कृषकलाई कृषि बीमाप्रति आकर्षण ,कृषि बीमा गर्दा दुर्घटना बीमा अनिवार्य

Loading...

बीमा समितिले कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । कृषकलाई कृषि बीमाप्रति आकर्षण गर्न समितिले यस्तो व्यवस्था गरेको हो । कृषि बीमा गरेका कृषकहरुको दुई लाखसम्म दुर्घटना बीमा हुन्छ । दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति बापतको रकम पाउनेछन् ।

समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई कृषि बीमा गर्दा अनिवार्य रुपमा दुर्घटना बीमा गर्न निर्देशन दिइसकेको छ । दुर्घटना बीमा पनि जोडिएर आएपछि कृषि बीमामा कृषकहरुको आकर्षण बढेर गएको छ । दुर्घटना बीमाको अवधि कृषि बीमाको अवधि बराबरको हुनेछ ।यसरी दुर्घटना बीमा बापत कृषकले थप रकम बीमा कम्पनीहरुलाई तिर्नुपर्छ । सापकोटाका अनुसार १ वर्षभन्दा कमको कृषि बीमामा कृषकले थप ५० रुपैयाँ तिर्नुपर्छ । एक वर्षको भन्दा बढी अवधिको कृषि बिमा भएमा भने कृषकले थप १ सय रुपैयाँ तिर्नुपर्छ । कृषि बीमाको शुल्कमा सरकारले अहिले ७५ प्रतिशत अनुदान दिएको छ । अर्थात कृषि बीमाको २५ प्रतिशत शुल्क कृषकले तिरेमा ७५ प्रतिशत रकम सरकारले तिरिदिन्छ ।

सुरुमा ५० प्रतिशत मात्रै सरकारले अनुदान बापत रकम दिने गरेको थियो । तर ५० प्रतिशत अनुदानमा कृषकहरुको आकर्षण देखिएन । जसका कारण सरकारले कृषि बीमामा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको हो ।सरकारले २०६९ साल माघ १ गतेबाट लागू हुने गरी कृषिमा बीमा नीति ल्याएको थियो । यसपछि बाली तथा पशुपंक्षीको बीमा हुन सुरु भएको हो । ०६९ सालमा बाली तथा पशुपंक्षी विमा ऐन साथै बाली तथा पशुपक्षी बीमा निर्देशिका २०६९ लागू गरेपछि कृषि बीमा गर्न सुरु गरिएकेा थियो ।

कृषि उत्पादनमा बृद्धि गर्ने हिसाबले सरकारले यो योजना बाहिर ल्याएको हो । देशलाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले सरकारले कृषि बीमा मार्फत कृषकहरुलाई यो क्षेत्रमा प्रोत्साहन गर्न खोजेको हो ।अहिले ठूलो मात्रामा चामल तथा तरकारी, फलफूल विदेशबाट आयात हुने गरेको छ । जसका कारण पनि ब्यापार घाटा चुलिँदै गएको छ । कृषि क्षेत्रलाई भरपर्दाे बनाउनका लागि सरकारले कृषि बीमा मार्फत विभिन्न प्रयास गरिरहेको छ ।

Loading...

Similar Posts :


21

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

सबै श्रमिकले पेन्सन पाउनुपर्छः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले संचय कोषको ५७ औँ वार्षिकोत्सव कार्यक्रमलाइृ सम्बोधन गर्दे देशभित्रको श्रमबजारमा रहेका सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षाको प्रत्याभुति हुनुपर्ने बताएका छन्।खतिवडाले सरकारले सबै श्रमिकलाई पेन्सनको...

यामाहाले ल्यायाे दसै अफर ‘विजय यात्रा’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।  ‘विजय...

पुनर्निर्माण प्राधिकरणमा सुशील ज्ञवाली

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुन प्राधिकरणको सीईओमा नियुक्त...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...