बुढीगण्डकी मुआब्जाको ४ अर्ब ३८ करोड निकासा

Loading...

बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित गोरखातर्फका बासिन्दालाई मुआब्जाका लागि चालु वर्ष ४ अर्ब ३८ करोड रुपैयाँ निकासा भएको छ । यो वर्ष फुजेलका १ हजार १ सय ७९, नाम्जुङका ४ सय ६७ र बुंकोटका ५ सय २३ प्रभावितको खातामा रकम निकासा भएको हो ।आर्थिक वर्ष ०७४/७५ मा वितरणका लागि पाँच अर्ब रुपैयाँ निकासा हुने भएको थियो । बाँकी रहेको रकम निकासाका लागि अन्तिम तयारी भइरहेका आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्वास तथा पुन:स्थापना इकाइका प्रमुख कृष्ण कार्कीले बताए । चालु आर्थिक वर्ष जग्गाको मात्र मुआब्जा वितरण गरेको इकाइले आगामी आर्थिक वर्ष डुबानमा पर्ने घर, गोठ र फलफूलको पनि लगत संकलनको तयारी गरेको छ ।

डुबान प्रभावितलाई वितरणका लागि यो वर्ष प्राप्त हुने भनिएको रकम सबै निकासा हुने पनि उनले बताए । गत वर्षको बाँकी रहेको ४० करोड र यस वर्ष निकासा भएको पाँच अर्ब रकम सबै वितरण गरिसक्ने इकाइले जनाएको छ । ‘हामीसँग १ अर्ब ६ करोड रुपैयाँ छ,’ उनले भने, ‘बोर्लाङका केही डुबानपीडितलाई यसै महिना खातामा रकम जम्मा गर्ने तयारीमा छौं ।’ बाँकी रकम मुआब्जा निकासा नभएका फुजेल, नाम्जुङ र बुंकोटका प्रभावितलाई वितरण गर्न लागिएको उनले बताका छन् । गत वर्ष घ्याल्चोक, भुम्लिचोक र दुर्बङका प्रभावितलाई झन्डै तीन अर्ब रुपैयाँ वितरण भएको थियो ।

धादिङ र गोरखातर्फ डुबान क्षेत्रका व्यक्तिगत जग्गाको मुआब्जा वितरणका लागि मात्र ३२ अर्ब लाग्ने इकाइले जनाएको छ । ‘घर, गोठ, फलफूल सबैको मुआब्जा दिँदा करिब ४५ अर्ब लाग्ने हाम्रो अनुमान हो,’ इकाइका प्रमुख कार्कीले बताउनु भयाे ।  १२ सय मेगावाटको जलाशययुक्त आयोजना निर्माणका लागि धादिङ र गोरखातर्फको करिब ५८ हजार रोपनी निजी जग्गा अधिग्रहण गर्न मुआब्जा वितरण भइरहेको छ । आयोजनाका कारण गोरखातर्फ साबिकको १४ र धादिङतर्फ १३ गाविसका बासिन्दा पूर्णरूपमा प्रभावित हुनेछन् । आयोजना निर्माणका क्रममा ३ हजार ५ सय ६० घरधुरी पूर्णरूपमा विस्थापित हुने तथ्यांक छ ।

Loading...

Similar Posts :


25

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे

शैक्षिक परामर्श सेवालार्इ चुस्त र व्यवस्थीत बनाउने भन्दा पनि राजनीतिक पूर्वाग्रही साेचका अाधारमा परामर्श संघ संचालन हुँदा कहिले जुट्ने त कहिले फुट्ने गरेका छन्...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

बागमतीमा मोटरसाइकलकाे नयाँ दर्ता रोकियो

सरकारी अदूरदर्शिताले दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको यातायात व्यवस्था...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे