तामाकोसी आयोजना समयमै सम्पन्न हुन्छ – अाेली

Loading...

प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती एवं हेलचेक्राइँ गरे आफूलाई सिधैं जानकारी गराउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

बुधबार दोलखाको लामाबगरस्थित आयोजनाको निरीक्षण गर्न आइपुगेका ओलीले भने,‘राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारको कुनै निकायले ढिलासुस्ती गर्न पाउँदैनन्। ढिलासुस्ती गरे तत्कालन कारबाही गर्छु।’ तोकिएकै समयमा आयोजना निर्माणका लागि कुनै विलम्ब हुन नदिने उनले बताएका छन्।कुनै पनि ठाँउमा ढिला सुस्ती काम हुन नदिने ओली सरकारको निति रहेको बताउँदै उनले निर्धारित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिए। आयोजना निर्माणको एक दिन ढिला हुँदा ४ करोडको घाटा हुने प्रधानमन्त्री ओलीले बताए।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले राष्ट्र बैंकले डलर सटहीमा ढिलासुस्ती, लामोसाँघु-जिरी सडकको स्तरोन्नतीका क्रममा सडकको अवस्था बिग्रिएकाले निर्धारित सयममा नै आयोजना सम्पन्न नहुने बताए।उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये सबैभन्दा पहिला तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउने विश्वास व्यक्त गरे।
२०६७ सालदेखि निर्माण सुरु भएको यो आयोजनामा भूकम्प, भारतीय नाकाबन्दी, विष्फोटक पदार्थको अापूर्तिमा ढिलासुस्ती र नक्सा डिजाईनमा भएको त्रुटिका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न हुने आयोजनाका कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ।
आयोजनाको ९४ दशमलव ०४ प्रतिशत कार्य सम्पन्न भइसक्दा ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ। चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण ठेक्का पाएको यो आयोजना सन् २०१९ को मे भित्र सम्पन्न गर्नुपर्ने छ।
आयोजनाको निर्माण अवस्था बुझ्न प्रधानमन्त्री, उर्जामन्त्रीसहित चिनियाँ राजदूतको टोली दोलखा आएको छ। लामाबगरमा निर्माण गरिएको बाँध निरीक्षण गरेर प्रधानमन्त्री ओली आजै राजधानी फर्कनेछन्।
Loading...

Similar Posts :


7

इन्जिनियरिङ शिक्षा ,हेर्नुहाेस् कुन कलेजमा कति सिट ?

प्रत्यक बर्ष नेपालमा इन्जिनियरहरुको संख्या बढ्दै गएको छ ।विकास निर्माणको गतिसंगै इन्जिनियरहरुको माग पनि उल्लेख्य मात्रमा बढेको हाे । राष्ट्रनिर्माणमा दक्ष इन्जनियरहरुको भूमिका पनि...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

फेरी सुरू भयाे माअाेवादी र एमालेकाे बिचकाे किचलाे,प्रधानमन्त्रीको कार्यशैली माथि नै प्रश्न ?

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एक...

तामाकोसी आयोजना समयमै सम्पन्न हुन्छ – अाेली

प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती...

नेपाली प्रधानमन्त्रीलार्इ भारतमा ‘गार्ड अफ अनर’ प्रदान

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी ‌ओलीलाई शनिबार ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । राष्ट्रपति भवनमा शनिबार बिहान एक समारोहबीच ओलीलाई ‘गार्ड अफ अनर’...

एसईई पछि प्राविधिक शिक्षा , अध्ययन पश्चात के के छन् अवसर ?

सीप युक्त शिक्षा अर्थात् प्राविधिक शिक्षा जिविकोपार्जनसंग जोडिने शिक्षा हो । प्राविधिक विषय अध्ययन गर्ने र चाँडो जागिर खाने भन्ने लक्ष्यले विद्यार्थीहरुको यसतर्फ आकर्षण...
Loading...

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...