प्रसंग डाक्टरहरूको: हाम्रो त कुरै नर्गनुस् !

Loading...

कहिल्यै पढेर नसकिने डाक्टरको पढाई, पढाइको पछाडी लाग्दा लाग्दै परिवारसंग समय विताउन नपाउने हामि, चाडवाड भन्न नपाउने हामी, बिहे वारी र बालबच्चा ढिलो जन्माउने हामी, हाम्रो त कुरै नर्गनुस् !

अफिसको काम सकेर घर बस्दा पनि विरामिकै वारेमा सोचि बस्ने हामी, साथि भाई संग भेट्दा पनि आफ्नो विरामीको वारेमा छलफल गर्ने हामी, कम्प्यूटरको अगाडी बसेर तपाईहरुकै बारेमा घन्टौ अध्यन गर्ने हामी, उच्च शिक्षा हासिल गर्न परिवार छोडेर देश विदेश जादा अप्रिय घटनाहरूको सिकार हुने हामी, हाम्रो त कुरै नर्गनुस् !

हाम्रोे पनि आत्मा रुन्छ आफुले प्रयास गर्दा गर्दै उपचार सफल हुन नसक्दा, कति सजिलो संग दोष लगाउनु हुन्छ हिजो सम्म केहि नभएको बोल्दै चल्दै गर्ने मान्छे डाक्टरहरुको लापरवाहीले मर्‍यो अथवा डाक्टरले मार्‍यो भनेर, डाक्टर हुदैमा सबै रोगको निवारण पनि त हुन सक्दैननी , सबै रोगको उपचार भैदिएको भए कुनै डाक्टर र उस्को परिवारको मृत्यू हुनेनै थिएन होलानि, हामि केवल मान्छे न हौ, भगवानको इक्छाको अगाडी हाम्रो केही चल्दैन त्यो कुरा बुझाउन नसकेका हामि, यस्को वदलामा तपाईहरूको जथाभावी गाली बेइजतिको शिकार हामि, हाम्रो त कुरै नर्गनुस् !

अरूले गोली चलाएर मान्छे मारेको भएपनि अदालतले प्रमाणित नगरेसम्म हत्यारा भन्न पाइदैन तर डाक्टरले ज्यान बचाउने प्रयासमा बिरामी मर्‍यो भने यो डाक्टरले मार्‍यो भनेर ढुगां मुडा हातपात को सिकार हुने हामी, हाम्रो त कुरै नर्गनुस् !

सारा सन्सारले सोच्छ पैसा कमाउन डाक्टर पढ, नाम र इज्जत कमाउन डाक्टर पढ, तपाईहरूलाई थाहा छ डाक्टरको फिस 200-500 रुपिया छ त्योपनि ठाउ र वरिस्टता हेरेर तर मानौं धारापानी , बिजुली बत्ति , टिभि-फ्रिज विग्रेको बनाउनेले सामनमा हातमात्र लगाएको कति लैजान्छ त्यो त मैले भनि राख्नु पर्दैन होला नी?त्यस्मा पैसा फयाक्दा त भन्नु हुन्न त लूट्‌यो भनेर, तेसैले म भन्छु पैसा कमाउन डाक्टर होइन अरुनै पढ् , तेसैले म भन्छु हाम्रो कमाईको त कुरै नर्गनुस् !

अब इज्जतको र मान सम्मानको कुरा गर्ने हो भने, रात भारि जागाराम बस्छौ हामि, तपाईहरूको सेवामा आफ्नो अर्को नभनी, घरको वावा-आमा, छोरा छोरी लाई विरामी छोडी ल औषधि समयमै खानु है भनि जनताको सेवामा लाग्छौ हामी, तेस्को बदलामा विरामि र उस्को आफन्तको थप्पड खाने पनि हामी, त्यसैले म भन्छु इज्जत कमाउन डाक्टर होइन अरुनै गर, तेसैले म भन्छु हाम्रो इज्जतको त कुरै नर्गनुस् !

ठूला ठूला रोगको सिकार हामी, अल्प आयूमै मृत्युको मुखमा पुग्ने हामी, आफ्नो नियमीत स्वास्थ्य परिक्षण गर्न समय निकाल्न नसक्ने हामी, हाम्रो त कुरै नर्गनुस् !

तेति मात्रै कहा होर डाक्टरले नै डाक्टरको खेदो खन्ने हामी: यो औषधी गलत लेखेछ यो डाक्टरले भनेर ठाडै विरामीको अगाडी बेइज्जत गर्छौ हामी, हामी आफुनै आफ्नो स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूको इज्जत गर्न सक्दैनौ भने अरुबाट यस्को अपेक्षमा राख्ने हामी,त्यसैले म भन्छु हाम्रो त कुरै नर्गनुस् !

यति धेरै पिडा सहेर पनि डाक्टर पढ्न दुस्साहस गर्ने हामी,तपाइनै भन्नुस् मूर्ख हौ कि विद्धान हामी!तेसैले म भन्छु हाम्रो त कुरै नर्गनुस् ।

Loading...

Similar Posts :


25

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...