पार्टी एकता हुन नदिने खेल भईरहेपनि हल्लाखल्ला नगरी एकता गर्छाै

Loading...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुन नदिने खेल भईरहेको बताएका छन्।पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले अब छिटै नयाँ केन्द्रीय कमिटी बनाउने समेत बताए।

वैचारिक, राजनीतिक, सांगठनिकलगायत विषय निष्कर्षतिर पुर्‍याइसकेको भन्दै दाहालले एकता प्रक्रिया नबिग्रिएको दाबी गरे। उनले सम्ममानजनक ढंगले एकता गर्नुपर्नेमा जोड दिए।

वैशाख ९ गते नै पार्टी एकता गर्ने कार्यदलले प्रस्ताव गरेको उल्लेख गर्दै उनले आफूहरुले निर्णय गरिनसकेको बताए। ‘वैशाख ९ गते एकता भनेर मिडियाले हल्ला गरे, कार्यदलले प्रस्ताव गरेको हो। हामीले निर्णय गरेका थिएनौं’ उनले भने, ‘हल्ला भएपछि त्यो दिन हुँदैन भन्ने बुझ्नुपर्छ। जुन दिन हुँदैन भनिन्छ, त्यो दिन हुन्छ।’

लामो समयदेखि कम्युनिष्ट केन्द्र निर्माणको लागि एकताको छलफल र बहस चलेको उल्लेख गर्दै दाहालले बल्ल निष्कर्षमा पुग्न लागेको बताए। आफूहरु राष्ट्रको विकास र नेतृत्व गर्ने गरी शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने दिशामा रहेको दाहालको भनाइ थियो। ‘शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने हो। दुई पार्टीमात्रै मिल्ने होइन, राष्ट्रिय एकता, समृद्धिको लागि हामी एक भएर अगाडि बढ्छौं।’ हतारमा पार्टी एकता गरेर पश्चताप गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए। दाहालले एकताबाट दायाँबायाँ गर्ने छुट एमाले र माओवादीलाई नभएको भनाइ दोहोर्‍याएका छन्।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आईतबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकता हुन नदिन मुलुकको राजनीतिक वृतमा धेरै प्रकारका खेल भईरहेको बताएका हुन्।

मुलुकमा समय अनुसार चलेका हल्ला,शक्ति र स्वार्थको टकरावका कारण पार्टी एकता हुन नसक्ने भन्दै उनले कसैलाई थाहा नै नदिई एकताको घोषणा गरिने बताए। एकताका लागि जुटेका दललाई उचाल्ने काम भईरहेको भन्दै उनले दुवै दलले संयमता अपनाउनु आवश्यक रहेको बताए। ठूलो पार्टी हुँदाको अनुभूति माओवादी र एमाले दुवैले गरेकाले दुई ऐतिहासिक धार र भूमिकाका दलले एक अर्कालाई सम्मान गर्दे अघि बढ्नुपर्ने बताए।

उनले पार्टी एकताबाट विच्चलित भए आफूहरूलाई जनताले छुट नदिने बताए। ठूला समस्याहरुलाई हल गर्न सक्ने पार्टी र नेताको रुपमा जनताले आफूहरुलाई भरोसा गरेकाले एकताका लागि आफुहरु जनताको घेरामा परिसकेको उनको भनाई थियो ।

उनले समानताको आधारमा सम्मानजनक र न्यायोचित परिस्थिति लाई विचार गरेर बुद्धिमतापूर्वक एकता गर्नुपर्नेमा दुई शीर्ष नेताबीच सहमति भएको जानकारी गराए।

दुवै दलले दुवैका संवेदनशिलता बुझेर अघि बढ्नुपर्नेमा जोड दिदै उनले सकारात्मक रुपमा नेतृत्वलाई सहयोग गर्न दुवै दलका कार्यकर्तालाई आग्रह गरे। विगतमा सामान्य विषयमा झगडा गर्ने पार्टीले समयको आवश्यकता बुझेर पार्टी एकतामा प्रतिवद्ध रहेको अवगत गराए।

सम्बोधनको सुरुमा नै अध्यक्ष दाहालले पार्टी एकतासँग सम्बन्धीत बैचारिक र सांगठनिक काममा तल्लिन हुनु परेकाले ध्यान पुर्‍याउन नसकेकाले कार्यक्रममा केही त्रूटी हुन पुगेको स्पष्ट पारे। आज देखिएको थोरै जोल्टिङले एकताप्रतिको आफ्हरुको प्रतिवद्धतालाई अझ दृढ बनाएको उनको भनाई थियो ।

सम्बोधनका क्रममा उनले राजनीतिक अराजकता र अस्थिरता अन्त्य गर्दै मुलुकलाई सम्वृद्ध तर्फ लैजाने सन्र्दभमा नै पार्टी एकताको बिजारोपण भएको भन्दै त्यस क्रममा भएका भेटघाट र वार्तालापको फेयरिस्त राखे। उनले शान्ति सम्झौता लगायतका विगतका विभिन्न राजनीतिक घटनाक्रमको स्मरण गर्दै अहिलेको प्राप्तीमा दुई कम्युष्टि पार्टीको महत्वपुर्ण योगदान रहेको दाबी गरे। उनले कम्युनिष्ट एकताको आधार तयार भएकाले पार्टी एकताको अन्तिम विन्दुमा आईपुगेको बताए।

मध्यान्ह १२ बजेको लागि पूर्वनिर्धारित कार्यक्रम व्यानरमा आएको विवादका कारण अपरान्ह ४ बजे पछि मात्रै सुरु भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा गर्न लागेको कार्यक्रममा लेनिन र माओको तस्वीर बिना ब्यानर बनेपछि माओवादी कार्यकर्ताले विरोध गरेका थिए । त्यसपछि दुई दलका शिर्ष नेताबीच दुईवटा ब्यानरमा कार्यक्रम गर्ने सहमति भए अनुसार दुई ब्यानर राखेर कार्यक्रम गरिएको थियो ।

Loading...

Similar Posts :


25

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने भएको छ । सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले भुटाहास्थित नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिद आलमको...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले...

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

आज असोज ३ अर्थात् संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइदै छ ।प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले...

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

आईतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगले लिन लागेको खुल्ला शिक्षकको परीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन