इक्यान उपाध्यक्षमा महेशबाबु नै किन ?

Loading...

शैक्षिक परामर्श व्यवसायमा आफ्नो जिवनको अमुल्य समय १७ बर्ष व्यतित गरेर अनुभव बटुलेका उनी इक्यानको महासचिवको रुपमा अनुभवि व्यक्ती हुन् । अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका र युरोपको मान्यता प्राप्त ब्यवसायी उनले कुनै पनि विषयको गहिराइ सम्म पुगी अध्यायन गर्ने गर्दछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा इक्यानका तर्फबाट प्रतिनिधित्व गरेका उनले इक्यानको गरिमा बढाउँदै परिचित गराउनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।आसन्न इक्यानको निर्वाचनमा उपाध्यक्ष पदमा उमेद्वारी दिएका उनले इक्यानको केन्द्रिय कार्यसमिति भित्र थप जिम्मेवारी वोधका साथ उपाध्यक्षको रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् । पूर्ण रुपमा परामर्श व्यवसायमा लागि परेका उनी विभिन्न देशका विश्वविद्यालयहरु संग समबन्ध स्थापित गर्न सफल भएका छन् । उनै मेहनति र लगनशिल एवं कर्मनिष्ठ व्यवसायी महेशबाबु तिमल्सिना संग इक्यान निर्वाचनको विषयमा रहेर विचारखबर डट कमले गरेको कुराकानीको मख्य अंश ।

इक्यन भित्र पुर्याएको योगदान

  • डिप्लोमेटिक मिसनतथा राजदुतावासहरु सँग इक्यानको नजिकको सम्बन्ध स्थापित गराउँदै विदेशी शिक्षालयहरु सँग इक्यान सदस्यहरुको सम्बन्ध स्थापित गराएको ।
  •  महाभूकम्प २०७२ मा इक्यानको सामाजिक उत्तरदायित्व कार्यक्रमको नेतृत्व गरेको ।
  • QEACको $४०० को शुल्कइक्यान सदस्यहरुको लागि $१६० मै व्यवस्था गर्न पहल गरेको साथै त्क्ष्त्क्ष् मा विषय विज्ञ तथा प्रशिक्षकको रुपमाकाम गरेको ।

अागामी योजना तथा कार्यक्रम

  • इक्यानलाई विदेशी कलेज र विश्वविद्यालयमा परिचित गराउने ।
  •  डिप्लोमेटिक मिसन तथा राजदुतावासहरुसँग पुनःइक्यानको नजिकको सम्बन्ध स्थापित गराउने ।
  •  इक्यानको सचिवालयलाई बिस्तार तथा आधुनिकीकरण गरी इक्यानको लक्ष्यअनुरुप सुबिधा सम्पन्नतथा सदस्य मैत्रीबनाउने ।
  •  इक्यानको कार्यव्यवस्थापन र कार्यालय व्यवस्थापन

कस्तो नेतृत्व चाहिन्छ ?
पूर्ण रुपमा परामर्श व्यवसायमा जोडिएको ,राजनीतिक पूर्वाग्रहि सोच भन्दा पनि व्यवसायीक सोच भएको ,इक्यानको कामकारवाहिप्रति पूर्ण रुपले जानकार,परामर्श व्यवसायीको समस्यालाई बुझ्न सक्ने ,दुतावासहरु संग समन्वय गर्न सक्ने ,कुटनीतिक नियोगहरु संग छलफल गर्न सक्ने , शिक्षा मन्त्रालयसंग समन्वय गरेर अघि बढ्न सक्ने नेतृत्व इक्यान भित्र चाहिएको हो ।इक्यानको कार्यालयलाई वृहत रुपमा अघि बढाउन सक्ने,इक्यानका सदस्यहरुले आफ्नो अपनत्व ग्रहण गर्न सक्ने नेतृत्व चाहिन्छ ।

तपाईको आवश्यकता किन ?
मैले चार कार्यकाल महासचिवको रुपमा इक्यानको कार्यसमिति भित्र रहेर काम गरेको छु ।इक्यान भित्र रहेर संगठनात्मक जिम्मेवारी संगसंगै सदस्यहरुको पनि दैनिकीलाई नजीकबाट नियालेको र सबै सदस्यहरु संग समन्वय गरेर आफ्नो जिम्मेवारी निर्वाह गरेकै कारण पनि इक्यानका सदस्यहरुले इक्यान केन्द्रिय समिति भित्र मेरो आवश्यकता महसुस गर्नुभएको छ ।
तपाईले उपाध्यक्ष भएर गर्नुपर्ने कामहरु के के छन् ?
इक्यान भित्र रहेर इक्यानका सदस्यहरुलाई थप व्यवसायीक बनाउन र विभिन्न खालका तालिम सञ्चालन गर्न पहल गर्ने , इक्यानमा भएका निर्णयहरु पारदर्शीरुपमा सदस्य माझमा गएका छैनन् ,इक्यानमा भएका गतिविधीलाई सबै सदस्यले अपनत्व ग्रहण गर्ने बनाउने । वैदिशिक यात्रामा पनि इक्यानका सदस्यहरुलाई फ्यानट्रिपमा प्रतिनिधित्व गराउन पहल गर्ने ।इक्यानको फण्डलाई व्यवसायीक सदस्यहरुको अभिमुखिकरण वृत्तिविकासका कार्यक्रम सञ्चालन गर्ने ।

Loading...

Similar Posts :


25

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत प्रेडिक्ट एण्ड विन कार्यक्रममा सहभागी भएर अनुमान गरी मिलाएका विजेता...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित बनेको छ । देशैभरी सानातिना घटनाबाहेक ठूला...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमको बीच फाउण्डेशनको रिवन काटेर पूर्व...

स्मार्ट लाइसेन्सका कारण सर्वसाधारण मारमा

सर्वसाधारणले राजश्व तिरेरसमेत स्मार्ट लाइसेन्स यातायात व्यवस्था विभागको लापरवाहीका कारण लिन सकिरहेका छैनन् । देशभर दैनिक नयाँ चालक  र  नविकरण गर्नेहरू गरी करिब १०...

दशैंअघि बैंकको ब्याजदर नघट्ने

उद्योगी व्यवसायीबाट वाणिज्य बैंकहरुले लिँदै आएको कर्जाको ब्याजदर घटाउनुपर्ने  माग गर्दै आए पनि दशै अघि सम्म व्याजदर नघट्ने पक्का भएकाे छ । अहिले बैंकहरुले ११...

विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ ।...
Loading...

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ ।...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका...