सिन्डिकेट खारेज गरेका गृहमन्त्री थापाले कालाेबजारी गर्नेलार्इ पनि नछाेड्ने

Loading...
गृह मन्त्रालयको काम नयाँ ढंगले लैजान गृहमन्त्री रामबहादुर थापा( बादल)ले भ्रष्टाचार नियन्त्रण गर्ने, अर्थतन्त्रमा कालोबजारी, माफिया हावी छन्, त्यसलाई निस्तेज गर्ने यसरी सुशासन कायम गर्ने बताएका छन् ।उनले केही अराजक तत्वले राजनीतिक अस्थिरता फैलाउने प्यत्न गरेकाे भएपनि त्यसलार्इ अाफूले निस्तेज पार्ने बताए ।कानुन अनुसार निर्णय गरेका हौं । कुनै पनि संस्था ऐन, कानुन र जनताको हितभन्दा माथि हुन सक्दैनन् । कानुन सबैले मान्नैपर्छ । गृहको जिम्मेवारी ऐन, कानुन परिपालन गर्न लगाउने हो, हामीले त्यही काम गरिरहेका छौं ।उनले भने राजनीतिक आवरणमा होस् वा धर्मको नाममा या जनसत्ताको स्थापनाका नाममा, यी सबै अतिवादी नारामार्फत अस्थितरता पैदा गर्ने कोसिस भइरहेको छ ।मुलुकमा अस्थिरता पैदा गर्ने कुनै औचित्य र आवश्यकता पुष्टि हुँदैन । राज्यले ती तत्त्वलाई राजनीतिक मूलधारमा आउन अपिल पनि गरेको छ । संवादद्वारा राजनीतिक समस्या हल गर्न सकिन्छ । साथसाथै गैरसंवैधानिक क्रियाकलापलाई नियन्त्रण गर्न हामी त्यतिकै प्रतिबद्ध छौं ।
सिन्डिकेट खारेज
यातायातको क्षेत्रमा वर्षाैंदेखि सिन्डिकेट चलिरहेको थियो । जनता त्यसको अन्त्य चाहन्थे । राज्यले पनि सिन्डिकेट अन्त्य गर्न प्रयास गरेको हो । न्यायपालिकाले पनि सिन्डिकेट अन्त्य गर्न आदेश दिएको थियो । तैपनि अवैधानिक रूपमा चलिरहेको थियो । ठूलो राजनीतिक परिवर्तनपछि अबको लक्ष्य विकास र समृद्धि हो । तर त्यसका लागि सिन्डिकेट एउटा बाधक छ । प्रतिस्पर्धाबाटै देशको विकास गर्न सकिन्छ । मुलुकमा सबैलाई अवसर प्राप्त हुन जरुरी छ । यहाँ यातायातको क्षेत्रमा जुन ढंगको सिन्डिकेटथियो, यो अवैधानिक थियो । गैर–नाफामूलक संस्थाको रूपमा दर्ता भएका यातायात समितिले नाफा लिइरहेका थिए । उनीहरूले अकुत नाफा कमाए । पछिल्लो तथ्यांकअनुसार यातायात महासंघको मातहतमा खर्बांै रुपैयाँको कारोबार छ । अर्बमा होइन, खर्बमा कारोबार छ । उनीहरूको बैंक ब्यालेन्समा एक अर्बभन्दा बढी देखिएको कुरा आइरहेको छ । अझै खोजबिन बाँकी छ । सिन्डिकेटले यात्रुहरूलाई ठूलै मर्का पारेको छ । सिन्डिकेटले गाडीमालिकलाई पनि फाइदा भएको देखिएन । यातायात समितिले बीचमा बसेर फाइदा लिएको देखिन्छ । सिन्डिकेटको अन्त्यभएपछि यातायात व्यवसायमा लागेका सबैलाई फाइदा हुन्छ । प्रतिस्पर्धाले सबैलाई अवसर दिन्छ । यात्रुलाई ठूलो सुविधा हुन्छ । यो अपरिहार्य थियो ।विगतको घटना हेर्दा निश्चित रूपमा राजनीतिक हस्तक्षेपका कारण सिन्डिकेट नतोडिएको हो । यस पटक हामीले सिन्डिकेट तोड्न जे निर्णय गरेका छौं, त्यो कायम रहन्छ । राजनीतिक वा अन्य हस्तक्षेप गरी सिन्डिकेट लगाउने प्रयत्न होलान्, त्यो सफल हुँदैन । यो सिन्डिकेट पूर्ण रूपमा अन्त्य हुन्छ ।हामी यातायात सञ्चालन गर्ने पूर्ण तयार छौं । त्यसकारण व्यवसायीले मनोवैज्ञानिक युद्धका रूपमा धम्की दिएका छन् । अब नाङ्लो ठट्टाएर हात्ती तर्साउन सम्भव छैन । यो धम्की सफल हुँदैन । यसको प्रतिकार गर्न गृहको पूर्ण तयारी छ । देशमा सबैको विकासका निम्ति एकाधिकार चिन्तन प्रणाली र यस किसिमको संयत्रको अन्त्य गर्नैपर्छ । सरकार सिन्डिकेट अन्त्य गर्ने विषयमा अझ दृढ छ । कसैको दबाबमा वा पछि हट्ने सम्भावनै छैन, सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गरेको छ ।सिन्डिकेटवालाहरूले राज्यको ऐन–कानुन उल्लंघन गरिरहेका छन् । उनीहरू जनहित विरुद्ध गइरहेका छन् । राज्यले यो सहन सक्दैन, यसमा छुट दिन सक्दैन । हामीले व्यवसायीको निरंकुशता अन्त्य गरेका हौं । लोकतन्त्रमा व्यवसाय गर्न सबैले अवसर पाउनुपर्छ भनेका हौं ।
Loading...

Similar Posts :


25

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत प्रेडिक्ट एण्ड विन कार्यक्रममा सहभागी भएर अनुमान गरी मिलाएका विजेता...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित बनेको छ । देशैभरी सानातिना घटनाबाहेक ठूला...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमको बीच फाउण्डेशनको रिवन काटेर पूर्व...

स्मार्ट लाइसेन्सका कारण सर्वसाधारण मारमा

सर्वसाधारणले राजश्व तिरेरसमेत स्मार्ट लाइसेन्स यातायात व्यवस्था विभागको लापरवाहीका कारण लिन सकिरहेका छैनन् । देशभर दैनिक नयाँ चालक  र  नविकरण गर्नेहरू गरी करिब १०...

दशैंअघि बैंकको ब्याजदर नघट्ने

उद्योगी व्यवसायीबाट वाणिज्य बैंकहरुले लिँदै आएको कर्जाको ब्याजदर घटाउनुपर्ने  माग गर्दै आए पनि दशै अघि सम्म व्याजदर नघट्ने पक्का भएकाे छ । अहिले बैंकहरुले ११...

विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ ।...
Loading...

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ ।...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका...