किन आईन टपलेस माेडल पुनम पाण्डे नेपालमा !

Loading...

डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रशियामा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ ।
शनिबार बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुकाबीचमा रहेर रशियामा जारी विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिएका छन् ।
सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्नु भएको थियो, यसपालिको विश्वकप फुटबलमा क्रोशियाले जितेको खण्डमा के तपाई ‘टपलेस’ हुने हो ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनिन्, ‘त्यो पुरानो प्रसँग हो, मेरो मनसाय यसपालिको विश्वकप क्रोशियाले जितोस् भन्ने छ, क्रोशियाले जित्यो भने म के गर्छु त्यसको बारेमा जान्नको लागि भोली राती डेजाभुमा आउनु होला, थाह पाउनु हुनेछ ।’ उनले अघि थपिन्, ‘म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होलानी ?’
रशियामा जारी विश्व कपका सबै खेलहरु मध्य फ्रान्स र बेल्जीयमको राम्रो लागेको बताउदै मोडल पाण्डेले भनिन्, ‘बेल्जीयमले गोल हान्छ हान्छ जस्तो थियो तर के गर्नु फ्रान्सले जित्यो, बेल्जियमले खेल एक्दम राम्रो खेलेको थियो ।’
किन आईन पुनम डेजाभुमा ?
डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडल पुनम पाण्डेलाई पैसा तिरेर नेपाल नल्याएको स्पष्ट पारेका छन् । उनले भने, ‘हाम्रो व्यक्तिगत सम्बन्धका आधारमा उहाँलाई काठमाडौं ल्याईएको हो, बाहिर हल्ला फिजाईए अनुसार क्लबले मोटो रकम तिरेर पुनमलाई ल्याईएको होईन, नेपालमा रहेका नेपाली फ्यानहरुको मनोभावना पूरा गर्नको लागि उहाँ नेपाल आउनु भएको हो, फ्यानहरुसँगै रहेर विश्वकप फुटबल हेर्नु हुनेछ ।’
पुनमलाई नै ल्याउनुको कारण कारण के हो नि ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘हामीले प्राय यस्ता खालमा अवसरमा स्वदेशी तथा बिदेशी कलाकाहरुलाई ल्याएका हुन्छौं, पुनमको चर्चा विश्वमा हुन्छ, नेपालमा आउँदा हामी सबैको लागि राम्रो कुरा हो, त्यसैमाथि विश्वकप फुटबलको अवसरमा पुनम नेपाल आउनुले पर्यटन तथा आर्थिक क्षेत्रमा केही राहत मिल्छ भनेर नै हामीले उहाँलाई नेपालमा आउन आग्रह गरेका हौं ।’

Loading...

Similar Posts :


25

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड ल्याउनुपर्ने हाे ।त्यसमा स्पष्ट हुन नसक्दा पाेखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन्...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।...

नेपालले ओमानलाई १५० रनले हरायो

उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको...

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्ध रहेकाे बताएका छन् ।...

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि सानदार जित

नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै भेट्यायाे ।...
Loading...

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

विद्यार्थीले पाेखरा विश्वविद्यालयमा भर्ना हुन समग्रमा सि ल्याउनुपर्ने हाे, या प्रत्यक विषयमा सि ग्रेड...

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।काठमाडौं उपत्यकामा भने बन्दको...

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

प्रदेश २ सरकारले प्रदेशभित्र रिक्त रहेकाे दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै...

चितवन महिला चेम्वरमा नयां कार्यसमिति गठन

तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड को मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने

नेपाल्स टप मोडल आईकनको उपाधी बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे

पाेखरा विश्वविद्याकाे परिक्षा अन्याेलमा , तान्डव मच्चाउदै विद्यार्थी संगठन

नेपाल बन्द : बम र शंकास्पद वस्तुले देशभरकाे जनजीवन त्रसित ,उपत्यकामा भने न्युन प्रभाव

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

लोकसेवा आयोगलाई दरबन्दी नखुलाउन मुख्यमन्त्रीकाे पत्र

नेपालले ओमानलाई १५० रनले हरायो

भारतिय शिक्षाबारे जानकारी दिन रामाकृष्ण कलेज तमिलनाडुका प्रतिनिधी नेपालमा

पार्टी भित्रको अन्तरघात अन्त्य गर्न प्रतिबद्ध छु – देउवा