जुनसुकै अवस्थामा पनि जिम्मेवारी बहन गर्न सक्छु – उमेश ढुंगेल

Loading...

उमेश ढुंगेल वर्तमान कार्यसमितिका सचिव तथा आगामी निवार्चनमा उपाध्यक्षका उम्मेदवार हुन् ।ढुङ्गेल सरोज कुमार बस्नेतको प्यानलबाट उपाध्यक्ष पदमा भिड्न लागेका हुन् । दुई कार्यकाल इक्यानको सदस्य भई हाल सचिव पदमा कार्यरत शताक्षी एजुकेशनल फाउण्डेशनका म्यानेजिङ डाईरेक्टर ढुङ्गेलले आफू विजयी भएर गएको खण्डमा इक्यानलाई गर्विलाे,  व्यवसायी मैत्री, अभिभावक/विद्यार्थीमैत्री  र मिडिया मैत्री बनाउने अभिलाषा लिएका छन् ।जुनसुकै अवस्थामा पनि जिम्मेवारी बहन गर्न सक्ने उर्जावान र उत्साही उम्मेदवारका रुपमा परिचित छन् । एमफिलसम्मको अध्ययन पूरा गरिसकेका उनी शैक्षिक तथा परामर्श क्षेत्रमा २३ वर्षको अनुभव सँगालेका उनीसँग QEAC, ITAC, ISANA, ENZ Trained Agent, MOE & TITI certified  स्ता परामर्शसँग सम्बन्धित विभिन्न प्रकारका तालिम लिएका छन् । उनीसँग इक्यानलाई नयाँ उचाइमा पुर्याउने दुढ संकल्प छ ।पदलाई भन्दा पदीय जिम्मेवारीलाई ठुलो ठान्ने ढुङ्गेलले इक्यानको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् ।उनै ढुङ्गेल संग इक्यानकाे भाेली हुन लागेको निर्वाचनमा उनकाे उपाध्यक्ष पदका के का लागि उमेद्वारी हाे भन्ने बिषयमा विचारखबर डटकमले गरेकाे कुराकानीकाे मुख्य अंश ।

भाेली हुन गइरहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनमा तपाईँको उम्मेदवारी किन र के का लागि हो ? एजेण्डहरु के–के छन् ।

इक्यानलाई आम शैक्षिक परामर्शदाता सदस्यहरूको साझा संस्थाका रूपमा विकास गर्न र यो क्षेत्रलाई व्यवस्थित, मर्यादित गराई इक्यानको उद्देश्य कार्यान्वयनका लागि मैले सराेज कुमार बस्नेतकाे समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।सवल, सुदृढ र दरिलो इक्यान मात्र होइन अब इक्यान गर्विलो र गर्वशाली बनाउन पर्ने आवश्यकताका लागि मेरो उम्मेदवारी हो । व्यवसायीक अभ्यासलाई थप परिस्कृत बनाउँदै राष्ट्रिय र अन्तराष्ट्रि संघ संस्था, कुटनीतिक नियोगहरुमा इक्यानको पहुँचलाई थप विस्तार गरी यसको महत्व स्थापीत गराउन मेराे उमेद्वारी हाे ।

तपाईँ दुई कार्यकाल सदस्य र एक कार्यकाल सचिव समेत भएको मान्छेले किन उपाध्यक्ष पदमै उमेद्वारी दिनुभयाे ?

म शैक्षिक क्षेत्रमा २३ वर्षदेखि कार्यरत छु । परामर्श दाताको रूपमा १२ वर्ष र कलेज सञ्चालक (भाइस प्रिन्सिपल) को रूपमा ११ वर्ष । मैले एमफिल सम्मको पढाइ पूर्ण गरिसकेको छु । इक्यानका व्यवसायीले बोलाउने बित्तिकै जुनसुकै समय र स्थानमा उपस्थित हुने परामर्श दाताको रूपमा पनि स्थापित भइसकेको छु ।लगभग दुई कार्यकाल सदस्य पदमा रहेर मेराे क्षमताले भ्याएसम्म सक्दो काम गरेँ । त्यसपछि साथीहरूको अनुरोधमा सचिव पदमा उम्मेदवारी दिएँ र जितेँ पनि । चुनाव जितेपछि हामीले इक्यानलार्इ  मर्यादित इक्यान बनाउन अथक प्रयत्नमा जुट्याैं । केहि हदसम्म हाम्रा सपनाहरू पुरा गर्न पनि सफल भयाैं । बाँकी जिम्मेवारीहरू पुरा गर्नका लागि पनि यसपटक उपाध्यक्षामा मेराे उम्मेद्वारी हाे ।समग्ररुपमा मैले दुई ओटा पदमा रहेर इक्यानलाई अगाडी बढाउन खेलेको भूमिका सम्पूर्ण इक्यानीयन साथीहरूले रुचाउनु नै अाज मेराे उपाध्यक्षकाे उम्मेद्वारीकाे कारण हाे ।इक्यानमा म सचिव भएर आफूले गरेका कार्यहरूकाे सिँहालाेकन गर्दै गर्दा मेराे शैक्षिक याेग्यता, दुर्इ दशक बढिकाे अनुभव, मैले इक्यानमा रहँदै गर्दा प्राप्त गरेकाे अनुभूतिका कारण यसलार्इ प्रयाेग गरेर अबको इक्यानलाई सवल, सुदृढ, दरिलाे इक्यान मात्र हैन गर्विलाे इक्यान बनाएर प्रविधिमैत्री, ब्यवसायी मैत्री, विद्यार्थी मैत्री, मिडिया मैत्री बनाउन र इक्यानीयनका हक अधिकारलाई नितिगत तवरले नै संस्थागत गर्न आफ्नो पदीय दायित्वमा रहेर काम गर्ने योजना बनाएको छु ।

इक्यान र शैक्षिक परामर्श व्यवसायलाई अगाडी बढाउन तपाईँले कस्ता–कस्ता एजेन्डाहरू बनाउनु भएको छ ?

इक्यान विशुद्ध रूपमा सङ्गठनात्मक रूपमा चल्ने व्यावसायिक संस्था भएकोले यसमा मेरो व्यक्तिगत एजेन्डा भन्दा पनि हाम्रो समूहले तय गरेका योजना र एजेन्डा महत्त्वपूर्ण हुन् ।  हामीले भिजन २०२० भन्दै २४ महिना २४ काम सहि नेतृत्व साझा इक्यान भनेर नारा नै तय गर्दै २४ महिनामा गर्ने २४ कामलार्इ घाेषणापत्रमा नै उल्लेख गरेका छाैं । यसलार्इ पुरा गराउन मेराे पुरै क्षमता लगाउनु मेराे धर्म र कर्म हाे ।

तथापि, उपाध्यक्ष पदमा मैले दाबी गरिरहँदा भोलि जितेर गईसकेको अवस्थामा नीति निर्माण गर्ने तहमा मैले आफ्ना एजेन्डाहरू राख्नुपर्ने हुन्छ । गर्विलाे इक्यान बनाउनका लागि मैले देहाय बमाेजिमका एजेण्डाहरू बनाएकाे छु ।

१. इक्यानले सराेकार पक्षहरू जस्तै  प्याब्सन, एनप्याब्सन, हिसान नेपाल अभिभाकव संघ लगायत  अन्य शैक्षिक परामर्श संस्थाहरूसँग नियमित अन्तरकृया तथा छलफल गरी समयसामयिक विषयहरूमा बहस पैरवि गरी अापसी सम्बन्धलार्इ गतिशिल एवं जिवन्त बनाउने ।

२. नेपालमा रहेका शैक्षिक परामर्श दातृ संस्था हरूलार्इ एउटै छाता संगठनमा ल्याएर सबैलार्इ एउटै काेड अफ कण्डक्ट लागू गर्ने ।

३. नेपालका शैक्षिक संस्था/संगठनहरू सँग दरिलाे सम्बन्ध स्थापित गर्ने, जसले गर्दा इक्यानलार्इ हेर्ने दृष्टिकाेणमा सकारात्मक परिवर्तन अाउने छ ।

४. शैक्षिक परामर्श ब्यवसायी अध्यासलार्इ थप परिस्कृत बनाउँदै राष्ट्रिय-अन्तराष्ट्रिय संघ संस्था एवं कुटनीतिक निकायहरूमा इक्यानकाे पहुँचलार्इ थप विस्तार गरी इक्यानकाे महत्वलार्इ स्थापित गराउन पहल गर्ने ।

५. इक्यानमा अाबद्ध ब्यवसायीहरूलार्इ सहयाेग गर्न र छिटाे छरिताे सेवा दिनका लागि हेल्प डेक्स स्थापना गर्ने ।

६. लामाे समयदेखि शैक्षिक परामर्श ब्यवसायमा लागेर विशेष अनुभव हासिल गर्नु भएका अनुभवी प्रबुद्ध ब्यक्तिहरूबाट नियमित सल्लाह सुझाब लिनका लागि विनजेश सपाेर्ट युनिट (ELITE GROUP ) गठन गर्ने ।

७. अन्तराष्ट्रिय रूपमा नयाँ शैक्षिक गन्तब्यहरूकाे पहिचान गरी त्यहाँ कार्य गर्नका लागि विभाग समेत गठन गर्ने ।

८. इक्यानमा अाबद्ध सदस्यहरूकाे विकास एवं शशक्तिरकणका लागि विशेष भुमिका निर्वाह गर्ने ।

यी बाहेक हामीले आगामी दुई वर्षमा के-के गर्ने भनेर बुँदागत रूपमा हाम्रो घोषणापत्रमा उल्लेख गरेका छौँ ।

‘२४ महिना २४ काम, साझा नेतृत्व साझा इक्यान’ यस नारालाई कार्यन्वयन गर्न के गर्नुहुन्छ ?
सुरुमा भने जस्तै सवल, सुदुढ र दरिलो इक्यान मात्र होइन गर्विलो र गर्वशाली एक्यान बनाउन आवश्यक छ । यसका लागि इक्यानलाई प्रभावकारी, सक्रिया पर्न थप कार्य गर्न आवश्यक छ । ‘२४ महिना २४ काम, साझा नेतृत्व साझा इक्यान’ लाई कार्यान्वयन गर्न हामी अभिभावक र विद्यार्थीका समस्या पहिचान गर्नका लागि हेल्प डेक्सको स्थापना, अनुभवी अग्रजहरुलाई राखी सल्लाह सुझाव लिने, इक्यानलाई प्रविधिमैत्री बनाउने, हाम्रो स्लोगनलाई कार्यान्वयन गर्न शिक्षा मन्त्रालय र अन्य व्यवसायसँगको सम्बन्धलाई प्रगाढ बनाउने लगायतका कामहरु गर्ने छौं ।

 

Loading...

Similar Posts :


25

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ । कानून मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतको...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

कूटनीतिक राहदानी दिन कडाइ

परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र...

एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टी

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएर एसिया महादेशमा भएका विभिन्न  कम्युनिष्ट पार्टिहरू मध्य नेपालकाे कम्युनिष्ट पार्टि शक्तिशाली भरएकाे...

फेकनले गर्याे लेखा तथा कर सम्बन्धी तालिम

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...