इक्यानमा फेरी पनि उपाध्यक्षमा राजेन्द्र रिजाल नै बिजयी

Loading...

नेपाल शैक्षिक परामर्श संघ इक्यनकाे निर्वाचनमा  बस्नेत समूहबाट उम्मेदवार बनेका  राजेन्द्र रिजालले १७६ मत प्राप्त गरेर दोस्रो  उपाध्यक्षमा विजयी भएका छन् छन् । इक्यान निर्वाचन चलिरहदा फेरी पनि राजेन्द्र रिजाल नै प्रथम अपाध्यक्ष बन्ने संकेत देखिएकाे थियाे तरउनकै प्यानलका महेशबाबु तिमल्सिना संगकाे प्रतिस्प्रधामा उनले दुर्इ मत मात्र कम प्राप्त गरेका हुन्  । इक्यान बर्तमान कार्यसमितीका उपाध्यक्ष रिजाल उपाध्यक्ष पदमा नै दाेहाेरिएकाे र क्षमतावान व्यक्ति भएकाले उनी र्इक्यान कार्यसमितिमा अावश्यक रहेकाे अधिकांस मतदाताले बुझार्इ रहेकाे थियाे । ७ जना उपाध्यक्षका उमेद्वार मध्य उनी दाेस्राे भएका हुन् ।

शैक्षिक परामर्श व्यवसायमा क्रियाशिल राजेन्द्र रिजाल वर्तमान इक्यानको प्रथम उपाध्यक्ष हुन्। परामर्श क्षेत्रमा विशुद्ध व्यवसायिक छवी बनाएका रिजाल यस क्षेत्रमा अनुभवी व्यक्तीका रुपमा परिचित छन् । क्षमतावान परामर्श व्यवसायीका रुपमा परिचित  उनी यस अगाडिको निर्वाचनमा लोकप्रिय मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए ।उनले यस पटक पनि अध्यक्ष पदका लागि कुनै पनि दावि प्रकट नगरी उपाध्यक्ष पदमा नै दाेहाेरिनका लागि सराेजकुमार बस्नेत समुहबाट उपाध्यक्ष पदमा उमेद्वारी दिएका छन् भने अघिल्लाे पटक जस्तै यस पटक पनि मतदाताले उनलार्इ साथ दिने देखीन्छ ।

शैक्षिक परामर्श व्यवसायलाई  व्यवसायिक र मर्यादित बनाउन  उनले विगतदेखि नै प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । व्यवसायमा उच्च नैतिकता, आचारसंहिताको पालनालाई पहिलो सर्त मान्ने रिजाल सम्पूर्ण व्यवसायीको हक तथा अधिकार सुनिश्चित हुनुपर्छ भन्छन् ।हाल प्रथम उपाध्यक्षका रुपमा इक्यानको कार्यसमितिमा रहेर विगत २ वर्षमा विभिन्न भूमिकाबाट आफूलाई प्रमाणित गरेका उनी अहिले पुनः उपाध्यक्ष पदका लागि उम्मेदवार भएका हुन् । इक्यान र यसका सदस्य संस्थासँगै सम्पूर्ण व्यवसाय र व्यवसायीवको हितलाई केन्द्रमा राख्ने उनी सबैभन्दा पहिले व्यवसाय व्यवस्थित र मर्यादित हुनुपर्नेमा जोड दिन्छन् । सूचना तथा प्रविधिको क्षेत्रमा दख्खल राख्ने मात्रै होइन बलियो शैक्षिक पूष्ठभूमि भएका उनी व्यवसायको विकासमा नीतिगत तहदेखि त्यसलाई कार्यान्वयनको तहसम्म आफ्नो काममार्फत आफूलाई प्रमाणित गरेका छन् ।

संस्थालाई व्यवसायिक हितमा सञ्चालन गर्नका लागि कार्यसमितिमा दक्ष, अनुभवीसँगै व्यवसायिक र स्वतन्त्र व्यतित्वहरु आवश्यक पर्ने भएको र इक्यानलाई राजनीति गर्ने थलोबाट मुक्त गर्नका लागि पनि  उनले उपाध्यक्षका रुपमा नै उम्मेदवारी दिएको बताएका छन्।उनी भन्छन् इक्यान र समग्र व्यवसायको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने व्यक्ती निर्वाचीत हुनुपर्छ ।

उनले व्यक्तिगत सम्बन्ध, पार्टीगत सम्बन्धका आधारमा भन्दा पनि उम्मेदवारको बारेमा राम्रोसँग बुझेर मत हाल्न सुझाएका छन । एक मतले आफ्नो व्यवसायको नेतृत्व गर्ने व्यक्ति फरक पर्ने हुदा भाेट हाल्दा विचार पुर्याउनु पर्छ ।

अहिले  सरोज बस्नेतले नेतृत्व गरेकाे प्यानलले  २ वर्षको कार्यकालका लागि कार्ययोजना अगाडि सारेका छ। जसलाई “२४ महिना २४ काम, सही नेतृत्व साझा ECAN” भनेकाे छ र  यही कार्ययोजनालाई मूर्तरुप दिनका लागि मतदाताले यहि प्यानलका उमेद्वारलार्इ भाेट हाल्न पनि सुझाएका छन् ।

रिजालका एेजण्डाहरू

  • सम्पूर्ण व्यवसायीहरुबीच आचार संहिताको पूर्ण कार्यान्वयन गर्दै स्वस्थ प्रतिष्पर्धामा व्यवसाय सञ्चालनका लागि व्यवसायीमैत्री वातावरण निर्माण गर्ने  ।
  •  इक्यानका काम कारबाही सहज रुपमा सञ्चालन गर्नका लागि नयाँ ठाउँमा कार्यालय स्थानान्तरण गर्ने
  •  इक्यानका सदस्य संस्था र विभिन्न देशका दूतावासबीच भिसाको विषयमा, अवसरका विषयमा र विभिन्न सरोकारका विषयमा समन्वय गर्ने
  •  इक्यानलाई अझ व्यवस्थित तवरले सञ्चालन गर्नका लागि सदस्य संस्थाहरुबीचमा प्रभावकारी सूचना सञ्चार गर्ने

 

Loading...

Similar Posts :


25

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ । कानून मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतको...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरेर २४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।...

कूटनीतिक राहदानी दिन कडाइ

परराष्ट्र मन्त्रालयले सांसदहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिन कडाइ गरेको छ । संविधानसभा र अघिल्ला प्रतिनिधिसभाका कतिपय सांसदले रातो पासपोर्टको दुरुपयोग गरेको अनुभवका आधारमा परराष्ट्र...

एसियाकै शक्तिशाली कम्युनिस्ट पार्टी

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएर एसिया महादेशमा भएका विभिन्न  कम्युनिष्ट पार्टिहरू मध्य नेपालकाे कम्युनिष्ट पार्टि शक्तिशाली भरएकाे...

फेकनले गर्याे लेखा तथा कर सम्बन्धी तालिम

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले...
Loading...

शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन सहमतिका लागि मन्त्रिपरिषद्मा दर्ता गरेको छ...

नेपाल सरकारले फेसबुकसँग माग्यो ११० एकाउन्टको विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग...

नेकपाको केन्द्रीय कमिटी हेर्नुहाेस् ,सुची सहित

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक भएको हो । एमालेबाट २४१ र माओवादी...