नयाँ बर्षमा धुमधामले सजिदै पाेखरा ,फेवा नवबर्ष महाेत्सब सुरू

Loading...

पाेखराकाे फेवाताल किनारमा नयाँ वर्ष उत्सव मनाइँदै  अाएकाेमा यस बर्ष ‘फेवा ताललाई संरक्षण गरौं,’ नारा दिएर पोखरामा ‘फेवा नव वर्ष महोत्सव’ सुरु भएको छ । यो १५ औं संस्करणको महोत्सव हो । पश्चिमाञ्चल होटल संघले चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म मेला चल्नेछ ।

महोत्सवको सम्पूर्ण तयारी सकिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । ‘नयाँ वर्षलाई हामीले उत्सवका रुपमा सामूहिक मनाइरहेका छौंं,’ तुलाचनले भने, ‘प्रत्येक वर्षजस्तै यो वर्ष पनि पोखरा नयाँ वर्ष महोत्सवमा रमाउने छ ।’

फेवाताल किनार कोमागाने पार्कमा आयोजित नयाँ वर्ष महोत्सवमा रुमाउन देशविदेशका पर्यटक भेला भएका छन् ।महोत्सव १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवका संयोजकसमेत रहेका तुलाचनले बताए । प्रत्येक दिन बिहान ११ बजेदेखि राति १० बजेसम्म महोत्सव चल्ने छ । तर ३० गते राति भने १ बजेसम्म जागै बसेर नयाँ वर्षको स्वागत गर्ने तयारी छ ।

नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्व र मौलिक संस्कृतिको रक्षा गर्दै मनाउन लागिएको हो । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण छन् ।

महोत्सवमा खानाका १० र अन्य ३० व्यापारिक गरी कूल ४० स्टल रहने छन् । पाहुनालाई छुटसहितका प्याकेजको व्यवस्था छ । नेपाली तथा विदेशी खाना, सांस्कृतिक कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक, डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुति, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता महोत्सवका आकर्षण हुन् ।

दिउँसोमा महोत्सवको मजा लिन ५० रुपैयाँ र रातिमा १ सय ५० रुपैयाँको टिकट काट्नुपर्ने छ । महोत्सवअघि स्थानीय हल्लनचोकबाट सांस्कृतिक झाँकी निकालिएको थियो ।

महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र ७ लाख पाँच हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । फेवा नव वर्ष महोत्सवको बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उदघाटन गरेका छन् । उनले फेवातालको अतिक्रमण हटाइने पनि बताए ।

Loading...

Similar Posts :


21

चालु आर्थिक वर्षमा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने

सरकारले आर्थिक वृद्धिको अनुमानलाई फेरि संशोधन गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५.८९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ...

नयाँ बर्षमा धुमधामले सजिदै पाेखरा ,फेवा नवबर्ष महाेत्सब सुरू

पाेखराकाे फेवाताल किनारमा नयाँ वर्ष उत्सव मनाइँदै  अाएकाेमा यस बर्ष ‘फेवा ताललाई संरक्षण गरौं,’ नारा दिएर पोखरामा ‘फेवा नव वर्ष महोत्सव’ सुरु भएको छ...

तामाकोसी आयोजना समयमै सम्पन्न हुन्छ – अाेली

प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आयोजना निर्माण गर्न सरकारका कुनै निकायले ढिलासुस्ती...

राष्ट्रिय प्रसारणलाइनमा जाेडिदै साेलार उर्जा

विश्व बैंकको सहयोगमा निर्माणाधीन २५ मेगावाटको सोलार ऊर्जा आगामी एक वर्षभित्रै सञ्चालनमा आउने भएको छ । नुवाकोटको देवीघाटमा निर्माण भइरहेको यो सोलार ऊर्जामा विश्व...

सरकारले सबै गाउपालिकामा एकीकृत सम्पत्ति कर लागु गर्ने

आगामी साउन १ गतेदेखि घर, जग्गा, मालपोत, भूमि लगायत नाममा छुट्टाछुट्टै कर बुझाउनु नपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै...

अर्थमन्त्रीले जारी गरेकाे स्वेतपत्रमा नेपालकाे ढुकुटि रित्तिदै गएकाे स्पष्टाेक्ति

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तिय क्षेत्रमा अहिले देखिएको समस्याले बैंकहरुले प्रवाह गरेको कर्जा प्रतिनै  शंका उब्जाएको बताएका छन् । शुक्रबार श्वेतपत्र जारी गर्दै...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...