18 Jul 2018 04:07:17 PM | No Comments
हेटौंडा पूर्वी मकवानपुरको बकैया गाउँपालिका-७ की ठूलीमाया स्याङतानलाई सुसुराको हत्या गरेको भन्दै जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ । गत चैत्त १२ गते ससुराको हत्याको अभियोगमा उनलाई पूर्पक्षको लागि थुनामा पठाइएको थियो । ससुरा सुर्यबहादुर स्याङ्तानको हत्या गरेको भन्दै प्रहरीले ठूलीमाया र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्न बुहारी ठूलीमायालाई सर्वस्वसहित जन्मकैद तथा नातिनी १५ वर्षकी मनितालाई ५ वर्ष कैद फैसला गरेको हो ।
नातिनीको हकमा भने बालिग रहेको कारण दुइवर्ष मात्र कैद तोकिए पनि बालिका भएको भन्दै अदालतले फैसला स्थगन गरेको छ । हत्याको खबर आएपछि बकैयास्थित हात्तिसुँडे प्रहरी चौकिबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न भएको भन्दै बुहारी ठूलीमाया स्याङ्तान र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिइएको थियो । हत्या भएका सुर्यबहादुरका ५ जना छोरा रहेका छन् । उनीहरुमध्ये २ जना कामको सिलसिलामा विदेशमा छन भने ३ जना काठमाडौँमा रहेको प्रहरीले जनाएको छ । ठूलीमायाले ससुराको हत्या गर्ने क्रममा उनका श्रीमान भने विदेशमा थिए ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने