कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित

Loading...

नेपाली कांग्रेसमा चुनाव हारको जिम्मेवारी कसले लिने भन्ने विवादले चर्को रुप लिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच दिनभर भएको सहमति प्रयास सफल हुन सकेन र केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।बैठकका लागि विहान ९ बजे नै पार्टी कार्यालय सानेपा पुगेका नेताहरु दिनभर कुरेर साँझ ७ बजेतिर फर्किएका छन् । दिनभर केही नेता सहमतिको प्रयासका लागि भन्दै छलफलमा जुटेका थिए भने अरु गफ गरेर बसेका थिए ।

 

शनिबारको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी थियो ।महामन्त्रीको प्रतिवेदन बनाउन शेरबहादुर देउवा र रामचन्द्र पौडेलका नेताहरुले सहयोग गरेका थिए । तर, चुनावी हारको जिम्मा कसले लिने भन्नेमा देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति हुन सकेन ।

‘चुनावी हारको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्छ । अरुले पनि आफ्नो पदीय जिम्मेवारी अनुसार लिन्छन् भन्यौं । तर, सभापतिले मान्नु भएन’ छलफलमा सहभागी पौडेल समूहका एक नेताले भने ।एमाले र माओवादी मिलेका कारण मात्र कांग्रेसले चुनाव हारेको देउवा पक्षको तर्क छ ।

देउवा र पौडेल समूहबीच महासमिति बैठकको मितिबारेनि सहमति जुटेको छैन । देउवा समूहले साउन अन्तिम वा भदौंमा गर्ने प्रस्ताव राखेका छन् तर, अरुले जेठ अन्तिममा गर्न माग गरेका छन् ।सहमतिको प्रयास लम्बिएपछि युवा नेताहरुले चुनावी समिक्षाको प्रस्ताव पार्टी सभापतिले नै ल्याउने र त्यसमा सहमत नहुनेहरु आफ्नो राख्ने विकल्प पनि दिएका थिए । तर, न सहमति जुट्यो न युवा नेताहरुको विकल्पमा नै जान तयार भएका छन् ।बैठक आइतबार विहान ११ बजे बस्नेछ । त्यसअघि सहमतिको प्रयास जारी रहने नेताहरु बताउँछन् ।

Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान