डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

Loading...

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै रुस्लान धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो ।

काठमाडौं गोल्डेन्सले शुक्रबार हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ। खेल मध्यान्ह १२:३० मा हुनेछ।प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो।१४३ रनको विजय लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो।

काठमाडौंको तर्फबाट सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए। अमित श्रेष्ठले १९ बलमा २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले २१ बलमा १५ रन बनाए। पुष्प थापा ९ रनमा आउट भए।यस्तै सन्नी पटेल र नरेश बुढाऐर नटआउट क्रमशः १ र ७ रन बनाए।
यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए।यसैगरी करण केसीले १२ बलमा २१ रन बटुले भने पुनित विष्टले ७ रन बनाए।
महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भए।
आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गरेका थिए।
काठमाडौंका सन्नी पटेलले सुरुमै ६ विकेट लिएपछि महेन्द्रनगरले अधिकांश समय दबाबमा खेलेको थियो। उनले ४ ओभरमा १ मेडेन राख्दै १० रन खर्चेर ६ विकेट लिए। उनी डिपीएल क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने।पुष्प थापा र सुबोथ भाटीले १/१ विकेट लिए।
Loading...

Similar Posts :


5

डीपीएल क्रिकेटमा काठमाडौं गोल्डेन्स फाइनलमा, धनगढीसँग भिड्ने

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउँदै रुस्लान धनगढी प्रमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो ।...

डीपीएलमा रुपन्देहीलार्इ महेन्द्रनगरले ४ विकेटले हरायाे

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बिहीबारको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई महेन्द्रनगर युनाइटेडले ४ विकेटले हराएको छ । संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भएको...

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तलीले पाए जग्गा

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका...

सन्दिप लामिछाने अार्इपीएल खेल्न मंगलबार दिल्ली जादैँ

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आपीएललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । आईपीएलको तयारीका लागि भोलि दिल्ली जाँदैछन् । सोमबार पत्रकार सम्मेलन गरेर १७...

सन्दिपले दिल्लीकाे फस्ट ११ मा परेर अाइपीएल खेल्न पाउँलान् ?

दिल्लीले बोली लगाएपछि १७ वर्षे सन्दिप आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् तर  उनी फस्ट ११ मा परेर खेल्न पाउँछन्  कि पाउदैनन्...

ओडीआई मान्यता पाएको नेपाली क्रिकेट ! हेर्नुहाेस् विगत, बर्तमान र भबिष्य

जिम्बाम्बेमा जारी आईसीसी विश्वकप छनोटको सातौं स्थानका लागि आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ। एकदिवसीय मान्यता पाएपछि नेपाली टोली उत्साहित छ भने प्रतियोगितामा खराव लयमा...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...