इक्यान निर्वाचन-महासचिवमा सन्तोष प्याकुरेललार्इ नै किन दिने भोट ?

Loading...

नेपालको शिक्षा क्षेत्रमा क्रियाशिल व्यवसायी एवं समग्र शिक्षा क्षेत्रका जानकार व्यक्ति उनले लगनशिल ,मेहनति ,मिलसार ,मृदुभाषी व्यक्तीत्वका रुपमा आफ्नो परिचय स्थपित गर्न सफल भएका छन् ।उनी लेखक, प्रशिक्षक,शिक्षक हुनुका साथै सफल परामर्श व्यवसायी पनि हुन् । लामो समय शिक्षण पेशामा विताएका उनले अहिले परामर्श व्यवसाय सञ्चालन गर्दैँ आएका छन् । परामर्श व्यवसायीहरुको छाता संगठन इक्यानको केन्द्रिय सदस्य हुँदै महासचिव सम्मको यात्रा तय गरेका उनी इक्यानका बर्तमान महासचिव हुन् ।उनले परामर्श व्यवसाय भित्रका समस्या ,यसले विद्यार्थी र अभिभावकमा प्रत्यक्ष पार्ने प्रभाव ,विदेशी विश्वविद्यालय र कुुटनितिक नियोग संगको समन्व र छलफलका बारेमा आफ्नो ध्यान केन्द्रित गर्दै आफ्नो संघका सदस्यहरुलाई परामर्श व्यवसाय सञ्चालनमा सहजिकरण हुने किसिमबाटै आफ्ना सदस्यहरु संग निरन्तर छलफल गर्दै आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्दै आएका छन् ।एक कार्यकाल भित्र आफूले गर्न वाकी रहेका केही कामहरु पूरा गर्ने दायीत्ववोधका साथ उनले दोस्रोपटक इक्यानको महासचिव पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् ।उनले नेपालका विभिन्न विश्वविद्यालयका थुप्रै क्याम्पसहरुमा विविए र एमविएका विद्यार्थीहरुलाई अध्यापन गराईसकेका छन् । उनी परामर्श व्यवसाय भित्र विषेश गरेर न्यूजिल्याण्डमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने संस्था कमन फाउण्डेसनका सञ्चालक हुन् ।उनको कार्यालय राजधानीको पुतलिसडकमा रहेको छ ।
अध्ययन ,अध्यापन ,लेखन र तालिम
उनले व्यवस्थापन संकायबाट एमविएस उत्तिर्ण गरेका छन् भने काठमाडौँ विश्वविद्यालयबाट एजुकेशनल लिडरसिप विषयमा एमफील गरेका छन् ।उनी कमोडिटिज एण्ड डेरिभेटिभ्स मार्केटका ट्रेनर हुन् ।उनी आइसिइएफ बाट प्रशिक्षीत शैक्षिक परामर्शदाता हुन् ।उनी नेपाल सरकारले परामर्शदातृ संस्थाहरुलाई प्रदान गर्ने प्रशिक्षण टिआईटिआईको पनि ट्रेनर हुन् ।उनी ICEF Trained Educational counselor(IATC- 0341), Qualified Education Agent Counselor (QEAC- M764) / Education New Zealand trained agent हुन् ।उनले व्यवस्थापन संकायका विद्यार्थीले अध्ययन गर्ने त्रिभुवन विश्वविद्यलायको विविएस दोस्रो बर्षको लागि  Fundaments of Financial Management ,विविएस तेस्रो बर्षका लागि Corporate Finanace विविए तेस्रो सेमेस्टरका लागि Business Finance र पूर्वाञ्चल विश्वविद्यालय विविए पाचौँ सेमेस्टरका लागि Financial management  गरी चारवटा किताव प्रकाशन गरिसकेका छन् ।
पुरानै पद तर नयाँ सोच
उनको बुझाइमा एक कार्यकाल महासचिव भएको व्यक्ती पुनः उही पदमा दोहारिन खोज्नुको अर्थ बाकी रहेका काम सम्पन्न गर्ने मौका दिनु पनि हो ।आफूं इक्यानियनहरुको चाहना बमोजिम नै पुनः महासचिव पदाका लागि उमेद्वार भएकाले अधिकांस सदस्यहरुले आफूलाई मतप्रदान गरेर विजयी गराउनेमा उनी विस्वस्त छन् ।परामर्श व्यवसायलाई नजीकबाट नियालेका उनले २००९ अगष्ट २८ गतेबाट परामर्श व्यवसायको यात्रा तय गरेका हुन् ।सुरुवातिकालमा सदस्य पदको चुनाव हारेर पनि निरन्तर संस्थामा योगदान पुर्याएकै कारण उनलाई केन्द्रिय सदस्य पदमा नियुक्त गरिएको थियो । पछी इक्यानको दुई कार्यकाल केन्द्रिय सचिवमा विजयी हुदै उनको महासचिव सम्मको विजयीयात्राले काम गरेर देखाएकै कारण निरन्तरता पाएको छ ।यसपटक पनि आफ्नो प्रतिस्प्रर्धा आफैसंग भएको र आफूले थप जिम्मेवारीका साथ आफ्नो पदिय भूमिका निर्वाह गर्नेमा उनी कटिवद्ध छन् ।
इक्यान भित्र उनको नेतृत्वमा भएका कामहरु
एआईइसीमा छुट
आईडिपी अष्टेलियाको आईईएलटिएस ल्याउन प्रभावकारी भूमिका
जापानको भिषा रोकिएको विषयमा आवाज उठाको
बिगतमा नेपाल सरकार शिक्षा मन्त्रालयको सुरक्षण कोष रोक्ने विषयमा पहल गरेको
विगतमा कान्तिपुर दैनिक संग इक्यनका सदस्यलाई विज्ञापन दरमा छुटका विषयमा पहल गरेको
इक्यान शैक्षिक मेला व्यवस्थापन
खोज अनुसन्धान र बिकास विभागमा सक्रिय भूमिका, इक्यान एप्सको अवधारणा

तपाईको आवश्यकता किन ?
संघको नीति नियम बुझ्नुका साथै लामो समयसम्म संस्थाभित्र रहेर काम गर्दा आफूले संस्थागत गरिमा बढाउन अंह भुमिका खेलेको र यसलाई अझ उच्चतम विन्दुमा पुर्याउन आफ्नो आवश्यकता महसुस गरेको र संघका सदस्यहरुको पनि यही चाहना भएकाले मैले उमेद्वारी दिन लागेको हुँ ।विसम परिस्थीतिमा पनि इक्यानभित्र रहेर सफल भूमिका निर्वाह गर्दै हाइकमिसन संग सम्बन्ध सुधार गर्न पहल गर्ने र शिक्षा मन्त्रालय संग समन्वय गर्दै अघि बढेको अवस्था छ ।
गर्नुपर्ने कामहरु
कुटनीतिक नियोग संग छलफल गर्ने र नयाँ गन्तव्यको खोजी गर्न पहल गर्नुपर्ने कामहरु छन् ।इक्यान भित्रका कर्मचारीको बाडफाड,कार्ययोजना नयाँ निति तर्जुमा लगायत देशभरीका शाखा संग समन्वय गर्ने विषयमा पनि सहयोग पुर्याउन एउटा महासचिवकोे भुमिका रहन्छ ।सदस्यहरुबाट आउने सुझाव र उनीहरुको समस्या प्रति गर्नुपर्ने सहजीकरण ,विभागीय जिम्मेवारी संगै संघको गतिविधिवारे सदस्यहरुलाई जानकारी दिदैँ ,सुचना आदानप्रदान र पत्राचार गर्ने जस्ता जिम्मेवारीहरु हुँन्छन् ।संघको कार्यदिशा र कार्ययोजनालाई कार्यान्वयनको तहसम्म पुर्याउने ,आवश्यक छलफलहरु गर्दै दैनिक संघको क्रियाकलापमा सहजीकरण गर्ने काम इक्यान महासचिवको जिम्मेवारी हो ।
आगामी कार्ययोजना
इक्यानको सुविधा सम्पन्न भवन
सि.आर.एमको विकास
इक्यानलाई प्रादेशिक रुपान्तरण
इक्यानका साखालाई ससक्त र अधिकार सम्पन्न बनाउने
समन्वय समितिको निर्माण
वैदेशिक कुटनीतिक नियोग संग समन्वय गर्ने

इक्यान निर्वाचनमा राजनीति

व्यवसायिक संस्थामा राजनीतिक धुव्रीकरणले हित गर्दैन । यसमा कसैको विमत छैन । यसपटक धेरै आकांक्षी भएर त्यसो भएको हो कि भन्ने लागेको छ । मलाई राजनीतिले छो एको छैन । म मेरा एजेन्डाहरु कार्यान्वयन गर्न र समग्र व्यवसायको विकासका लागि काम गर्न इक्यान भित्र निरन्तर क्रियाशिल भएको हुँ । व्यवसायिक संस्था भएकाले जोसँग एजेन्डाहरु मिल्छन उसै सँग काम गर्ने हो । त्यसैको आधारमा म अघि बढेको छु ।राजनीतिक पूर्वाग्रह सबैले छाडे र व्यवसायको हितमा जानु पर्छ । अहिले निर्वाचन भएकाले देखिएको हो तर हामी सबै साथिहरु नै हौ ।

परामर्श व्यवसाय र यसका समस्या
शैक्षिक परामर्श संघ राम्रो क्षेत्र भइकन पनि यसमा देखिएका कतिपय विकृतिहरुले यस क्षेत्रलाई नै बदनाम गराएको छ । परामर्श क्षेत्र सबै भन्दा बौद्धिक क्षेत्र पनि हो । यो क्षेत्रमा काम गर्ने मान्छेले अरु कसैको भविष्य बनाइरहेको हुन्छ । विद्यार्थीको करिअर प्रति यो व्यवसाय केन्द्रित हुने भएकाले सावधानी अपनाउदै सत्स तथ्य जानकारी मात्र प्रदान गर्ने गर्नुपर्छ । यस्तो क्षेत्रमा काम गर्नका लागि व्यक्ति आफैमा पनि बौद्धिक हुनुपर्छ भन्ने हो । तर यो क्षेत्रलाई नै नबुझी पैसा कमाउने लोभमा आउनेहरुको केही संख्याले यसलाई बदनाम गराएको हो ।इक्यान भित्र रहेका ३७७ सदस्यहरुलाई प्रोत्साहन र अपनत्व गर्ने हिसावबाट संघले परेका समस्यालाई समाधान गर्न लागी पर्नुपर्छ ।

Loading...

Similar Posts :


25

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ । कानून मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतको...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

कूटनीतिक राहदानी दिन कडाइ

परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र...

एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टी

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएर एसिया महादेशमा भएका विभिन्न  कम्युनिष्ट पार्टिहरू मध्य नेपालकाे कम्युनिष्ट पार्टि शक्तिशाली भरएकाे...

फेकनले गर्याे लेखा तथा कर सम्बन्धी तालिम

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...