सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाट जोड दिनुपर्ने -अध्यक्ष कडरिया

Loading...

काठमाडौं, १५ जेठ । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाटै जनचेतनमूलक कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् ।
कडरियाले सुर्तीजन्य पदार्थको कारण दिन प्रति दिन मानिसहरु विभिन्न किसिमका रोगबाट प्रभावित भएकोले यस विषयमा गम्भिर भएर सोच्न सम्बन्धित निकायले ढिलाई गर्न नहुने धारणा राखे ।क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंक लि. को प्रायोजनमा काठमाडौंको इपीएस स्कूल मिनभवनमा सञ्चालित जनचेतनामूलक कार्यक्रममा विर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले क्यान्सर रोग लाग्दैमा आँत्तिनु नपर्ने धारणा राखे । यद्धपी डा. पौडेलले क्यान्सर रोग लागे समयमा नै उपचार गर्नुपर्ने र सचेत रहनुपर्नेमा जोड दिए । उनले विकसित देशमा सुर्तीजन्य पदार्थ उपभोगमा कमी भएतापनि नेपालजस्तो देशमा जनचेतनाको अभाव र साथीहरुको गलत संगतले गर्दा विद्यार्थीहरुले सानै उमेरदेखि सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको स्पष्ट पारे ।
नेपालमा जनचेतनाको अभावले गर्दा धेरैजसो क्यान्सर रोगीहरु रोग गम्भिर अवस्थामा पुगेपछि मात्रै अस्पताल आइपुग्ने हुँदा उपचारको प्रभावकारिता कम हुने कुरा उनको भनाई छ ।
सुर्तीजन्य पदार्थकै कारणले गर्दा विभिन्न किसिमका रोगबाट मानिसहरु प्रभावित भएको कुरा उनले स्पष्ट पारे ।
इपिएस स्कुलका प्रिन्सिपल प्रमिला सिंहले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालय स्तरबाटै अभियान सञ्चालन गर्नुपर्ने बताईन् ।
क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यबाद दिँदै सिंहले आगामी दिन यस इपिएस स्कूलपनि सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
ग्रिन बुक्स पब्लिकेशनका शैक्षिक निर्देशक खेमनाथ कडरियाले उक्त कार्यक्रममा विद्यार्थीहरु व्यवहारिक रुपमा अनुसाशित नभएसम्म शिक्षा अपूर्ण हुने बताए ।
स्वस्थ समाज निर्माणको लागि सुर्तीजन्य तथा लागु पदार्थबाट टाढै बस्नुपर्नेमा उनको जोड थियो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लगायत उल्लेखनीय सहभागीता थियो ।

Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान