बनेन दुई किलोमिटर सडककाे काम तीन वर्षसम्म पनि

Loading...

पूर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने रत्ननगर बजार क्षेत्रको २.३ किलोमिटर सडक बिस्तारको काम सुरु भएको यो असारले तीन वर्ष पुग्यो । काम करिब ८० प्रतिशत भन्दा बढी सकिएपछि सडकको डिजाइन नै गलत भएको पाइएको छ । डिजाइन गलत हुँदा सडक निर्माणको काम नसकिदै सडक भत्कने, पिच थुपि्रने गरेको थियो । १० टन मात्रैं क्षमताको गाडीको भार धान्न सक्ने गरी सडक पिच गरिएको थियो । तर, ठेकेदारले यो सडकमा मालवाहक हेभी साधन गुड्ने भएका कारण यो डिजाइन ६५ टनसम्मको हुनुपर्ने बताउँदै आएको थियो । स्वतन्त्र कन्सल्ट्यान्ट डा. पदम शाहीले दुई महिनाअघि सडकको पुन डिजाइन गरेका छन् । त्यसका लागि सडक डिभिजन कार्यालय भरतपुरले प्रकृया अघि बढाएको डिभिजन प्रमुख धर्मेन्द्र झाले अनलाइनखबरलाई जानकारी दिए । १९ करोड ७० लाखमा. निर्माणको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले लिएको थियो ।
१६ महिना भित्र काम सम्पन्न गरिसक्ने गरी ०७२ असार २९ गते काम सुरु गरेको उसले सम्झौताअनुसार २०७३ असोज २९ मै सम्पन्न गर्नुपथ्र्यो । सडकको दक्षिणतर्फको मेनरोडको कालोपत्रे कहीँ होचो र कहीँ अग्लो छ । सडकको बीचमा निर्माण गरिएको डिभाइडरले दिनहुँ जस्तो दुर्घटना निम्त्याएको छ । यसअघि सडकको डिजाइन ललितपुरको नर्थस्टार कन्सलटेन्टले गरेको थियो । डिजाइन ‘फेल’ भएकैले पिच भत्किएको, पोका परेको डिभिजन प्रमुख धर्मेन्ऽ झाले बताए । मापदण्डअनुसार सो सडकको बेस ३० र ३५ सेमि हुनुपर्छ । पिचको मोटाइसमेत मुग्लिन-नारायणगढ सडकको जस्तै १६ सेमि हुनुपथ्र्यो । तर, पहिलाको डिजाइनमै ५ सेमि मोटाइको पिच गर्ने सम्झौता भएको पाइएको छ । डिजाइनमा सडकको चौडाइ ७/७ मिटर थियो र ठेकेदारले पुरानो पिच भत्काई त्यसैमाथि १५ सेमि बेस हालेर ५ सेमि पिच गरेको छ । पछिल्लोपटक २०७४ असोज २९ सम्म काम सक्नुपर्ने गरी म्याद थपिएको छ । विद्युत् प्राधिकरणले बिजुलीको पोल सार्न ढिलाइ गरेका कारण दक्षिणतर्फ सर्भिसरोड, गि्रनरी र फुटपाथ निर्माण गर्न समस्या भएको उनको भनाइ छ । डिभिजनले विद्युतका पोल सार्न १ करोड २० लाख बजेट रकम आएको जनाएको छ ।
स्थानीय सडकको केन्द्र बिन्दु नै गलत परेको दावी गर्दै आएका छन् । आफुहरुले घर नभत्काउने भन्दै स्थानीयहरुले सडकले नै बीचमा बनाएको डिभाइडर भत्काएर नयाँ बनाउनुपर्ने माग उनीहरुको छ । चारलेन सडकको सर्भिसरोड र गि्रनेरी निर्माण गर्दा टाँडीचोकमा पुरानो ढलको च्याम्बर पुरिएको छ । मेनरोड र सर्भिसरोडका बीचमा गाडिएका साना पोलहरु ढलेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर धमेन्द्र झाले पूर्वपश्चिम राजमार्गमा टाँडी जस्ता सयौं बजार रहेको भन्दैं यसको बिस्तार कार्य नै गलत भएको बताए । सडक निर्माणमा लापर्बाही भएको गुनासो नगरवासीहरुबाट आएपछि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले डिभिजन कार्यालयका इन्जिनियरसँग सडकको अवस्थाका बारेमा जानकारी लिए । सडक निर्माणमा भएको कमजोरीलाई सच्याएर गुणस्तरीय सडक निर्माणमा ध्यान दिन डिभिजन सडक कार्यालय भरतपुरलाई अनुरोध गरेका छन् ।

Loading...

Similar Posts :


25

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका