इक्यानमा राजनीति हाेइन काम गरेर देखाउनेछु

Loading...

बिगत १० बर्ष देखि राजधानीकाे बागबजार स्थित Enlighten international education सन्चालन गर्दै ब्यववसयिहरु माझ स्थापित एंव  लाेकप्रिय युवा ब्यवसायिका रुपमा परिचित नाम हो दिपक राज भुसाल ।वागी ९ अर्घाखाचीमा जन्मिएका भुषाल रूपन्देहीकाे सैनामैना नगरपालीका १ का स्थाइ बासिन्दा हुन् ।उनी एल् वि नमुना एकेडेमी बुटवलका प्रमोटर हुन् भने आधारशिला कलेज काठमाडौँका निर्देशक हुन् ।गोलोबल मिडिया ग्रुपका बोर्ड अफ डाइरेक्टर उनी विभिन्न संघ संस्थासंग आवद्ध छन् ।सुचना प्रविधि समाजका केन्द्रिय सदस्य उनी क्यानका पनि आवद्ध छन् ।
उनी न्यू इरा युथ क्लब रुपन्देहिका संस्थापक अध्यक्ष,सैनामैना माध्यमिक विद्यालय र सैनामैना सामुदायीक बनको व्यवस्थापन समिति सदस्य ,बालाजु जेसिस २०१७को अध्यक्ष भइसकेका छन् । सन् २००९सालमा बागबजारमा स्थापना भएको इनलाइटेन एजुकेशनले अहिले देशका विभिन्न सहरमा आफ्नो साखा विस्तार गर्न सफल भएको छ । यसले अष्ट्रेलिया,जापान,अमेरिका ,न्यूजील्याण्डमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्नुका साथै भाषा शिक्षण कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ ।

Msc (zoology) TU  र MscIT sikkim manipal university बाट  पास गरेका भुसालले १० भन्दा बढी देशहरुको भ्रमण गरिसकेका छन।बौद्धिक ,उर्जावान र गतिसिल प्रतिभाका धनी भुसाल दुई बर्ष अघि सर्वाधिक मत प्राप्त गरि कार्यसमिती सदस्यमा निर्वाचित भइ अतिरिक्त कृयाकलाप बिभागको प्रमुखको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरि सदस्यहरुमाझ लोकप्रिय छन् ।उनले नेपाल शैक्षिक परामर्श संघको बैशाख ८ गते हुने निर्वाचनमा बिष्णु हरि पाण्डे नेतृत्वको टिमबाट सचिब पदको उमेद्वारी दिएका छन् ।

उनको नेतृत्वमा इक्यानमा भएका कामहरु

  • भदौ ४ २०७३ मा दोस्रो इक्यान फुटसल प्रतियोगिता
  • भाद्र ११ २०७३ मा बानेश्वरमा सरसफाई कार्यक्रम
  • भाद्र १२ २०७३ मा रक्तदान कार्यक्रम
  • भाद्र १३ २०७३ मा २० औ बार्षीक स्थापना दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम,शिक्षा सेवि पुरस्कार संयोजन,महाविरपुनलाई सम्मान एंव सहयोग
  • कार्तिक ११ २०७३ विजया दशमी ,दिपावली ,छठका अवसरमा सुभकामना आदानप्रदान कार्यक्रम
  • पौस २३ २०७३ मा ११ औ बार्षीक साधारण सम्पन्न गर्न व्यवस्थापकिय भूमिका
  • फगुन ८ २०७३ मा इक्यानको फुटसल प्रतियोगीता
  • फागुन २२ २०७३मा नवौ इक्यान पीकिनिकको संयोजन
  • बैसाख १२ २०७४ मा भुकम्पमा ज्यान गुमाएका प्रति दिपप्रज्वलन कार्यक्रम
  • एघारौ इक्यान शैक्षिक मेलामा डेन्टल क्याम्पको संयोजन,रक्तदान कार्यक्रम एवं मेलालाई व्यवस्थीत बनाउने भूमिका निर्वाह गरेको
  • भाद्र १३ २०७४ मा २१ औ बार्षीक स्थापना दिवसको अवसरमा इक्यान इजोन फुटसल म्याच,किर्तिपुर स्थीत एचआइभि पीडित बालगृहमा बस्ने बालबालिकालाई खाध्यान्न तथा नगद वितरण,प्रभातफेरी कार्यक्रम,विजनेश एक्सिलेन्स अवार्डको घोषणा
  • २०७४ असोजमा दशैविषेश सुभकामना आदान प्रदान कार्यक्रमको संयोजन
  • पौस २९ २०७४ मा १२ साधारणसभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको
  • २०७४ फागुन २६ मा दसौ इक्यान बनभोज कार्यक्रम
  • २०७४ फागुन ३० गते माइतिघर मण्डलामा विमान दुर्घटनामा परी ज्यान गुमाएका प्रति इक्यानको दिप प्रज्वलन कार्यक्रमको संयोजन

इक्यानको आगामी कार्यकालका लागि सचिव पदमा तपाईको उम्मेद्वारी नै किन ? सचिव पदमा विजयी हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
म लामो समय देखि इक्यानको सक्रिय सदस्य हुदैँ इक्यानको केन्द्रिय सदस्यको रुपमा पनि एक कार्यकाल काम गरिसकेको छु । मैले आफूले पाएको जिम्मेवारी सफल रुपमा पूरा गरिसकेको छु । इक्यानको नेतृत्वले अवलम्बन गरेका हरेक काम गतिविधीलाई थप जिम्मेवार र शसक्त रुपमा अघि बढाउनका लागि मैले उमेद्वारी दिएको हुँ ।हाल इक्यानको कार्यालय परम्परागत हिसावले व्यवस्थापन गरिएकाले यसलाई व्यवस्थीत गर्नुपर्ने छ, कर्मचारीलाई थप व्यवस्थीत र चुस्तदुरुस्त बनाउनको निमित्त,बोर्डवैठकका निर्णयहरु र सुचनाहरु व्यवसायीहरुमाझ पुर्याउन इक्यान सचिवमा मेरो आवश्यकता साथीहरुले महसुस गर्नुभएको छ ।आगामी दिनमा पनि सबैसँग सहकार्य गर्दै आफ्नो कार्यदक्षताले पाएका भूमिका निर्वाह गर्ने प्रण गर्दै यस पदका लागि उम्मेद्ववारी दिएको हुँ । मलाई सबै साथीहरुले समर्थन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
निर्वाचनमा राजनीतिक रुपमै दुईवटा प्यानल देखिएका छन्, इक्यानमा काम गर्ने वातावरण भावी दिनमा कसरी सहज बन्ला ?
हामी सबै व्यवसायीक साथीहरु नै छौ र सबैले यो व्यवसायलाई माया गर्ने हुँदा भो लीका दिनमा काम गर्न सबैसँग मिलेर अगाडि बढ्न आवश्यक छ । राज्यका निकायसँग परामर्श गर्दै अगाडि बढ्न सकेमा यो व्यवसायलाई छुट्टै उचाइ दिन सकिन्छ भन्ने विश्वास लिएको छु । यो व्यवसायीक प्यानल हो र हाम्रो संस्थालाई एउटा उचाइमा पुर्याउन सक्षम नेतृत्वको आवश्यकता छ । राजनीतिक मुद्धा छैनन त्यसैले हाम्रा व्यवसायका मुद्धा स्थापित गर्नका लागि म विष्णुहरी पाण्डे नेतृत्वको प्यानबाट उमेद्वारी घोषणा गरेको हुँ सबैले साथ दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।
अबको इक्यान र यसको नेतृत्वले गर्नुपर्ने कामहरु के –के छन् ?
विभिन्न नयाँ शैक्षिक गन्त्व पहिचान गर्नुका साथै टियुसन फी इन्सुरेन्स अनिवार्य गराउन पहल गर्न जरुरी छ ।शिक्षा सेवाकरको रुपमा विदेश जाने विद्यार्थीसंग लिने एक प्रतिशत शूल्क विद्यार्थीको हितको निमित्त प्रयोग गर्न पहल गर्ने ,शैक्षिक परामर्श तथा भाषा शिक्षण नियमावली बनाउन पहल गर्ने र सो नियमावलीमा व्यवसायीहरुको अधिकारलाई संरक्षण गर्न पहल गर्ने ,विदेशी कुतनीतिक नियोगहरु संग थप समन्वय गर्नुका साथै इक्यान इन्डोर्सकलेजको अवधारणालाई थप व्यवस्थीत बनाउन पहल गर्ने,व्यवसायी सदस्यहरुलाई अन्तर्राष्ट्रिय स्तरको वर्कसप सञ्चालन गर्ने ,इक्यानको संगठनात्मक संरचनामा परिवर्तन गर्दै प्रादेशिक स्तरमा लानुपर्ने आवश्यकता छ ।शैक्षिक परामर्श व्यवसायी महासंघ बनाउन पहल गर्ने,संघको सुविधासम्पन्न भवन निर्माण गर्न पहल गर्ने,विमासुविधालाई निरन्तरता दिने,शैक्षिक परामर्श व्यवसायलाई अन्य व्यवसाय सरह राष्ट्रिय उद्योगको रुपमा मान्य प्रदान गराउन पहल गर्ने ।साखा कार्यालय खोली बाधा अड्चनलाई सहज बनाउने ।नेपाललाई एजुकेशन हव बनाउन पहल गर्ने,नेपाल सरकार शिक्षा मन्त्रालय मार्फत प्रदान गरिने सेवा सञ्चालन स्विकृतिलाई नियमित गरी कम्तिमा ५ बर्ष बनाउन एंव धरौटि वा सुरक्षण कोषको व्यवस्था नगर्न पहल गर्ने,टिआईटिआईको तालिम हटाउन पहल गर्ने,परामर्श व्यवसायलाई थप व्यवस्थीत र मर्यादित गराई सम्मान जनक रुपमा स्थापीत गराउन पहल गर्ने ।

अन्त्यमा सबै परामर्शदातृ व्यसायीहरुलाई के भन्न चाहानुहुन्छ ?
यो नितान्त व्यवसायीक संस्थाको चुनाव हो । यहाँ कुनै पूर्वाग्रह नराखी सक्षम नेतृत्व चयन गर्ने प्रयास गर्नुस । यो संस्थालाई सक्षम नेतृत्वको खाचो छ । हामी यो संस्थामा रहेर काम गरेर देखाउन चाहन्छौ त्यसैले सबै साथीहरुले समर्थन गरी मतदान गर्नुहुने छ भन्ने अपेक्षा लिएको छु ।

Loading...

Similar Posts :


25

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ । कानून मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतको...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

कूटनीतिक राहदानी दिन कडाइ

परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र...

एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टी

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएर एसिया महादेशमा भएका विभिन्न  कम्युनिष्ट पार्टिहरू मध्य नेपालकाे कम्युनिष्ट पार्टि शक्तिशाली भरएकाे...

फेकनले गर्याे लेखा तथा कर सम्बन्धी तालिम

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...