देउवाले निर्वाचनमा पार्टी हार्दाको नैतिक जिम्मेवारी लिन मानेनन्

Loading...

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टी हार्दाको नैतिक जिम्मेवारी लिन अस्वीकार गरका  छन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको १३ दिनसम्म चलेको बैठकमा अधिकांशबाट हारको जिम्मेबारी लिएर अघि बढ्नुहोस् भन्दा पनि देउवा तयार भएनन्। पार्टी हार्नुमा आफ्नो भूमिका नभएर तीन वटा कारण मुख्य जिम्मेबार रहेको देउवाको भनाई रहँदै आएको छ। एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनलाई देउवाले निर्वाचन हारको प्रमुख कारण मानेका छन्। त्यसपछि पार्टीभित्रकै आन्तरिक अन्तर्घात र उम्मेदवारीकै कमजोरी रहेको उनको तर्क छ। आफ्नो भूमिका निर्वाचन हारसंग नजोडिएको उनले दावी गर्दै आएका छन्। सार्वजनिक रुपमै देउवाले समानुपातिक तर्फको मतलाई आधार मानी पार्टी हारेको नभएर उम्मेदवार नै हारेको भन्दै आएका छन्। जसलाई लिएर केन्द्रीय कार्यसमितिको बैठकमा उनको चर्को आलोचना भयो।

यतिको दबाव हुँदापनि देउवा किन निर्वाचन हारको जिम्मेबारी लिन चाहँदैनन्? तत्कालिन रुपमा दुई पक्षबीचको ‘इगो’ देखिएपनि दुवै पक्षको अर्जुनदृष्टि १४ औं महाधिवेशनतिर छ। देउवा १४ औं महाधिवेशनमा पुन: सभापति उठ्न चाहन्छन्। पार्टी नेतृत्वमा निरन्तरता दिनकै लागि देउवाले आफू तल पर्ने गरी कुनै निर्णय गराउन चाहदैनन्। आफ्नो कमजोरीलाई लिएर संस्थापन विरोधी पक्षले मोर्चाबन्दी नगरोस भन्नेमा देउवा सचेत छन्।
पौडेल र सिटौला पक्षले भने निर्वाचनको हारलाई देउवा बिरुद्ध मोर्चाबन्दीको प्रमुख अस्त्र बनाएको छ। त्यसमा पछिल्लो पटक पुराना नेता कुलवहादुर गुरुङ पनि जोडिन आईपुगेका छन्। सिटौला र गुरुङ दुवै पक्षले १३ औं महाधिवेशनमा देउवालाई सघाएका थिए। अहिले यी दुवै नेताले देउवाको साथ मात्रै छाडेनन्, देउवाबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा समेत निकालेका छन्। त्यसमा अर्का नेता अर्जुननरसिंह केसी पनि छन्। पौडेल र सिटौलाबीचको पानी बारबारको सम्बन्धलाई नजिक्याउने भूमिकामासमेत केसीले काम गरिसकेका छन्।
पार्टीको औपचारिक निर्णयमै निर्वाचन हारको जिम्मेबारी लिंदा पौडेल र सिटौला पक्षले त्यसैलाई लिएर पार्टीको तल्लो तहसम्म मोर्चाबन्दी गर्न सक्ने भन्दै देउवा जिम्मेबारी लिने विषयलाई पञ्छाइरहेका छन्। निर्वाचनपछि देउवाको साख र छवि गिर्दै गएको छ। यहि मौकामा अग्रिम महाधिवेशनमा पार्टीलाई धकेल्ने संस्थापन इतर पक्ष जुटेको छ। सिधै अग्रिम या विशेष महाधिवेशनको माग गर्दा देउवा तयार नहुने देखेपछि संस्थापन इतर पक्षको रणनीति विधान संशोधनपछि प्रादेशिक संरचना अनुसार पार्टीलाई रुपान्तरण गर्न महाधिवेशनमा जानुपर्ने माग उठाएको छ।
विधान संशोधन महासमिति बैठकको दुई तिहाईले मात्रै हुन्छ। विधान संशोधनलगतै महाधिवेशनको माग बढ्न सक्ने बुझेर देउवा महासमिति बैठक नै ढिलाई गर्ने पक्षमा छन्। विधान अनुसार वर्षको एकपटक महासमिति बैठक बोलाउनुपर्छ। तर देउवाले पार्टी नेतृत्व लिएको दुई वर्ष बढी वित्दासमेत एकपटक महासमिति बैठक बसेको छैन। अझै उनी लम्बाउने पक्षमा छन्। देउवा निकट सदस्यहरुकै अनुसार देउवा असोजको अन्तिम साता या कात्तिकमा महासमिति बैठक पुर्‍याउन चाहन्छन्। अहिले केन्द्रीय कार्यसमितिको बैठकमा भईरहेको विवादको एउटा चुरो यो पनि हो।
निर्वाचनपछि देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन्। कांग्रेस निकटका शिक्षक संघ र कर्मचारी युनियनमा समेत संस्थापन पक्ष पराजित भएको छ। सिटौला, गुरुङ, केसी, चन्द्र भण्डारीजस्ता नेताले देउवाको साथ छाडेका छन्। नेता विजय गच्छदारसमेत उपसभापति नपाउने भएपछि देउवासंग रुष्ट छन्। उनले समेत देउवालाई साथ नदिने चेतावनी दिईसकेका छन्। देउवा विधान संशोधनमार्फत पदाधिकारी संख्या बढाएर गच्छदारसहित असन्तुष्टको चित्त बुझाउन चाहन्छन्। तर, पौडेल र सिटौला पक्षले १४ औं महाधिवेशन पूर्व नै साथ दिने पक्षमा छैनन। ‘चौधौं महाधिवेशनमा आफू कमजोर नहुन देउवाले सवै रणनीति लगाईरहेका छन्’ कांग्रेसका एक नेता भन्छन्, ‘त्यसैले उनी आफु तलपर्ने गरी कुनै काम गर्न चाहन्नन्।’
Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान