उच्च शिक्षा भन्दा पनि कामको खोजीमा विदेशिदै युवा

Loading...

हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएका छन् ।राज्यलाई आवश्यक पर्ने युवा अध्ययनको लागि भनौ या कामको खोजीमा विदेशीने गरेका छन् ।यसले राज्यलाई दुरगामि प्रभाव पार्ने तर्फ सबैको चिन्ता र चासो बढेको छ ।धेरैले यस किसिमको बाहृयगमनलाई देशबाट गुणस्तरीय जनशक्तिको पलायनको रुपमा ब्याख्या गरेका छन् र यसरी शिक्षाका लागि भनी विदेशीने युवाहरुको गतिविधिलाई देशको लागि अपुरणीय क्षति भएको रुपमा निष्कर्ष निकालेका छन् । तथापी, अहिले जुन गतिमा भूमण्डलीकरणले संसारलाई छोएको छ, त्यसले देशहरुबीचको दुरीलाई त्यत्तिकै मात्रामा न्यूनीकरण गर्दै लगेको छ । विदेशमा दीक्षित नेपाली युवाहरुको सीप र शिक्षालाई देशको क्षतिको रुपमा बुझ्नु भन्दा यस्तो शिक्षा, सीप, अनुभव र ज्ञानलाई देशको उपयोगमा कसरी ल्याउन सकिन्छ भन्ने चिन्तन निजी र सरकारी दुवै क्षेत्रले अवलम्बन गर्नु पर्नेमा विज्ञहरुको सुझाव रहेको छ ।
विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या पछिल्लो समय बढेको देखिएको छ । विदेश पढ्न जानका लागि शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा लिनुपर्ने नो अब्जेक्सन लेटरको तथ्यांकले यस्तो देखाएको हो । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्यामा उल्लेख्य बृद्धि भएको विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।यस बर्ष ७१ वटा देशमा अध्ययनका लागि जान नेपाली विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको देखिएको छ ।
विदेश जाने विद्यार्थीको संख्या बढ्यो, अष्ट्रेलियामा उल्लेख्य वृद्धि
विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा बृद्धि भएको हो । नेपाली विद्यार्थीको शैक्षिक गन्तव्यका रूपमा रहेका अस्ट्रेलिया, जापान, भारत, अमेरिका, चिन, पोल्यान्ड,दक्षिणकोरिया, क्यानडा,न्युजील्यान्ड,साइप्रस, बङ्गलादेश ,जर्मनि, फ्रान्स ,लगायतका देशमा नेपाली विद्यार्थीहरु अध्ययनका लागि जाने गरेका छन् ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०÷७१ को तथ्याङ्क अनुसार २८ हजार १ सय २६ जनाले नो अब्जेक्सन लेटर लिएका थिए । २०७१÷७२ मा ३० हजार छ सय ९६ जनाले लिए भने २०७२÷७३ मा ३२ हजार चार सय ८९ जनाले लिए भने २०७३÷७४ मा ५० हजार ६ सय ५९जनाले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका थिए । अहिले आर्थीक बर्ष २०७४÷७५मा यो संख्या ह्वात्तै बढेर ५८ हजार ७ सय २३ पुगेको छ । आर्थीक बर्ष २०७४÷७५ मा सबै भन्दा धेरै विद्यार्थी ३२ हजार २ सय १७ जना विद्यार्थी अष्ट्रेलियामा अध्ययनका लागि गएका छन् ।त्यसपछी जापानमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या १० हजार ३ सय ७३ पुगेको छ ।भारतमा अध्ययनका लागि जाने विद्यार्थी शिक्षा मन्त्रालयबाट स्विकृति नलिउरै पनि जाने भएकाले मन्त्रालय संग एकिन तथ्याङ्क भने छैन तर भारतमा नो अव्जेक्सन लेटर लिएर अध्ययनका लागि जाने विद्यार्थीको संख्या भने १९ सय ४१ रहेको छ ।
पहिले विद्यार्थीको आकर्षण भएका राष्ट्र जापान, बेलायत ,अमेरिका भन्दा अष्ट्रेलीया जाने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । त्यहाँ अध्ययनका लागि आवश्यक पर्ने भाषा परिक्षण आईईएलटीएस, टोफेल, जीआरई, जीम्याट जस्ता भाषा कक्षामा सहभागी हुने विद्यार्थीको संख्यामा बृद्धि भएको छ । जापान अध्ययनमा पठाउने कन्सल्ट्यान्सी भने अहिले विद्यार्थी संग विदेशीनुको विकल्प नभएकाले बताउँछन् । पिसफुल एजुकेशनकी सञ्चालक निरुपमा महर्जन भन्छिन्– “केही वर्षअघि जापान जाने विद्यार्थीको संख्याभन्दा अहिले विद्यार्थीको संख्यामा कमी आएको छ भने मध्यमखाले आयस्त र पढाई भएका,अष्ट्रेलिया अमेरिका जान नसक्ने विद्यार्थीहरुले जापानिज भाषा पढेर जापान गईरहेका छन् ” । जापान अध्ययनमा जाने विद्यार्थीको अनुपातमा अष्ट्रेलिया जाने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि हुन पुगेको हो । मन्त्रालयका अनुसार उच्च शिक्षाका लागि नो अब्जेक्सन लेटर लिनेको यो संख्या हालसम्मकै उच्च हो ।
पढ्न जाने विद्यार्थीका लागि अस्ट्रेलिया राम्रो गन्तव्य हो, जहाँको उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने मर्सी एजुकेशनका सञ्चालक राम टण्डन बताउँछन् । उनी भन्छन्– “पढ्ने उद्देश्य भएका, शैक्षिक अवस्था र आर्थिक रूपमा सबल विद्यार्थीको भिजा सहज रूपमा लाग्ने गरेको छ ।”
नेपाल अझै पनि एजुकेशन हब बन्न नसकेको र अन्तर्राष्ट्रिय बजारमा अघि बढ्नका लागि बाह्य मुलुकमा गएर शिक्षा लिनुपर्ने बाध्यता नेपाली विद्यार्थीमा रहेको बुझाई परामर्शदाताहरुको छ । नेपालमा प्रयोगात्मक शिक्षा प्रणाली नभएको र यसले राज्यको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न असहज हुने हुँदा नेपाली विद्यार्थीले नेपालकै अध्ययनलाई मात्र पर्याप्त रूपमा लिन सक्ने अवस्था छैन ।
नेपालबाट मेडिकललगायत अन्य विषयको उच्च शिक्षा आर्जनका लागि प्रत्येक वर्ष हजारौंको संख्यामा विद्यार्थी बाहिरिन्छन् । शिक्षा मन्त्रालयका अनुसार एमबीबीएस र बीडीएस पढ्नमात्रै वार्षिक ४ हजारभन्दा बढी नेपाली युवा बिदेसिन्छन् । विशेषगरी मेडिकल शिक्षाका लागि बंगलादेश, चीन र रसिया जानेको संख्या बढी छ । यसमा पनि सबैभन्दा बढीको रोजाइमा बंगलादेश पर्ने गरेके छ । यसका लागि एक विद्यार्थीले औसतमा ५० लाख रुपैयाँ तिरेका हुन्छन् । अन्य विषयका लागि भने अष्ट्रेलिया जाने बढी छन् । विदेश जाने कुल विद्यार्थीमध्ये करिब आधा अष्ट्रेलिया जाने गरेको छात्रवृत्ति शाखाले जनाएको छ ।
युवा विदेशिनुको पछाडि के हो त मुल कारण ?
शिक्षा क्षेत्रका जानकारहरु भन्छन् ,केही हुनेखाने र पैसावालहरु नेपालमा छोराछोरीको राम्रो भविष्य देख्दैनन् । आफ्ना छोराछोरी विदेश पढ्न जाउन उतै जागिर खाउन् भन्ने मनोविज्ञान छ, यहाँ विषयको विविधता छैन । केही अपवादबाहेकका कलेज र विश्वविद्यालयले क्वालिटी एजुकेशन दिन सकेका छैनन् । त्यसकारण पलायन बढेको तर्क उनीहरुको छ ।अर्कोतर्फ शिक्षालय, शिक्षक र अभिभावक स्वयंले पनि यति ग्रेड वा अंक ल्याएमात्र विदेश जान सकिन्छ भनेर प्रोत्साहित गर्ने हुनाले पनि सो संख्या बढेको छ, विदेश गएर काम गरेर मनग्य आम्दानी गर्ने भन्दै अभिभावक र विद्यार्थीहरु विदेश तर्फ लालायीत भएका छन् ।
“नो अब्जेक्सन लेटर लिनेहरु सबै विदेशमा गएर पढ्ने नै हुन् भन्न सकिदैन उनीहरु काम गर्न र दाम कमाउन जान्छन् अध्ययन त एउटा बहाना मात्र हो ” शिक्षा मन्त्रालयका एक कर्मचारीले भने । यसलाई रोक्न नेपालमै रोजगारीका अवसर सृजना गर्नुपर्छ । राज्यले त्यस्तो वातावरण बनाउन सक्नुपर्छ ।
गुणस्तरीय शिक्षा र सम्मुनत जीवनशैलीको खोजी
प्रत्यक बर्ष यसरी हजारौको संख्यामा विद्यार्थी पलायन हुदाँ राज्यले भने कुनै ठोस कदम चाल्न सकेको छैन । नेपाली युवा विदेशीनुको प्रमुख कारण गुणस्तरीय शिक्षा र सम्मुनत देशको जीवनशैली अनुभव गर्नु नै हो । विदेशबाट प्राप्त निजी उपलब्धिका रुपमा सबैले अन्र्तराष्ट्रिय स्तरको शिक्षालाई मात्र जोड दिएका छैनन् बरु स्थानीय जीवनशैली र कामको अनुभवलाई झन् महत्वर्पूण रुपमा उल्लेख गरेका छन् । उनीहरु विदेशमा रहँदा अध्ययन, काम, स्वयंसेवा, सामाजिकीकरण र आफ्ना नीजि शोखका विषयहरु जस्तै यात्रा गर्ने जस्ता गतिविधिहरुमा संलग्न भएको पाइएको छ ।
स्वदेश फर्कने युवाको संख्या न्यून
विदेशमा अध्ययन पुरा गरेर फर्किएका नेपाली युवाहरुको संकलित विवरण अध्ययन गर्दा के पाइएको छ भने उनीहरु प्रायः १८ र १९ बर्षे उमेरमा अध्ययनका लागि विदेश पुगेका र औषत ७ बर्ष विदेश बसाईका क्रममा अध्ययनका अलावा स्थानीय सामाजिक गतिविधिमा संलग्न भई स्वदेशमै अवसरहरु श्रृजना गर्ने उदेश्य लिएर देश फर्किएका छन् । यसरी र्फकने युवाहरुको औषत उमेर ३० बर्षभन्दा कमको रहेको छ । विदेशबाट दिक्षित भएर स्वदेश फर्किएका नेपाली युवाहरुले नेपाली भूमीमा जे जस्ता कार्यहरु गर्दै आएका छन् अनुकरणीय छन् । तर ,विदेशबाट अध्ययन पश्चात स्वदेश फर्कने युवाको संख्या न्यून छ ।राजनीतिक स्थायित्व, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा र विधिको शासन जस्ता आधारभुत अवस्थाको श्रृजना गर्न नसक्दा नेपाली युवाहरु विदेशीन बाध्य छन् ।

Loading...

Similar Posts :


7

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

उच्च शिक्षा भन्दा पनि कामको खोजीमा विदेशिदै युवा

हजारौं नेपाली युवाहरु हरेक वर्षउच्च शिक्षाको खोजीमा विदेशीदै आएका छन् ।राज्यलाई आवश्यक पर्ने युवा अध्ययनको लागि भनौ या कामको खोजीमा विदेशीने गरेका छन् ।यसले...

इन्जिनियरिङ शिक्षा ,हेर्नुहाेस् कुन कलेजमा कति सिट ?

प्रत्यक बर्ष नेपालमा इन्जिनियरहरुको संख्या बढ्दै गएको छ ।विकास निर्माणको गतिसंगै इन्जिनियरहरुको माग पनि उल्लेख्य मात्रमा बढेको हाे । राष्ट्रनिर्माणमा दक्ष इन्जनियरहरुको भूमिका पनि...
Loading...

निर्मला पन्तको हत्यारालाई सरकारले नै लुकाउन चाहेकाे देउवाकाे अाराेप

सरकार अधिनायकवाद उन्मुख भएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर...

प्रदेश पाँचमा स्थायी राजधानी तोक्न समस्या

प्रदेश पाँचको स्थायी राजधानी तोक्न गठित समितिले काम गर्न सकेन । गत साउन २४...

चोरमारामा अाधुनिक पुल निजी लगानीमा निर्माण

चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा एक करोड बढी निजी...