वसन्तपुरमा निर्माणाधीन घरविरुद्ध १०४ जनाको मुद्दा

Loading...
विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबारको ‘बफर जोन’ मा निर्माणाधीन एउटा घरलाई मापदण्डविपरित भन्दै एक सय चार जनाले मुद्दा हालेका छन्।हनुमानढोका दरबार हेरचाह अड्डाले सम्पदा क्षेत्रभित्र पर्ने उक्त घरमा रोक लगाए पनि निर्माण यथावत् रहेपछि बुधबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको हो। न्यूरोड, जुद्ध सालिकबाट वसन्तपुर दरबार क्षेत्र छिर्ने प्रवेशद्वारमै रहेको उक्त भवन २०७२ को भुइँचालोपछि महर्जन बिजनेस एसोसियट्स प्रालिले किनेको थियो। यो कम्पनीले काठमाडौं महानगरपालिकाबाट नक्सा पास गराएर कम्प्लेक्स बनाउन थालेको हो। नक्सा पास गर्दा महानगरबाट पनि बद्मासी भएको अभियन्ता श्रेष्ठले  बताउनु भएकाे छ ।उनका अनुसार महानगरले महर्जन बिजनेस एसोसिएट्सलाई अनुमति दिँदा एकै दिन दुई फरक आसयको चिठी दिएको थियो। एउटा चिठीमा सम्पदा क्षेत्रको मापदण्डबमोजिम घर बनाउन अनुमति दिइएको छ भने अर्कोमा ‘अन्डरग्राउन्ड’ पार्किङ बनाउने अनुमति दिइएको छ नेपालको प्राचीन स्मारक ऐन २०१३ अनुसार सम्पदा क्षेत्रमा भवन निर्माण गर्दा ३५ फिटभन्दा माथि जान पाइँदैन। भूमिगत संरचना पनि बनाउन पाइँदैन।

स्थानीयले विरोध गरेपछि पुरातत्व विभागको हनुमानढोका दरबार हेरचाह अड्डाले साउन २६ गते कम्पनीलाई अन्डरग्राउन्ड पुर्न निर्देशन दियो। पुरातत्वले घरधनी बोलाएर मापदण्डविपरित नजान कबुल गराएको थियो। घरधनीले नक्सामा उल्लिखित अन्य डिजाइन पनि मिचेको छ। नक्सामा पेटीको उचाइ १ फिट ६ इन्च हुनुपर्नेमा १ फिट मात्र लगाएको छ। अन्डरग्राउन्ड तला बनाउन अनुमति नदिएकोमा ९ फिट ७ इन्चको बेसमेन्ट र ४ फिटको लिफ्टपिट रहेको पुरातत्वको प्रतिवेदनमा छ। यही घरका कारण सन् २००३ मा युनेस्कोले हनुमानढोका दरबार क्षेत्रलाई खतराको सूचीमा राखेको थियो। त्यसपछि यसलाई विश्व सम्पदाको ‘कोर जोन’ बाट ‘बफर जोन’ मा राखिएको हो। पुरातात्विक मापदण्डविपरित निर्माण भएको भन्दै युनेस्कोले पुरातत्व विभागलाई सचेत गराएको थियो।

 

Loading...

Similar Posts :


25

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे

शैक्षिक परामर्श सेवालार्इ चुस्त र व्यवस्थीत बनाउने भन्दा पनि राजनीतिक पूर्वाग्रही साेचका अाधारमा परामर्श संघ संचालन हुँदा कहिले जुट्ने त कहिले फुट्ने गरेका छन्...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

बागमतीमा मोटरसाइकलकाे नयाँ दर्ता रोकियो

सरकारी अदूरदर्शिताले दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको यातायात व्यवस्था...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे