काठमाडौंबाट आएका चिकित्सकबाट केसीले सेवा नलिने

Loading...

चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीले सरकारले आफ्नो उपचारका लागि खटाएका चिकित्सकहरूबाट उपचार नगराउने बताएका छन्। सरकारले आफ्नो उपचारका लागि भन्दा पनि मागहरूमा ध्यान दिनुपर्ने भन्दै अनसरत केसीले सरकारले उपचारका लागि छुट्टै चिकित्सकहरू पठाउन आवश्यक नभएको बताए । आफू अनसन बसेको ठाउँमा पनि विज्ञ चिकित्सहरू भएको भन्दै उनले सरकारले काठमाडौंबाट नै चिकित्सकहरू पठाएर कर्णालीका चिकित्सकहरूप्रति शंका गरेको आरोपसमेत लागाएका छन्। सरकारले काठमाडौंस्थित वीर अस्पतालबाट चिकित्सकहरू सुवास सुवेदी र विकास थापालाई जुम्ला पठाएको छ। डाक्टर गोविन्द केसीको अनसन सफल पार्न नेपाली कांग्रेसले ऐक्यबद्धता गर्ने जनाएको छ ।
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेपाली कांग्रेसका रसाइली, शाही र प्रदेश ६ का सांसद दीनबन्धु श्रेष्ठ जुम्ला पुगेका थिए । अनसनरत केसीको स्वास्थ्य अवस्था बुझ्न जुम्ला पुगेका कांग्रेसका सांसदहरूले केसीले राखेका मागहरू जनताको हितमा भएकाले पार्टीले साथ दिने बताएका छन् । डाक्टर केसीका माग पुरा नगरे कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने सांसद प्रकाश रसाइलीले चेतावनी दिएका हुन् । केसीकै मागका आधारमा गरिएका सहमतिहरूलाई वर्तमान सरकारले उल्टयाएर विधेयक ल्याउन खोजेको उनको आरोप छ । अर्की सांसद रंगमती शाहीले पहिले अनसनरत डाक्टर केसीको जीवन रक्षाका लागि सरकारलाई दबाब दिने बताइन्।

Loading...

Similar Posts :


25

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै प्रस्थान गरेकाे छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन महत्वपूर्ण विधामा क्लिन स्वीप गरेका छन् । आईसीसी उत्कृष्ट वर्ष...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले एक निर्देशन जारी गरेको छ । ट्राभल एजेन्सी, ट्रेकिङ ऐजेन्सी, कार्गो...

कांग्रेसले अवरुद्ध पारेपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि बैठक १५ मिनेट स्थगित गरिएको छ । बैठक सुरु भएपछि नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छदारले तनहुँको...

आठ लेनको चक्रपथमा पूर्वाधार नहुँदा समस्या

चक्रपथ निर्माणअघि नै सरकारी पक्षले डिजाइनमा गरेको लापरबाहीका कारण हाल सर्वसाधारण ट्याक्सीलाई अनावश्यक भाडा तिर्न बाध्य छन् । आवश्यक पूर्वाधार नहुँदा आपाङ्ग र वृद्धवृद्धाले...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइलेन्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । शनिबार थाइलेन्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई...
loading...
Loading...

एकदिवसीय खेल खेल्न नेपाली क्रिकेट टोली यूएई तिर

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेपाली क्रिकेट टोली दुवै...

आईसीसीकाे ३ विशेष अवार्ड कोहलीलाई

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन...

विदेशमा व्यापारबाट आर्जित रकम १५ दिनमै ल्याउन राष्ट्र बैंककाे निर्देशन

विदेशी संस्थाहरूसँगको सेवा व्यापारबाट आर्जन हुने रकम उतै लुकाउने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्र बैंकले...