इक्यान निर्वाचनमा महासचिव पदमा रोचक भिडन्त ,कसले मार्ला बाजी ??

Loading...

इक्याको आज हुने निर्वाचनमा महासचिव पदका लागि रोचक भिडन्त हुने देखीएको छ । बर्तमान महासचिव सन्तोष प्याकुरेल सरोज कुमार बस्नेत समुहबाट महासचिव पदको उमेद्वार बन्दै दोस्रो कार्यकाल दोहो¥याउने दाऊमा छन् भने विष्णुहरी पाण्डे समुहबाट शेषराज भट्टराई पहिलोपटक कार्यसमितिमा महासचिव पदका लागि उमेद्वार भएका छन् । पहिलोपटक चुनावको रोचक भिडन्तको महसुस गर्न पाएका उनलाई बर्तमान कार्यसमिति अध्यक्ष प्रकाश पाण्डेले पनि खुलेरै समर्थन गरेका छन् ।महासचिव पदका अर्का प्रत्यासी सन्तोष प्याकुरेल भने आफ्नो पुरानै साख जोगाउन लागि परेका छन् । भिडन्त चर्को हुने र दुवै उमेद्वारले आफु विजयी हुने दावि गरेको भए पनि अधिकासं राजधानी केन्द्रित व्यवसायीको बढि बाहुल्यता रहेका इक्यानमा राजधानी भित्रका मतदाताले सन्तोष प्याकुरेलाई र राजधानीका केही संगै राजधानी बाहिरका महदाताले भट्टराईलाई भोट हाल्ने अंक गणित देखीएको छ ।यसरी हेर्दा कुल मतदाता संख्या ३७७ रहेको इक्यान भित्र करीव १ सय मतदाता राजधानी बाहिरका छन् र भित्रका केही अनी बाहिरका गरेर भट्टराईले पनि राम्रै मत ल्याउने व्यवसायीहरु बताउँछन् । गणितिय हिसावमा भने पोखराका अघिल्लो महासचिव पदका प्रतिप्रधी महेश भण्डारीले खुलेरै समर्थन गरेका प्याकुरेल भारी मतले विजयी हुने अधिकांस व्यवसायीहरु बताउँछन् । इक्यान भित्र रहेर आफ्नो सम्पूर्ण भूमिका सहज रुपमा निर्वाह गर्दै आएका व्यवसायी सन्तोष प्याकुरेल र अर्का व्यवसायी शेषराज भट्टराई दवै संस्थाका लागि आवश्यक व्यक्ती भएकाले सोचविचार गरेरै मात्र मतदान गर्न व्यवसायीले मतदाताहरुलाई सुझाव दिएका छन् ।हेर्नुहाेस उनीहरूकाे व्यक्तिगत विवरण संगै इक्यानमा पुर्याएकाे याेगदान ।

 

सन्ताेष प्याकुरेल , महासचिव इक्यान

नेपालको शिक्षा क्षेत्रमा क्रियाशिल व्यवसायी एवं समग्र शिक्षा क्षेत्रका जानकार व्यक्ति उनले लगनशिल ,मेहनति ,मिलसार ,मृदुभाषी व्यक्तीत्वका रुपमा आफ्नो परिचय स्थपित गर्न सफल भएका छन् ।उनी लेखक, प्रशिक्षक,शिक्षक हुनुका साथै सफल परामर्श व्यवसायी पनि हुन् । लामो समय शिक्षण पेशामा विताएका उनले अहिले परामर्श व्यवसाय सञ्चालन गर्दैँ आएका छन् । परामर्श व्यवसायीहरुको छाता संगठन इक्यानको केन्द्रिय सदस्य हुँदै महासचिव सम्मको यात्रा तय गरेका उनी इक्यानका बर्तमान महासचिव हुन् ।उनले परामर्श व्यवसाय भित्रका समस्या ,यसले विद्यार्थी र अभिभावकमा प्रत्यक्ष पार्ने प्रभाव ,विदेशी विश्वविद्यालय र कुुटनितिक नियोग संगको समन्व र छलफलका बारेमा आफ्नो ध्यान केन्द्रित गर्दै आफ्नो संघका सदस्यहरुलाई परामर्श व्यवसाय सञ्चालनमा सहजिकरण हुने किसिमबाटै आफ्ना सदस्यहरु संग निरन्तर छलफल गर्दै आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्दै आएका छन् ।एक कार्यकाल भित्र आफूले गर्न वाकी रहेका केही कामहरु पूरा गर्ने दायीत्ववोधका साथ उनले दोस्रोपटक इक्यानको महासचिव पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् ।उनले नेपालका विभिन्न विश्वविद्यालयका थुप्रै क्याम्पसहरुमा विविए र एमविएका विद्यार्थीहरुलाई अध्यापन गराईसकेका छन् । उनी परामर्श व्यवसाय भित्र विषेश गरेर न्यूजिल्याण्डमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने संस्था कमन फाउण्डेसनका सञ्चालक हुन् ।उनले व्यवस्थापन संकायबाट एमविएस उत्तिर्ण गरेका छन् भने काठमाडौँ विश्वविद्यालयबाट एजुकेशनल लिडरसिप विषयमा एमफील गरेका छन् ।उनी कमोडिटिज एण्ड डेरिभेटिभ्स मार्केटका ट्रेनर हुन् ।उनी आइसिइएफ बाट प्रशिक्षीत शैक्षिक परामर्शदाता हुन् ।उनी नेपाल सरकारले परामर्शदातृ संस्थाहरुलाई प्रदान गर्ने प्रशिक्षण टिआईटिआईको पनि ट्रेनर हुन् ।उनी ICEF Trained Educational counselor(IATC- 0341), Qualified Education Agent Counselor (QEAC- M764) / Education New Zealand trained agent हुन् ।उनले व्यवस्थापन संकायका विद्यार्थीले अध्ययन गर्ने त्रिभुवन विश्वविद्यलायको विविएस दोस्रो बर्षको लागि Fundaments of Financial Management ,विविएस तेस्रो बर्षका लागि Corporate Finanace विविए तेस्रो सेमेस्टरका लागि Business Finance र पूर्वाञ्चल विश्वविद्यालय विविए पाचौँ सेमेस्टरका लागि Financial management गरी चारवटा किताव प्रकाशन गरिसकेका छन् ।

शेषराज भट्टरार्इ,महासचिव उमेद्वार ,इक्यान

बिगत लामो समयदेखी परामर्श व्यवसायमा क्रियाशिल युवा व्यवसायी जसले आफ्नो संस्था अर्विट एजुकेशनलाई परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । ।उनले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका विभिन्न संघ संस्थामा आवद्ध भई अनुभव संगाल्नुका साथै विदेशमा अध्ययन गरेर नेपाल फर्किएर शिक्षा क्षेत्रमा केहि गरौँ भन्ने भावनाका साथ अघि बढेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु संग समन्वयकारी भूमिका निर्वाह गर्दै सामाजीक उत्तरदायीत्व बहन गर्दै आएका छन् ।परामर्श व्यवसायमा आफनो अलग पहिचान बनाउन सफल युवा व्यवसायी जसले आफ्नो कर्मले नै आफ्नो परिचय बनाउन सफल भएका छन् । अहिले उनले परामर्श व्यवसायीहरुको छाता संगठन इक्यानको पहिलो सदस्य संस्था अर्विटको प्रतिनिधित्व गर्दै इक्यानको आसन्न निर्वाचनमा महासचिव पदका लागि उमेद्वारी दिने घोषणा गरेका छन् ।उनले आफूले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा इक्यनलाई परिचित गराउन र परामर्श व्यवसायमा नयाँ आयाम थप्नको लागि आफू संघको नेतृत्वमा जान चाहेको इच्छा जाहेर गरेका छन् ।

Loading...

Similar Posts :


25

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट अर्थात् १ हजार गिगाबाइट रहेको...

संयोजकले नै फुटाले विवेकशील साझा पार्टी

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेसंगै विवेकशील साझा पार्टी फुटेको छ । ३७ सदस्यीय केन्द्रीय समितिका...

सरकारी तवरबाटै भव्य रूपमा मनाइयो पृथ्वी जयन्ती

सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएपनि पृथ्वीजयन्ती भने मनाएको छ ।नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक विदा दिएको छैन तर, पृथ्वी...

वैशाखसम्म पाइपलाइनबाटै तेल आपूर्ति

अमलेखगञ्ज-रक्सौल पेट्रोलियम पाइपलाइनको पाइप बिछ्याउने काम सकिए संगै बैशाख सम्ममा पाइपलाइन मार्फत तेल ल्याइने नेपाल आयल निगमले जनाएको छ । निगमले परवानीपुर खण्डमा सडकपेटी...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...