इन्जिनियरिङ शिक्षा ,हेर्नुहाेस् कुन कलेजमा कति सिट ?

Loading...

प्रत्यक बर्ष नेपालमा इन्जिनियरहरुको संख्या बढ्दै गएको छ ।विकास निर्माणको गतिसंगै इन्जिनियरहरुको माग पनि उल्लेख्य मात्रमा बढेको हाे । राष्ट्रनिर्माणमा दक्ष इन्जनियरहरुको भूमिका पनि महत्वपूर्ण हुने गर्दछ । इन्जिनियरहरुको महत्वपूर्ण भूमिकासंगै इन्जिनियरिङ शिक्षाको पनि महत्व दिनानुदिन बढ्दो छ । इन्जिनियर त्यो हो जसले विकासलाई नियालेर मात्र हेर्दैन,विकाशको त्यो सपनालाई साकार बनाउन महत्वपूर्ण भूमिका समेत निर्वाह गर्छ ।इन्जिनियरिङ पेशामा आकर्षक आम्दानि विषयभित्रको विविधतासंगै विकास निर्माणको साझेदार हुने अवसरका कारण पनि नेपाली विद्यार्थी इन्जीनियरिङ शिक्षातर्फ लालायीत हुने गरेका छन् । नेपालमा इन्जीनियरिङ शिक्षालयहरुको विकास पनि उल्लेख्य मात्रामा भएको छ । प्रत्यक बर्ष नेपालमा ९ हजार ६ सय ५५ जना विद्यार्थीले इन्जिनियरिङ शिक्षा आर्जन गर्न पाउछन् ।
नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्याङक अनुसार वर्षेनि १७ वटा विषयमा ७ हजार भन्दा वढि विद्यार्थीले विभिन्न इन्जिनियरिङ कलेजमा अध्ययन गर्छन् । नेपालमा इन्जिनियरिङ अध्ययनका लागी ६ वटा विश्वविद्यालयका केन्द्रिय क्याम्पस ,आंगीक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पस गरी ४८ वटा क्याम्पसले अध्यापन गराईरहेका छन् भने तिनवटा क्याम्पस विश्वविद्यालयको सम्बन्धनको निर्णयको पर्खाइमा रहेका छन् । करिव दुई दशक अघि मात्र सिभिल इन्जिनियरिङ्ग पढाई हुने देशमा हाल इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक्स, कम्प्यूटर, जियोमेट्रीक्स, इन्र्फसमेशनटेक्नोलोजि, इन्ड्रसट्रियल इन्जिनियरिङ्ग, वायोमेडिकल इन्जीनियरिङ्ग पढाई हुने गरेको छ ।बढुदो सुचना प्रविधिको विकास संगै कम्प्यूटर र आइटी इन्जिनियरहरुको माग दिनानुदिन बढ्दो छ । नेपालमा विश्वविद्यालयबाट इन्जिनियरिङ्ग अध्ययन सकेका बिद्यार्थीले काउन्सिलबाट नाम दर्ता गराई लाइसेन्स लिनुपर्ने प्रावधान रहेको छ ।नेपालको इन्जिनियरिङ्ग शिक्षा दक्षिण एसियामा नै उत्कृष्ट सावित भईसकेको विज्ञहरुको दावि छ ।
नेपालमा प्रत्यक बर्ष ३ देखी ४ हजार इन्जिनियरहरु उत्पादन भइरहेका छन् केहीले नेपाली बजारमा रोजगारीको अवसर पाएका छन् भने केही विश्ववजारमा रोजगारीका लागि गएका छन् ।नेपालमा २०७५ बैशाख सम्म ४४ हजार ८ सय ३६ जना इन्जिनियरले नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएर काम गर्ने अनुमति लिएका छन् ।जसमध्य सबै भन्दा धेरै सिभिल इन्जिनियरको संख्या १८ हजार ७ सय ३० रहेको छ भने क्रमश, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरको संख्या ७ हजार २ सय १०,कम्पियुटर इन्जिनियर ५ हजार ५ सय ७९ ,मेकानिकल ३ हजार ६ सय ६३ ,ईलेक्ट्रकल २ हजार १ सय ९६ ,आर्किटेक्ट २ हजार २६ जना रहेका छन् । अहिले सम्म नेपालमा ४६ विधाका इन्जिनियरहरुलाई दर्ता गर्ने प्रावधान रहेको छ जसमध्य ७ वटा विधामा अहिले सम्म एक जना पनि इन्जिनियर दर्ता भएको छैन । नेपाल इन्जिनियरिङ काउन्सिलमा हाल सम्म २८ जना गैर नेपाली इन्जिनियर दर्ता भएका छन् । नेपालमा प्रत्यक बर्ष उत्पादन भएका इन्जिनियरहरु अवसरको खोजीमा रोजगारको लागि विदेशिदा राज्यले ठूलो नोक्सानि वेहोर्नुपरेको काउन्सिलका रजिष्टार खेमराज जोशि बताउछन् ।उनी भन्छन् “नेपालमा अहिले हाईड्रोपावर ,पूर्ननिर्माण,विकासका गतिविधी,ईलेक्ट्रिकल ,मेकानिकल र सुचना प्रविधी तर्फ काम गर्ने इन्जिनियरको माग बढ्दो छ ।”नेपाल इन्जिनियरिङ काउन्सिलको तथ्याङ्कलाई हेर्ने हो भने नेपाली विद्यार्थीहरु स्वदेशमा मात्र नभई इन्जनियरिङ शिक्षा आर्जनका लागि छिमेकी मुलुक भारत ,चिन र बंगलादेश, पाकिस्तानमा पनि जाने गरेका छन् । विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या पनि उल्लेखनिय रहेको छ ।सरकारले गुणस्तरीय इन्जिनियरिङ शिक्षा तर्फ ध्यान दिँदै स्वदेशमा नै अध्ययन गर्न विद्यार्थी एंव अभिभावकलाई आकर्षीत गर्न जरुरी छ ।
नेपाली विद्यार्थीले कक्षा ११ र १२मा विज्ञान संकायमा फीजीक्स र म्याथ लिएर उत्तिर्ण गरेपछि मात्र स्नातक तहमा इन्जीनियरिङ अध्ययन गर्न पाउछन् ।नेपाली विश्वविद्यालयमा रहेको राजनीतिक गतिविधी,विदेश अध्ययनका लागि सहज प्रक्रिया,साघुरो रोजगार बजारका कारण पनि नेपाली विद्यार्थी विदेसिनु परेको इन्जिनियरिङ कलेजहरुको छाता संगठन एकोनका अध्यक्ष रामेश्वर रिजालको भनाई रहेको छ । उनी भन्छन् “इन्जिनियरिङ अध्ययनका लागि नेपाली विश्वविद्यालय प्रति गलत प्रचारबाजी भएको छ र छिमेकी मुलुकमा सस्तो शूल्कमा गुणस्तरीय इन्जिनियरिङ अध्ययन पूरा हुने गलत बुझाई रहेको छ ” ।
