विधेयक जबर्जस्ती अघि बढाए संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

Loading...

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संघीय संसद र सबै प्रदेशका प्रदेश सभा पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन् । बुधबार काठमाडौंमा संचारकर्मीमाझ उनले बिहिबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएकाले गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने पनि स्पष्ट पारे। जिम्मेवार प्रतिपक्ष भएको नाताले प्रधानमन्त्रीले बिहिबार सम्बोधन गर्ने गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने पार्टीको नीति रहेको प्रवक्ता शर्माको भनाई छ। यसैबीच, नेपाली कांग्रेसले ढिलोमा आगामी असोजको पहिलो हप्ताभित्र पार्टीको महासमिति बैठक बोलाउने भएको छ। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भदौको मसान्त वा असोजको पहिलो हप्ताभित्र पार्टीको महासमिति बैठक बोलाउने जानकारी दिए।

उनले पार्टीको विधान मस्यौदा समिति बिहिबार गठन हुने विश्वास पनि व्यक्त गरेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा बस्ने सदस्यहरूको नामावली दिने सहमति गरेको उल्लेख गर्दै उनले बिहिबार विधान मस्यौदा समिति गठन हुने विश्वास व्यक्त गरे। कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विधान मस्यौदा समिति निर्माणका विषयमा बुधबार बिहान छलफल भएको थियो। सोही छलफलमा नेताहरु विधान मस्यौदा समिति गठन गर्न सहमत भएको प्रवक्ता शर्माले बताएका छन् । विधान मस्यौदा समिति बढीमा ११ सदस्यीय हुने गरी छलफल अघि बढाएको पनि उनले बताए। विधानलाई टोलसमितिसम्म छलफल गरेर पारित गर्ने विधि पनि तय गरिएको नेपाली कांग्रेसले जनाएको छ। प्रवक्ता शर्माले विधानमा व्यापक छलफल गरी टुंगो लगाउन कम्तिमा ४० दिन लाग्ने र त्यसलगत्तै महासमिति बैठक बोलाउने तयारी गरिएको पनि जानकारी दिएका छन् ।

Loading...

Similar Posts :


25

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे

शैक्षिक परामर्श सेवालार्इ चुस्त र व्यवस्थीत बनाउने भन्दा पनि राजनीतिक पूर्वाग्रही साेचका अाधारमा परामर्श संघ संचालन हुँदा कहिले जुट्ने त कहिले फुट्ने गरेका छन्...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

बागमतीमा मोटरसाइकलकाे नयाँ दर्ता रोकियो

सरकारी अदूरदर्शिताले दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको यातायात व्यवस्था...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे