोग गर्दै आगामी एक दशकभित्र मुलुक समृद्धशाली बनेको देख्न सकिने ठोकुवा गरे।धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय तर्फको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास गर्दै  आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको औपचारिक घोषणा हुने निश्चित भएको  बताए ।

दुई पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिको बुधवार बस्ने बैठकले एकताबारे टुंगो लगाउने उनको भनाइ छ। ‘विशाल जनसभा गरेर दुवै पार्टीबीचको एकता घोषणा गर्ने तयारी गरिएको छ,’ उनले थपे, ‘अब समावेशी, लोकतान्त्रिक र एकीकृत पार्टीको घोषणासँगै समाजवादतर्फ उन्मुखमा हामी जुट्ने छौं।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अब मुलुकले विश्वको ध्यान तान्दै सामाजिक न्याय र आर्थिक विकास तर्फ उन्मुख हुने बताए। सामाजिक न्याय सहितको विकाससँगै धनी र गरिबबीचको खाडल पुरिदै जाने उनको भनाइ थियो।
दाहालले पाख्रिबासमा १ नं.प्रदेशको कृषि संकायको विश्व विद्यालय स्थापनाका लागि आफ्नो पार्टी तथा सरकारले जोड गर्ने उल्लेख गरे। कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकाल, सांसद राजेन्द्र राई, पूर्व सांसद हेमराज भण्डारी लगायतले पनि धारणा राखेका थिए।
Loading...

Similar Posts :


25

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...