नेपालमा नै गुणस्तरीय इन्जिनियरिङ शिक्षा दिइरहेको र नेपाली उत्पादनले नै नेपाली बजारमा रोजगार पाईरहेको वुझाई इन्जिनियरिङ काउन्सिलका अध्यक्ष सत्यनारायण साहको छ । उनी भन्छन् “विगत केही वर्षयता इन्जिनियरिङ कलेजको संख्या बढेसंगै गुणस्तरमा पनि सुधार ल्याउन थालिएको छ ।”काउन्सीलको तथ्याङ्क अनुसार त्रिभुवन ,काठमाडौँ,पोखरा,पूर्वाञ्चल,मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले इन्जिनियरिङ्ग शिक्षा अध्यापन गराईरहेका छन् ।नेपालमा इन्जनियरहरुको माग बढ्दो भएपनि विकास निर्माणका काम सुस्त गतिमा हुनुले नेपाली उत्पादन पनि रोजागारका लागि विदेशीने गरेको र विदेशमा नै अध्ययन गरेको नेपाली विद्यार्थी उतै काम गरेर बस्ने गरेको इन्जिनियर एसोसिएसनको बुझाई रहेको छ ।काउन्सिलले नेपाल बाहेकका ४१ देशका ६ सय ७२ वटा विश्वविद्यालयमा अध्ययन गर्न पाइने अुनुमति दिएको छ ।यसमध्य सवै भन्दा वढि भारतमा २ सय १४ ,चिनको ४८,यूएसएसआरको ८१,रसिया फेडेरेसनको ३६,अमेरिकाको ६१,वेलायतको २२,जापान १२,अष्ट्रेलीया १५ लगाएतका देशका विश्विद्यालयलाई काउन्सीलले दर्ता अनुमति दिएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएर सञ्चालीत कलेजको गुणस्तर राम्रो रहेको दावि क्याम्पस सञ्चालकरुको छ ।पछिल्लो वर्षहरुमा नेपालमा स्नातक उत्तिर्ण गरेर स्नातकोत्तर अध्ययनका लागी अमेरिकी र यूरोपीयन देशमा जाने बिद्यार्थीको संख्या पनि उल्लेखनिय नै छ । नेपाली उत्पादन रोजगारीका लागि यूएयी, कतार , मलेसिया जस्ता खाडि राष्ट्रमा जाने क्रम पनि बढ्दो छ ।नेपालमा रहेका ५१ वटा इन्जीनियरिङ क्याम्पस मध्य राजधानिमा मात्रै ३१ वटा इन्जीनियरिङ क्याम्पस रहेका छन् ।नेपालको सानो भुभाग र विकास निर्माणमा भएको सुस्त गति संगै राजधानी केन्द्रित इन्जिनियरिङ अध्ययन संस्थाका कारण पनि नेपालको इन्जिनियरिङ शिक्षा प्रभावित हुन पुगेको हो ।

नेपाल इन्जिनियरिङ परिषद्बाट सञ्चालित इन्जिनियरिङ कलेजहरु जम्मा सिट संख्या
१,आईओई,पुलचोक ललीतपुर ४३२
२,पश्चिमाञ्चल क्याम्पस,पोखरा ३३६
३,एडभान्सड कलेज अफ इन्जिनियरिङ,ललीतपुर ३३६
४,नेशनल कलेज अफ इन्जिनियरिङ,काठमाडौँ २४०
५,पूर्वाञ्चल क्याम्पस,धरान १९२
६,हिमालयन कलेज अफ इन्जिनियरिङ,च्यासल २३४
७,काठमाडौँ इन्जिनियरिङ कलेज,कालिमाटी ४४०
८,कान्तिपुर इन्जिनियरिङ कलेज,धापाखेल ३०८
९,थापाथली क्याम्पस,थापाथली २४०
१०,ख्वपा कलेज अफ इन्जिनियरिङ,भक्तपुर १४४
११,जनकपुर इन्जिनियरिङ कलेज,भक्तपुर १९२
१२,क्याथफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट,वालकुमारी १९२
१३,सगरमाथा इन्जिनियरिङ कलेज,सानेपा ९६
१४,ललीतपुर इन्जिनियरिङ कलेज ,ललीतपुर ४८
१५,गण्डकी इन्जिनियरिङ कलेज,लामाचौर ,पोखरा ४८
१६,कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजि,ललीतपु्र २४०
१७,नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी,धनगडी १४४
१८, नेपाल कलेज अफ इन्र्फमेशन टेक्नोलोजि ,ललीतपुर ४३२
१९ ,नेपाल इन्जिनियरिङ कलेज,ललीतपुर ५७६
२०,लुम्विनि इन्जिनियरिङ कलेज अफ म्यानेजमेन्ट एण्ड साइन्स, रुपन्देही २८८
२१,पोखरा इन्जिनियरिङ कलेज,पोखरा २४०
२२,अक्सफोर्ड इन्जिनियरिङ कलेज एण्ड म्यानेजमेन्ट,गैडाकोट,नवलपरासी २४०
२३,एभरेष्ट इन्जिनियरिङ कलेज एण्ड म्यानेजमेन्ट १९२
२४,राप्ति इन्जिनियरिङ कलेज ,दाङ ९६
२५,युनाइटेड टेक्निकल कलेज,चितवन १४४
२६,पोखरा युनिभर्शीटि स्कुल अफ इन्जिनियरिङ्ग १४४
२७,युनिभर्शल इन्जीनियरिङ एण्ड साइन्स कलेज,ललीतपुर १४४
२८,कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेनट ४८
२९,स्कुल अफ साइन्स,धु्लीखेल ३५
३०,स्कुल अफ इन्जिनियरिङ,धुलीखेल ३९०
३१,एक्मी इन्जिनियरिङ कलेज,सीतापाईला ३४४
३२,हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज,ललीतपुर १७६
३३,कान्तिपुर सिटी कलेज,पुतलीसडक २२४
३४,ईष्ट्रन कलेज अफ इन्जिनियरिङ ,विराटनगर १६६
३५,ख्वपा इन्जिनियरिङ कलेज,भक्तपुर ३७२
३६,कलेज अफ इन्फरमेशन टेक्नोलोजी,काठमाडौँ ८०
३७,हिमालय इन्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी,काठमाडौँ ९०
३८,स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी,विराटनगर १२०
३९,कलेज अफ वायोमेडिकल इन्जिनियरिङ,विशालनगर,काठमाडौँ ६०
४०,आर्यन स्कुल अफ इन्जिनियरिङ,मध्य वानेश्वर ९६
४१,सेन्ट्रल इन्जिनियरिङ कलेज,जनकपुर ४८
४२,जियोमेटिक्स इन्सटिच्युट अफ टेक्नोलोजी,काठमाडौँ ४०
४३,कान्तिपुर इन्टरनेशनल कलेज, लुवु,ललीतपुर १४४
४४,नेपाल पोलीटेक्निक इन्सटिच्युट,भरतपुर ९६
४५,हिलसाइड कलेज अफ इन्जिनियरिङ्ग,कोटेश्वर,काठमाडौँ १४४
४६,मोर्गन इन्जिनियरिङ कलेज एण्ड म्यानेजमेन्ट, काठमाडौँ ९६
४७,स्कूल अफ इन्जिनियरिङ,सुदुर पश्चीम,महेन्द्रनगर ४८
४८,स्कूल अफ इन्जिनियरिङ ,विरेन्द्रनगर, सुर्खेत १४४
४९,नेपाल वेयष्ट्रन एकेडेमी ,धनगढि ४८
५०,पाथिभरा सेन्टर फर एण्डभान्सड स्टडिज,झापा १४४
५१,क्यालीवर कलेज अफ इन्जिनियरिङ्ग, काठमाडौँ १४४

Loading...

Similar Posts :


7

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

उच्च शिक्षा भन्दा पनि कामको खोजीमा विदेशिदै युवा

हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएका छन् ।राज्यलाई आवश्यक पर्ने युवा अध्ययनको लागि भनौ या कामको खोजीमा विदेशीने गरेका छन् ।यसले...

इन्जिनियरिङ शिक्षा ,हेर्नुहाेस् कुन कलेजमा कति सिट ?

प्रत्यक बर्ष नेपालमा इन्जिनियरहरुको संख्या बढ्दै गएको छ ।विकास निर्माणको गतिसंगै इन्जिनियरहरुको माग पनि उल्लेख्य मात्रमा बढेको हाे । राष्ट्रनिर्माणमा दक्ष इन्जनियरहरुको भूमिका पनि...
Loading...

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४...

चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी...