मेडिकल शिक्षा शैक्षिक माफियाको चंगुलबाट मुक्त राख्नुपर्छ

Loading...

नेपालमा मेडिकल शिक्षाको विषयमा विवाद र बहस चलिरहदा मेडिकल शिक्षाको अवस्था कता तिर उन्मुख छ भन्ने प्रष्ट देखिएको छ । मेडिकल काउन्सिलले लिने एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिने परिक्षामा झण्डै ८८ प्रतिशत विद्यार्थी फेल भएको अवस्था छ ।अघिकांश विद्यार्थी विदेशमा मेडिकल शिक्षा आर्जन गरेकाहरु नै छन् । यहाँ नयाँ मेडिकल कलेज सञ्चालनलाई स्विकृति नदिने अनि विद्यार्थी विदेशमा पढ्न जान पनि नरोक्नाले सरकारको मेडिकल शिक्षा प्रतिको नीतिमा नै प्रश्न उव्जीएको छ ।

भौतिक पूर्वाधार सम्पन्न मेडिकल कलेजलाई सम्बन्धन दिने तर्फ सरोकारवालाहरुको जोड हुनुपर्छ तर शैक्षिक माफियाको निर्देशनमा रातारात पूर्वाधार नभएकालाई भने राज्यले सम्बन्धन दिनु हुँदैन ।विश्वविद्यालयले सम्बन्धन लिएका तर नक्कली डाक्टर र नक्कली विरामी राखेर अध्यापनका नाममा ब्रमह्लुट मच्याउने शैक्षिक नाफाखोरहरु प्रति भने नीति बनाएर कारवाहि गर्नुपर्छ ।विदेशका १० वटा मुलुकबाट एमबीबीएस पढेर आएका कुल पाँच सय २६ जना विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा ५८ जना मात्र उत्तीर्ण भएका छन् ।एमबीबीएस उत्तीर्ण गर्दासम्म प्रति विद्यार्थी औसत ५० लाख खर्च हुने गरेको छ । वर्षमा झन्डै साढे चार अर्ब रुपैयाँ मेडिकल शिक्षाका लागि बिदेसिने गरेको छ तर राज्य भने मुकदर्शक बनेर हेरिरहेको छ ।मेडिकल शिक्षालाई राजनीतिक पूर्वाग्रहबाट मुक्त राख्न सकेमा यसमा सुधारको अपेक्षा गर्न सकिन्छ ।

विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ ।विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी नेपाल सरकारको अथवा सम्बन्धित देशको छात्रवृत्ति पाएर पनि विद्यार्थी विदेश गएका छन् तर, यसको संख्या न्यून छ । नेपालमै मेडिकल साइन्स पढ्न पनि प्रवेश परीक्षामा उत्कृष्ट नम्बर ल्याउनुपर्छ । योग्यताक्रममा पछि परेका तर अभिभावकले पैसा तिर्न सक्ने विद्यार्थीलाई विदेशको विकल्प खुलै रहन्छ । यसरी विदेश जाने धेरैजसो विद्यार्थी तुलनात्मक रूपमा कमजोर मानिन्छन् ।
शैक्षिक स्तर कमजोर भए पनि डलरमा पैसा तिरेको कारणले चीन, बंगलादेश, पाकिस्तान र फिलिपिन्सजस्ता देशका विश्वविद्यालयमा भर्ना सजिलै पाइन्छ, तर हरेक विद्यार्थीलाई भर्ना दिने कलेजले गुणस्तरीय शिक्षा दिन सक्दैन । त्यसैले विश्वविद्यालयबाट एमबिबिएस पास गरेर आएका डाक्टर पनि लाइसेन्स लिने परीक्षामा असफल हुन्छन् ।
अहिले प्रवेश परीक्षामा पास भएका विद्यार्थीले मात्र मेडिकल काउन्सिलको सिफारिसमा शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफीकेट पाउँछन् । यसले गर्दा एमबिबिएस पढ्न विदेश जाने विद्यार्थीको संख्या पहिले भन्दा धेरै घटेको छ ।

Loading...

Similar Posts :


25

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता पनि ग्रामिण ( रिजनल ) क्षेत्रमा व्यवसायीहरुले कामदारको अभाव रहेको...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक जित हात पारेको छ । लिगमा यो पहिलो सुपर ओभर...

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि...

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

 नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन पारित भएको छ ।केन्द्रीय कार्य समितिको सोमबारको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले पेश...

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई अवकाश दिने गरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश जारी गरेपछि संघ, प्रदेश...
Loading...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक...

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको सफल परीक्षण

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश