सफल व्यवसायी सफल नेतृत्व

Loading...

बिगत लामो समयदेखी परामर्श व्यवसायमा क्रियाशिल युवा व्यवसायी जसले आफ्नो संस्था अर्विट एजुकेशनलाई परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । ।उनले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका विभिन्न संघ संस्थामा आवद्ध भई अनुभव संगाल्नुका साथै विदेशमा अध्ययन गरेर नेपाल फर्किएर शिक्षा क्षेत्रमा केहि गरौँ भन्ने भावनाका साथ अघि बढेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु संग समन्वयकारी भूमिका निर्वाह गर्दै सामाजीक उत्तरदायीत्व बहन गर्दै आएका छन् ।परामर्श व्यवसायमा आफनो अलग पहिचान बनाउन सफल युवा व्यवसायी जसले आफ्नो कर्मले नै आफ्नो परिचय बनाउन सफल भएका छन् । अहिले उनले परामर्श व्यवसायीहरुको छाता संगठन इक्यानको पहिलो सदस्य संस्था अर्विटको प्रतिनिधित्व गर्दै इक्यानको आसन्न निर्वाचनमा महासचिव पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् ।उनले आफूले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा इक्यनलाई परिचित गराउन र परामर्श व्यवसायमा नयाँ आयाम थप्नको लागि आफू संघको नेतृत्वमा जान चाहेको इच्छा जाहेर गरेका छन् । प्रस्तुत छ ,उनै कर्मण , लगनशिल ,मृदुभाषी,अतिमिलनसार शैक्षिक परामर्श व्यवसायी शेषराज भट्टराई संग विचारखबर डट.कमले गरेको कुराकानिको मुख्य अंश ।
तपाई अन्तर्राष्ट्रिय स्तरको संघ संस्थामा काम गरिसक्नुभएको व्यक्ती परामर्श व्यवसायमा किन लाग्नुभयो र एक सफल परामर्श व्यवसायी हुन के के चाहिने रैछ ?
अर्विट आफैमा पनि म यस संस्था संग जोडिनुभन्दा पहिले नै आफ्नो नाम स्थापित गर्न सफ संस्था हो । मैले यसको नेतृत्व गरेदेखी परामर्श व्यवसायलाई नै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने र विद्यार्थीलाई शैक्षिक परामर्श संगै करिअर गाइडेन्स,भाषा तयारी कक्षा प्रदान गर्दै विभिन्न राष्ट्रको शैक्षिक जानकारी उपलब्ध गराउँदै आएका छौँ ।समाज प्रति उत्तरदायीत्व बहन गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।मैले सफल रुपमा संस्थाको नेतृत्व गरेको हिसाबले पनि मैले इक्यानको नेतृत्वमा जाने इच्छा जाहेर गरेको हुँ ।
अन्तराष्ट्रिय शैक्षिक प्रणाली बुझेको विशुद्ध व्यवसायी भएको हिसाबले परामर्श व्यवसाय सेवामुलक हुनुका साथै विद्यार्थीको भविष्य संग जोडिएको विषय भएकाले उचित परामर्श प्रदान गर्ने र आवश्यक तालिमहरु लिएर विद्यार्थी र परामर्श व्यवसाय केन्द्रित कार्यक्रमहरु सञ्चालन गरी आफ्नो अन्तराष्ट्रिय निकाय संग दैत्य सम्बनध स्थापना गर्दै विद्यार्थी र अभिभावकको मन जित्न सकेमा सफल परामर्श व्यवसायी बन्न सकिन्छ ।नयाँ शैक्षिक गन्तब्यको खोजी गर्दै भाषा प्रशिक्षण गर्ने,नाम चलेका विश्वविद्यलाय संग समन्व गरी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जस्ता विषयमा ध्यान दिनुपर्छ ।
तपाई परामर्श व्यवसायी हुनुका साथै संघमा पनि नेतृत्वको दौडमा हुुनुहुन्छ ,परामर्श व्यवसायीले व्यवसाय सञ्चालन गर्दा गर्नै पर्ने कामहरु के के छन् ?कसरी परापर्श व्यवसायलाई अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ ?
विद्यार्थीको संम्भाव्यताको खोजी गरिदिने र आफ्ना उत्पादनलाई विश्वस्तरका विश्वविद्यालयमा कसरी भर्ना गर्न पहल गर्ने भन्ने विषयमा परामर्श व्यवसायीको ध्यान केन्द्रित हुनुपर्छ ।विद्यार्थीको रुचि र चाहनालाई मध्यनजर गर्दै सहि परामर्श प्रदान गर्नु नै व्यवसायीक धर्म हो ।राज्यको नियम कानुनलाई पालना गर्दै व्यवसायलाई अघि बढाउनुपर्छ ।विद्यार्थी विदेशमा पैसा कमाउन भन्दा पनि अध्ययन गर्न जाने हो भन्ने विषयमा परामर्श व्यवसायी सजग हुनुपर्छ जसले गर्दा उसले भोलिका दिनमा दुख पाउनु पर्दैन ।व्यवसाय अघि बढाउन व्यवसायीक सोच हुनुपर्छ ।इक्यानको आफ्नो पहिचान र यसका सदस्यले प्रदान गर्ने सेवाको विस्तार गर्न इक्यानका कार्यक्रमलाई विस्तार गर्न जरुरी छ ।प्रलोभन देखाउने ,मुनाफा कमाउने सोच राख्नुहुदैन ।व्यवसायीक सोचले अघि बढ्नुपर्छ,आफ्नो दायराभित्र रहेर संघको दायराभित्र काम गर्नुपर्छ ।
तपाई इक्यानको महासचिव पदका लागि उमेद्वारी दिनुभएकाे छ ,तपाई आफूलाई इक्यान महासचिवको उपयुक्त उमेद्वार ठान्नुहुन्छ ?तपाइलाई इक्यानका सदस्यले किन आफ्नो मत दिनुपर्छ जस्तो लाग्छ ?
इक्यान शैक्षिक परामर्श व्यवसायीको छाता संगठन हो यसले व्यवसायीक हितमा काम गर्न सक्नुपर्छ ।राज्यका सम्यन्त्र संग निरन्तर छलफल गरी परामर्श व्यवसाय सम्बन्धी कानुनी समस्या समाधान गर्न अग्रसर हुनुपर्छ ।अहिले इक्यान कार्यसमितिले केहि गर्दा गर्दै पनि हुन नसकेका कामहरु मैले अग्रसर भई काम गर्नेछु ।फार्मट्रिपको रिपोर्ट सर्कुलर हुन सकेको अवस्था छैन ।इक्यानको केन्द्र र साखा विचको समन्वय हुन नसकेका विषयमा कुरा उठ्ने गरेका छन् साखा व्यवस्थापन र सातवटै प्रदेशमा संरचना विस्तारमा मेरो ध्यान केन्द्रित हुनेछ ।परामर्श व्यवसाय भित्र महिला उद्यमशिलता विकास गर्न नसकेको अवस्था छ यसलाई सुधार गर्न रअभिमुखीकरण व्यवसायीक तालिम सञ्चालन गर्न आवश्यक छ र यसलाई मैले प्राथमिकतामा लिएको छु ।अन्तर्राष्ट्रिय कुटनितिक नियोग संग छलफल गरी इक्यानको भावि कार्ययोजना तर्जुमा गर्न मैले पहल गर्नेछु ।मैले अहिलेसम्म इक्यानको साधारण सदस्य भएर निर्वाह गरेको जिम्मेवारी र मेरो कार्ययोजना प्रति सबै इकानियनले समर्थन गरी मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।यो व्यवसायमा आफ्नो लगानी गरेर आएका व्यवसायीको लगानी सुरक्षीत गर्न मैले पहल गर्नेछु ।
इक्यान भित्र राजनीति हावि भएको हो ? राजनीतिक पूर्वाग्रही सोच राख्नेले तपाईजस्तो व्यवसायीलाई आफ्नो मत देलान् ?
प्रजातान्त्रीक पद्धति भएको संस्थाभित्र राजनीति हनुलाई अस्वभाविक त मान्न मिल्दैन तर म विशुद्ध व्यवसायी हुँ र व्यवसायीक हित चाहने साथीहरुकै आसाको केन्द्रको रुपमा मैले उमेद्वारी दिएको हुँ ।केही झुण्डहरु राजनीतिक सोचबाट अघि बढेको देखिन्छ तर मलाई यसलाई राजनीतिक मुक्त संस्थाको रुपमा नै विकास गर्नुपर्छ जस्तो लाग्छ ।म महासचिव पदका लागि योग्य देखेरै साथीहरुको आग्रहलाई स्विकार गरेको हुँ । मैले अर्विटवाट नै कुटनीतिक नियोग संग छलफल गर्ने र परामर्श व्यवसायको प्रवद्धनमा भूमिका निर्वाह गर्दै आएको छु भने संघको कार्यसमितिमा भइसकेपछी मेरो ध्यान र पहुचले अझ बढि प्राथमिकता पाउनेछ ।मेरो उपस्थीतिले इक्यानलाई अझ दरिलो बनाउनेछ ।इक्यानको पहिलेको उद्देश्य अहिले परिवर्तन भइसकेको अवस्था छ ।इक्यानलाई राज्यको निकाय संग पहुच स्थापित गर्न मेरो उमेद्वारी हो ।

इक्यानको निर्वाचनमा महासचिव पदमा प्रतिष्पर्धा गर्दै गर्दा तपार्इका एजेण्डाहरु के के छन् ?
हामीले हिजोको इक्यान र आजको इक्यानमा निकै फरक पाउँछौ । एजुकेशन कन्सलटेन्सी व्यवसायलाई व्यवस्थित गर्नका लागि सुरुवाती दिनमा इक्यानले जुन अग्रसरता लिएको थियो त्यो तत्कालिन अवस्थाको आवश्यकता थियो । समयसँगै इक्यानका कामहरु पनि परिवर्तन हुँदै गएका छन् । तत्कालिन समयमा व्यवसायलाई नियमन गर्ने, त्यसकालागि नीति बनाउने काम प्राथमिकतामा थियो भने अहिले त्यो परिवर्तन त्यसको प्रभावकारी कार्यान्वयन अनि नीतिमा रहेका कमीकमजोरीलाई परिमार्जन गर्न र इक्यानलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने चूनौती थपिएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत रहेको शैक्षिक परामर्श तथा भाषा शिक्षण क्षेत्रलाई नियमन गर्ने निकायलाई अझ प्रभावकारी तथा सेवाहरू नियमित एवम् पारदर्शी रूपमा, छिटो छरितो गर प्रवाह गर्न सक्षम बनाउन प्रयास तथा पहल गर्नेछु ।अब इक्यानलाई परम्परागत पद्धतिबाट सञ्चालन गरेर हुँदैन । अबको इक्यान भनेको ‘स्मार्ट इक्यान’ हो । त्यसका लागि मैले केही कार्ययोजनाहरु तयार पारेको छु । इक्यानलाई स्मार्ट र बृहत बनाउनका लागि कार्यान्वयन गर्ने निकायमा म आफै भए भने सहज हुन्छ । त्यसैका लागि मैले महासचिव पदमा उम्मेदवारी दिएको छु ।

Loading...

Similar Posts :


25

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने भएको छ । सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले भुटाहास्थित नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले...

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

आज असोज ३ अर्थात् संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइदै छ ।प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले...

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

आईतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगले लिन लागेको खुल्ला शिक्षकको परीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन