मिसेस तामाङ्गको सक्सेस पार्टीमा कानून,न्याय तथा ससंदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गबाट विजेतालाई प्रमाण पत्र वितरण

Loading...

मिसेस तामाङ २०१८ दोस्रो संस्करणको भव्य सफलता पश्चात राजधानीको दरवारमार्गस्थित जुजुवा लन्ज एण्ड वारमा सक्सेस पार्टीको आयोजना गरिएको थियो । कानून न्याय तथा संसदीय व्यबस्था मन्त्री शेर बहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगीताका विजेता पाल्साङ्ग तामाङ्ग,फस्ट रनरअप निरु थिङ तामाङ, सेकेन्ड रनर अप पेमा तामाङ, थर्ड रनरअप सुनिता तामाङ र फोर्थ रनरअप सञ्जिता ङार्थेन तामाङलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

समाजसेवी मुस्कान पौडेलका विशेष आतिथ्यमा प्रतियोगीताका निणार्यक मण्डलमा रहेका वाइबा सामाजका अध्यक्ष बिगेन्द्र एस वाइबा तामाङ, लाप्साङकार्पो म्युजिक सेन्टर प्रबन्ध निर्देशक रोशन फ्युवा, संचारकर्मी तथा आर्टिष्ट नेपाल मिडिया ग्रुपका सिईओ राज लुईटेल तथा २०१७ का मिसेस गुरुङ विजेता सुमना गुरुङ्गलाई प्रमुख अतिथी तथा आयोजक एवं नायिका शान्ता तामाङ्गले सम्मान सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सोही अवसरमा एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादुर कार्की, आर्टिष्ट नेपालका फाउण्डर निर्देशक नव ढुुङ्गेल ,संयुक्त अपाङ्ग आवाज केन्द्रका तिल बहादुर कार्की, राजमेकअप स्टुडियोका राज पाण्डे, गायक यम बराल तथा उपस्थित अतिथी लगायत संचारकर्मीलाई समेत सम्मान गरिएको थियो ।
तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले एस के ईन्टरटेनमेन्टले प्रत्येक वर्ष आयोजना गर्दै आएको मिसेस तामाङ्गको उक्त सक्सेस पार्टीमा औपचारीक कार्यक्रम पछि प्रतियोगीताका सहभागीहरुले मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरेका थिए


। कार्यक्रमको संचालन मिस गुरुङ्ग पोखराकी विजेता सुनीता गोलेले गर्नुभएको भएको थियो ।

Loading...

Similar Posts :


10

अलिसाको हट नृत्यले तात्यो चितवन

चलचित्र ‘चि मुसी ची’को प्रचारका क्रममा यसको निर्माण यूनिटले चितवनको नारायणगढमा भव्य कन्सर्ट गरेको छ । शनिबार साँझ नारायणी किनारामा आयोजना गरिएको कन्सर्टमा दर्शकको...

किन आईन टपलेस माेडल पुनम पाण्डे नेपालमा !

डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रशियामा जारी विश्वकप फुटबलको अवसरमा यहाँ...

‘यो पागल मन’ निर्देशकको हल नपाएको गुनासो

‘यो पागल मन’ निर्देशकको हल नपाएको गुनासो चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुँदैछ । लभ स्टोरी कथामा निर्माण भएको यो...

श्रावण १२ गते मिसेस नेपाल आइकनको ग्राण्ड फिनाले

विभिन्न उमेर र वर्ग समूहका लागि सौन्दर्यता प्रतिभा प्रदर्शनीमुलक प्रतियोगीता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले हरेक वर्ष झैं यस वर्ष पनि बिवाहित महिलाहरुको...

चलचित्र ‘चिँ मुसी चीँ’ टिम प्रचार अभियानमा

आउँदो ११ श्रावणबाट प्रदर्शनमा आउने चलचित्र ‘चिँ मुसी चीँ’ टिम प्रचार अभियानका क्रममा देश दौडाहामा जुटेको छ । आजदेखि १० दिनसम्म देशका १४ शहरहरुमा...

दयाहाङ भन्छन्-‘मेराे टाइपकाे चलिचत्र हाे, भैरे’

नायक दयाहाङ राइको शिर्ष भूमिका रहेको चलचित्र ‘भैरे’ साउन ४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रलाई लिएर दया उत्साहित पनि छन् ।...
Loading...

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा...

जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी...

बलियो फ्रान्स, नौलो क्रोएसिया

फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार...