विज्ञान र प्रविधिको प्रयोग गरेर आर्थिक विकास गर्नुपर्छ – मन्त्री पोखरेल

Loading...

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ ।
चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ पुग्नुभएका मन्त्री पोखरेलले कुन्मिङमा आयोजित पाँचौं चाईना साउथ एसिया एक्प्रो र तेस्रो फोरम अफ चाइना साउथ एसिया टेक्नोलोजी ट्रान्सफर र कोलाब्रेसन इनोभेसनमा सम्बोधन गर्दै विज्ञान र प्रविधिलाई सामाजिक सेवा, गरिबि नियन्त्रण, बिद्यालय पाठ्यक्रम, ज्ञान र सिपमा आधारित अर्थतन्त्रको प्रवर्दन, दिगो विकासको लक्ष्य पुरा गर्ने दिशामा मुलकका लागि प्रमुख अपेक्षा भएको बताए ।
सम्मेलनले नेपाल, चीन र सहभागी मुलुकबीच असल अभ्यास र सिकाईको आदान–प्रदानको अवसर सिर्जनागरी विकासका सबैं क्षेत्रमा बिज्ञान र प्रविधिको सवलिकरणमा योगदान दिने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले युवा, उद्यमी र नव प्रवर्तनकर्तालाई यस्ता सम्मेलनले सहि र वैंकल्पिक मार्ग प्रदान गर्ने बताए ।
प्रविधिमा आधारित शिक्षा नेपाललाई सामाजिक र राष्ट्रिय विकासमा बलियो साधन साबित हुनेछ । यसका लागि नेपाल र चीनबिच दुई पक्षिय र बहुआयामिक रुपमा आगामी दिनमा सहकार्य अभिबृद्धि हुने विश्वास लिएको छु ।
भ्रमणको क्रममा मन्त्री पोखरेलको उपस्थितीमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान संग चीनका बिभिन्न प्रतिष्ठान बिच आपसी सम्झौंता भएको छ । भ्रमणका अवसरमा सम्मेलनमा सहभागी बिभिन्न मुलुकका उपप्रधामन्त्री तथा उच्च अधिकारी बिच भेटवार्ता पनि भएको थियो ।

Loading...

Similar Posts :


25

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी  शैक्षिक परामर्ष प्रदान गर्दै आईरहेको ई—प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय...

परामर्श व्यवसायीलार्इ शुभकामना दिदैँ नेकपाका नेता

नेपाल शैक्षिक परामर्श संघ इक्यानले दशैं तिहार छठ विशेष शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । राजधानीकाे अन्नपूर्ण हाेटेलमा अायाेजित कार्यक्रममा शैक्षिक परामर्श...

तातोपानी सडक पुनर्निर्माण हुने

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा...

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित

चिकित्सा शिक्षा विधेयक माथिको छलफल आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ। चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...