नेकपाको को को छन् प्रदेश अध्यक्षका दाबेदार ?

Loading...

स्थायी कमिटी सदस्यमध्येबाट प्रदेश कमिटीको अध्यक्ष वा संयोजक बन्दा मुख्यमन्त्री र मन्त्री बाहेक अन्य सबै नेता दाबेदार छन् । सात प्रदेशको नेतृत्व पूर्व एमालेले ४ र पूर्व माओवादीबाट ३ जनाले पाउने सम्भावना छ । यद्यपि नेताहरुले संख्या होइन, व्यक्ति हेरेर जिम्मेवारी दिइने बताएका छन् ।

प्रदेश १ को नेतृत्वको दाबेदारका रुपमा योगेश भट्टराई र भीम आचार्य देखिएका छन् । सुवास नेम्वाङ संसदीय दलको उपनेता भएका कारण उनले प्रदेश कमिटीको नेतृत्वमा दाबी गरेका छैनन् । स्थायी कमिटीमा प्रदेश १ बाट तत्कालीन माओवादीको कोही पनि नेता परेका छैनन् ।

प्रदेश २ बाट स्थायी कमिटी सदस्यमा मात्रिका यादव, रघुवीर महासेठ र सत्यनारायण मण्डल छन् । यादव र महासेठ मन्त्री भएका कारण मण्डल प्रदेश कमिटीको नेतृत्वका दाबेदार छन् । तर, उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाइएकाले प्रदेश २ को नेतृत्व चयन पेचिलो बन्न सक्ने नेताहरु बताउछन् ।

प्रदेश ३ बाट सबैभन्दा धेरै नेताहरु नेतृत्वको दाबेदारका रुपमा छन् । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, अग्नि सापकोटा, हरिबोल गजुरेल, रघुजी पन्त र पम्फा भुसाल लगायतका नेता यहि प्रदेशबाट स्थायी कमिटीमा प्रतिनिधित्व गर्छन् । प्रदेश ३ को नेतृत्वमा शाक्यलाईनै जिम्मा दिने सम्भावना छ ।

प्रदेश ४ बाट किरण गुरुङ र देवेन्द्र पौडेलमध्ये एकजनाले नेतृत्वको जिम्मेवारी पाउने सम्भावना छ । देव गुरुङ प्रमुख सचेतक र पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकाले यी दुई नेता मुख्य दाबेदार हुन् ।

प्रदेश ५ मा नेकपाका सबैभन्दा धेरै स्थायी कमिटी सदस्य छन् । तर बिष्णु पौडेल महासचिव र शंकर पोखरेल मुख्यमन्त्री तथा वर्षमान पुन संघीय सरकारको मन्त्रीको जिम्मेवारीमा छन् । त्यस्तै प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि संघीय सरकारमा मन्त्री छन् ।
त्यो अवस्थामा घनश्याम भुसाल र छविलाल विश्वकर्मामध्ये एकजनाले प्रदेश कमिटीको नेतृत्व पाउन सक्छन् ।

प्रदेश ६ को नेतृत्व जनार्दन शर्माले गर्ने सम्भावना छ । यद्यपि तत्कालीन माओवादीका केही नेताहरु जनार्दनलाई रोक्न युवराज ज्ञवालीको पक्षमा उभिने सम्भावना छ । प्रदेश ६ बाट स्थायी कमिटी सदस्य शक्ति बस्नेत संघीय सरकारको मन्त्री भएकाले उनी पार्टीको कार्यकारी नेतृत्वमा आउने सम्भावना छैन ।तर, यसअघि तत्कालीन एमालेको प्रदेश ६ का संयोजक रहेका युवराज ज्ञवालीलार्इ भारत प्रवासको इन्चार्ज बनाउने बारे छलफल भइरहेको नेकपा स्रोतले जनाएको छ ।

प्रदेश ७ बाट भने भीम रावल र लेखराज भट्टमध्ये एकजना प्रदेश नेतृत्व गर्नेछन् । रावलले केन्द्रीय सचिवालयमै दाबी गरेका छन् । प्रदेश कमिटीमा अध्यक्ष र सचिव बाहेक अरु पदाधिकारी नहुने भनिएको छ ।अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । स्थायी कमिटीले प्रदेश कमिटी गठनको मोडालिटी बनाउने भएको छ । त्यसअघि सबै प्रदेशका कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम सिफारिस गर्ने बताइएको छ

Loading...

Similar Posts :


25

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसले तराई...

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्राेतले बताएकाे...

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु भएको छ ।...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...
Loading...

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा...

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि...

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक...

छोराले घरायसी विवादमा छुरा प्रहार गरी बुबाको हत्या

एसिया कप २०-२० पाकिस्तानले आयोजना गर्ने

बङ्गलाचुली गाउँपालिकामा आगलागी हुँदा परी परिवारका तीन जनाको मृत्यु

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका जारी,दूधमा पानी मिसाए १० हजार जरिवाना

रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको विमोचन

नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने

चाेलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस

जीप दुर्घटनाहुँदा बेहुलाका आमा-बुवासहित ६ को मृत्यु

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान