राजमार्गका पुल धरापमा

Loading...

मुख्य राजमार्गका १७०८ पुलमध्ये प्रत्येक वर्ष ठूला ३/४ वटामा समस्या आइरहेको छ । ती पुल मर्मतमा बर्सेनि २० करोडभन्दा बढी खर्च हुने गरे पनि आवागमन सहज हुन सकेको छैन र हजार बढी सवारीसाधन गुड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो– पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा । पुल सञ्चालनमा आउन करिब डेढ महिना लागेकाे िथयाे ।

डाइभर्सन बनाएर अस्थायी रूपमा सवारी साधन सञ्चालन गरियो । दोस्रो पटकको मर्मतमा मात्र करिब २३ लाख रुपैयाँ खर्च भएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ । ‘पहिला समस्या आएकै पुलमा दोस्रो पटक पनि थपियो तर सुरुमा मर्मत गरेको भन्दा फरक ठाउँमा भासियो,’ डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताउनु भयाे । उनका अनुसार पटक–पटक पुलले समस्या दिएपछि अहिले नयाँ पुल निर्माणका लागि ठेक्का भइसकेको छ । ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का भएको उनले बताए । गत वर्षको बाढीले भासिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डको दुधौरा पुल भासिदै गएकाे छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन र तनहुँको बेनीटार जोड्ने त्रिशूली नदीमाथिको पुलमा समस्या आएको वर्षौं भइसकेकाे छ । वर्षौंदेखि मर्मतकै भरमा पुल सञ्चालनमा छ । इन्जिनियरका अनुसार मर्मत गरेर चलाइएकाले धेरै नटिक्ने टिके पनि ३/४ महिना टिक्ने भनाइ छ ।
अहिले यसको विकल्पका रूपमा नमुना आर्क ब्रिज निर्माण भइरहेको छ । त्यस्तै गोरखाको मस्र्याङ्दी पुलमा पनि सवारी साधन चिप्लिएर दुर्घटना हुने समस्या कायमै छ । दुवै पुल चीन सरकारले सन् १९७४ मा हस्तान्तरण गरेको हो । दुवैमा चीनले काठको डेक हालिदिएको थियो, अहिले काठै नपाउने अवस्था छ, पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले भने, ‘सालको काठ ठूलो परिणाममा पाउन गाह्रो हुने भएकाले त्यसलाई हटाएर स्टिलको प्लेट राखिएको छ, यो पनि राखेको एक/डेढ वर्षमा च्यातिइरहेको छ, गाडी गुडेपछि आफैं प्लेट च्यातिने समस्या छ रहेकाे छ । २०५० सालमा काठ फेरियो तर त्यो १० वर्ष पनि टिकेन । यो पुलबाट दैनिक ७ हजार सवारीसाधन वारपार गर्छन् । मुग्लिनको पुल एकपटक मर्मत गर्दा करिब ३ करोड खर्च हुन्छ । आर्क ब्रिज सञ्चालनमा आएपछि सवारी आगमनमा समस्या नहुने थापा बताउँछन् । मस्र्याङ्दी नदीको पुलको बारेमा भने विकल्प खोजिएको छैन । यो पुल एकपटक मर्मत गर्दा करिब ७ करोड खर्च हुन्छ । यसरी मर्मत गरेपछि तीन वर्ष चल्ने गरेको पुल महाशाखाको दाबी छ ।

Loading...

Similar Posts :


25

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को...
Loading...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्न आवश्यक छ

नयाँ बर्ष नेपाली कांग्रेसकाे पार्टी एकताकाे लागि शुभ हाेस् – देउवा

मनलाग्दी कर उठाउँदै ललितपुर महानगरपालिका