राजनीतिक अाडमा रिहाइ भएका सुधीर बस्नेतलार्इ गिरफ्तार गर्न सहकारी पीडितको माग

Loading...

ओरियण्टल सहकारीका सञ्चालक सुधीर बस्नेत जेलमुक्त भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले चासो दिएका छन् । बस्नेतबाट ठगिएका पीडितहरुसँग गृहमन्त्रालयमा भएको भेटमा मन्त्री थापाले सुधीर बस्नेतको ठगी धन्दाबारे चासो दिएका हुन् ।
सहकारी ऐन ०४८ अन्तर्गत ०५३ सालमा स्वीकृति प्राप्त २३६ नम्बरमा दर्ता भएको बस्नेतको ओरियण्टल सहकारीले देशका प्रमुख शहरहरुमा १३ वटा शाखासमेत विस्तार गरेको थियो ।काठमाण्डौंको मैतीदेवीमा प्रधान कार्यालय रहेको बस्नेतको सहकारीले ०६९ साल भदौदेखि ११ हजारभन्दा बढी वचत तथा निक्षेपकर्ताहरुबाट उठाएको ४ अर्ब रुपैयाँको साँवा–व्याज फिर्ता दिन नसकेपछि उनी जेल परेका थिए ।तर, निक्षेपकर्ताको रकम फिर्ता नगरिकन सरकारले अघिल्लो साता बस्नेतलाई जेलमुक्त गरिदिए पछि पीडितहरु चिन्तित बनेका हुन् ।
शुक्रबार गृहमन्त्री थापालाई भेटेर फर्केका एक सहकारी पीडितले दिएको जानकारी अनुसार बस्नेतको धन्दाबारे मन्त्री थापाले ध्यानपूर्वक उनीहरुसँग सोधेका थिए ।बस्नेतबाट पीडित निक्षेपकर्ताहरुले बस्नेत देशकै ठूलो अपराधी भएकाले उनलाई पुनः पक्राउ गर्न गृहमन्त्री थापासँग अाग्रह गरेका छन् ।विगत ६ वर्षदेखि ठगी धन्दा गर्दै आएका बस्नेतलाई देशको कुनै पनि कानुनले सजायँ दिन नसकेको र आफूहरुले गणतन्त्र आएको महसुस गर्न नसकेको पीडितहरुले गृहमन्त्रीसँग गुनासो पोखेका छन् ।

पीडितले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ जेल सजायँ भोगिरहेका बस्नेतलाई अचानक धरौटीमा रिहा गरिएको खबर विभिन्न पत्रपत्रिकाबाट अाएपछी यसरी नै अपराधीहरुलाई रिहा गर्ने हो भने अपराधी घोषणा गरेर कारावास सजायँ दिनुको के औचित्य नहुने पीडितहरूकाे बुझार्इ रहेकाे छ ।
हजारौं नेपाली जनताको धनसम्पत्ती खुलेआम दुरुपयोग गरी जनताको जीवनमाथि खेलवाड भएको यो नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध हो भनि जारी विज्ञप्तिमा उल्लेख गिरएकाे छ ।

४ अर्बको ठगी धन्दा
बस्नेतलाई जेलमुक्त गरिए पनि उनले करोडौं रकम अझैसम्म पीडितलाई फिर्ता गरेका छैनन् । बस्नेतको ठगीबाट पीडित बनेका करिब दुई दर्जन निक्षेपकर्ताको मृत्यु भइसकेको छ भने बाँचेकाहरु न्याय माग्दै शुक्रबार गृहमन्त्रालयमा ज्ञापनपत्र बोकेर पुगेका हुन् ।
सहकारी निक्षेप ठगी आरोपमा बस्नेत ०७३ साल पुष १३ गते धापासीस्थित घरैबाट पक्राउ परेका थिए । काठमाण्डौ र भक्तपुर जिल्ला अदालतले जेल सजायँ सुनाएपछि उनी डिल्लीबजारस्थित कारागारमा सजायँ भोगिरहेका थिए ।यसैवीच ओरियण्टलबाट पीडितहरुले सुधीर बस्नेत राजनीतिक आडमा रिहा भएको आरोप लगाएका छन् । ठूला मान्छेको पैसा तिरेको र कम्युनिष्ट नेताहरुमार्फत लाइन मिलाएर बस्नेत रिहा भएको भन्दै सर्वसाधारण पीडितले न्याय नपाएको पीडितको गुनासो छ ।

Loading...

Similar Posts :


21

सबै श्रमिकले पेन्सन पाउनुपर्छः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले संचय कोषको ५७ औँ वार्षिकोत्सव कार्यक्रमलाइृ सम्बोधन गर्दे देशभित्रको श्रमबजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने बताएका छन्।खतिवडाले सरकारले सबै श्रमिकलाई पेन्सनको...

यामाहाले ल्यायाे दसै अफर ‘विजय यात्रा’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।  ‘विजय...

पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त...

दशैंअघि बैंकको ब्याजदर नघट्ने

उद्योगी व्यवसायीबाट वाणिज्य बैंकहरुले लिँदै आएको कर्जाको ब्याजदर घटाउनुपर्ने  माग गर्दै आए पनि दशै अघि सम्म व्याजदर नघट्ने पक्का भएकाे छ । अहिले बैंकहरुले ११...

नेपालमै पहिलो ‘नेटवर्क आर्क ब्रिज’

नेपालमै पहिलाे पटक  नेटवर्क आर्क ब्रिजको निर्माण हुने क्रममा छ । आगामी दशैंसम्म सञ्चालनमा ल्याउने लक्ष्यमा साथ बानेश्वरको बिजुलीबजारमा धोबीखोलामाथि उक्त पुलकाे निर्माण भइरहेको ...

जनकपुर–जलेश्वर सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी

जनकपुरबाट महोत्तरीको जलेश्वर पुग्ने सडक खण्डमा पाइलापिच्छे खाल्डाखुल्डी छन् ।जनकपुरबाट जलेश्वर १७ किलोमिटर सडक छिचोल्न बसलाई कम्तीमा १ घण्टाभन्दा बढी समय लाग्छ । जर्जर...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन