आर्थीक क्षमता अनुसारको शैक्षिक गन्तव्य रोजौँ

Loading...

परामर्श व्यवसायलाई आफ्नो कर्म बनाएर लामो समयदेखी विद्यार्थीहरुलाई उचित परामर्श प्रदान गर्दै आएका उनले एमविए डिग्री अध्ययन गरेका हुन् । उनले अन्तर्राष्ट्रिय स्तरका व्यवसायीक तालिम लिएका छन् भने उनी आईसिईएफ, व्रिटिसकाउन्सिल ,पिआईआर सर्टिफाइड एजेन्ट समेत हुन् ।विद्यार्थीहरुलाई विदेश पठाउनका लागि मात्र नभई विषयगत अध्ययन र त्यसको उपायोगिताको बारेमा उनले परामर्श दिदैँ आएका छन् । अत्यन्तै मिलनसार स्वभावका उनले विद्यार्थीहरु विज्ञापनको पछी लाग्ने भन्दा पनि आफू जाने देश, पढ्ने विषय र विश्वविद्यालयको बारेमा जानकारी लिएर मात्र विदेश अध्ययनका लागि निर्णय लिन सुझाव दिन्छन् ।विश्वका विभिन्न मुलुक भ्रमण गरेका उनले अमेरिका ,युके,अष्ट्रेलिया,न्युजिल्याण्ड र युरोपका विभिन्न शिक्षण संस्था संग समन्वय गरेर एजुकेशन एसियालाई विद्यार्थी माझ परिचित गराउँदै परामर्श सेवा उपलव्ध गराउँदै आएका छन् ।उनै लगनशिल ,बहुआयामिक व्यक्ती एवं एजुकेशन एसियाका संचालक रम्भु शाह संग गरेकाे कुराकानिको मुख्य अंस ।
नेपाली परामर्श व्यवसायको बर्तमान अवस्था कस्तो पाउनुभएको छ ? यो व्यवसाय बारे केहि बताईदिनुस न ।
यो बौद्धिक,पढेलेखेका व्यक्तीसंग काम गर्ने व्यवसाय हो । यस व्यवसायबाट विद्यार्थीहरुले शैक्षिक परामर्श प्राप्त गर्नुका साथै त्यहाँको वातावरण, नियम र कानुन सम्बन्धी जानकारी प्राप्त गर्छन् । विद्यार्थी विदेशमा गएर पढ्छन् र पढाईको साथ साथै काम पनि गर्छन् । काम गर्दा ति विद्यार्थीहरुले त्यहाँको काम गर्ने तरिका , समयको महत्व जस्ता कुराहरु सिक्छन् । यहाँ पढेको र बाहिर पढेकोमा धेरै फरक पर्न जान्छ । कन्सल्टेन्सीहरुले व्यवसाय गर्दा नेपाल सरकारलाई पनि विभिन्न किसिमका फाइदा हुन्छन् जस्तो कि एक त रेमिट्न्सबाट पैसाको कारोबार हुँदा र अर्को बाहिर गएर पढाई सकिएका विद्यार्थीहरुले नेपाल फर्किएर आफूले सिकेका सम्पूर्ण सिप, ज्ञान बाड्न सक्छन् । विदेशबाट फर्किएर विद्यार्थीले त्यहाँको नयाँ टेक्नोलोजी , अनुभब , समयको महत्व जस्ता कुरा सिकी सकेपछि त्यहाँको अनुभब , डिग्री , सर्टिफिकेट , काम गरेको अनुभबलाई नेपालमा सदुपयोग गर्छन् ।
विद्यार्थीहरुले परामर्श व्यवसायीबाट के के सुविधाहरु पाइरहेका छन् ?
विद्यार्थीहरुले परामर्श व्यवसायीबाट करिअर काउन्सिलिङ प्राप्त गर्छन् । आफ्नो भविष्य कसरी उज्वल बनाउने कुन विषय अध्ययन गर्न कहाँ जाने जस्ता जानकारी पाउछन् भने परामर्श व्यवसायीले एउटा भिषा लगाउने प्रक्रिया मात्र होइन एउटा राम्रो ठाउँमा काउन्सिलङ गर्दा जिवनउपयोगी काउन्सिलिङ पाउँछन् । सुरुवातमा नै उसले कस्तो विषय पढ्ने , त्यसको विदेशबाट फर्केर कस्तो स्कोप छ , पछि पढाई सकेपछि जागिरको अवस्था कस्तो छ भन्ने विद्यार्थीले जानकारी पाउछन् । हामीले काउन्सिलङ गर्दा मात्र वाहिर पढाउन तयार गर्दैनौ , हामीले अहिलेको उस्को भविष्य र पछिको भविष्यलाई हेरेर उस्लाई चाहिने सुझाव दिन्छौ । त्यो पाए पछि विद्यार्थीलाई अहिले मेरो अवस्था के हो र अब आउने ४ वा ५ वर्ष पछि म कहाँ पुग्छु , मेरो भविष्य कहाँ पुग्छ , सबै कुरा राम्रो संग बुझ्छन् त्यो कारणले गर्दा म विद्यार्थीलाई के भन्छु भने धेरै परामर्श व्यवसायीकोमा गएर परामर्श लिनु उपर्युक्त हुन्छ ।
विदेश अध्ययनमा जानुपूर्व परामर्श लिन आउदा विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ?
विद्यार्थीले विदेश अध्ययनमा जानुपूर्व सबै भन्दा पहिले देश छान्न सक्नु पर्छ । देशको छनोट गर्दा जहिले पनि विद्यार्थीले आफ्नो आर्थिक बजेटलाई हेर्नुपर्छ । यदि विद्यार्थी आर्थिक रुपमा कमजोर छ भने अमेरिकाले छात्रवृति दिने भएकाले उक्त देश उययुक्त हुन्छ । तर विद्यार्थीको आर्थिक बजेट राम्रो छ भने अष्ट्रेलिया छान्नुपर्छ । कागजपत्र र बजेट समबन्धी सम्पूर्ण जानकारी लिनु पर्छ । कन्सल्टेन्सिमा गएर विश्वविद्यालयको बारेमा बुझ्नु पर्छ , भिषाको प्रक्रिया बुझ्नु पर्छ र कस्तो कस्तो कागजपत्र चाहिन्छ , विदेश गएर कहाँ बस्ने , कति खर्च हुन्छ , त्यहाँ थप समयको काम गर्न पाईन्छ पाईदैन बुझ्नु पर्छ र त्यहाँ काम गर्न चाहिने सिप पनि नेपालबाट सिकेर जानुपर्छ ।
तपाईले विभिन्न मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श दिनुहुन्छ , तपाईको विचारमा नेपाली विद्यार्थीहरु अध्ययनका लागि कुन देश जाँदा उपयुक्त हुन्छ ?
नेपाली विद्यार्थीका लागि अंग्रेजी भाषा बोल्ने देशहरु नै उपयुक्त हुन्छ जस्तै अष्ट्रेलिया,न्युजील्याण्ड,अमेरिका,क्यानडा राम्रो छ र धेरै विद्यार्थीहरु गएका पनि छन् । अमेरिका नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो । पढाई र बसोबासका हिसावले क्यानडा पनि राम्रो शैक्षिक गन्तव्य नै मानिन्छ ,अष्ट्रेलियाको शैक्षिक प्रणाली र सुरक्षा व्यवस्था पनि राम्रो छ ।
विद्यार्थीहरु शैक्षिक परामर्श व्यवसायीकोबाट परामर्श लिएर जाँदा पनि समस्यामा पर्नुको कारण चाहि के होला ?
विद्यार्थीहरु विदेश अध्ययनमा जानु भन्दा अगाडि सम्पूर्ण कुरा राम्रो संग बुझेका हुँदैनन् । उनिहरु हतार गरेर ट्युसन फि , कोठा भाडा , त्यहाँको खर्चको बारेमा बझ्न नखोज्दा फि तिर्न नसक्ने समस्या हुन्छ । विदेश जानु भन्दा अगाडि विश्वविद्यालयको फि र आफ्नो आर्थिक अवस्था सम्बन्धी अध्ययन गर्नु पर्छ । विश्वविद्यालयबारे नबुझी जाँदा त्यहाँ विद्यार्थीले पाउने सेवाबारे थाहा हुदैन । अध्ययन पश्चातको डिग्री पनि अर्थहिन हुन सक्ने खतरा हुन्छ ।
यति धेरै परामर्श व्यवसायीहरुको भिडमा विद्यार्थीहरुले विदेश अध्ययनका लागि जान एजुकेशन एसियामा नै किन परामर्श लिन आउने ?
एजुकेशन एसिया पनि नेपालमा भएको कन्सल्टेन्सि मध्य गुणस्तरीय सेवा उपलब्ध गराउने पुरानो संस्था हो । यहाँ हामीले विद्यार्थीहरुलाई भाषा शिक्षण गराउनुका साथै यस क्षेत्रका विज्ञहरुद्वारा प्रशिक्षण पनि गराउने गरेका छौँ । विदेश अध्ययनमा जाने विद्यार्थीहरुलाई आवश्यक सम्पूर्ण जानकारी एजुकेशन एसियामा पाईने भएकाले पनि विदेश अध्ययनमा जान चाहने विद्यार्थीले एजुेकेश एसियालाई आफ्नो रोजाईमा पार्दै आएका छन् ।

Loading...

Similar Posts :


25

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता पनि ग्रामिण ( रिजनल ) क्षेत्रमा व्यवसायीहरुले कामदारको अभाव रहेको...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ । लिगमा यो पहिलो सुपर ओभर...

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि...

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

 नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन पारित भएको छ ।केन्द्रीय कार्य समितिको सोमबारको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले पेश...

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई अवकाश दिने गरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश जारी गरेपछि संघ, प्रदेश...
Loading...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक...

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको सफल परीक्षण

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश