26 Jul 2018 12:07:45 PM | No Comments
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । रसुवाका डीएसपी सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गापा–४ का ३५ वर्षीय रमेश भनिने सुश खड्का र गोसाइँकुण्ड – १ थुमनका मिग्मार गुम्बु तामाङ रहेका छन् । बेपत्ता भएका चारजनाको खोजी जारी छ ।
उनका अनुसार टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पहिरोले पुरेको छ । बिहान सबेरैदेखि बेपत्ताको खोजी कार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको रसुवाका प्रजिअ कृष्ण पौडेलले बताएका छन् । स्थानीयवासीका अनुसार करीब चार किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्नुका साथै तीन वटा छाप्रा होटेल र साना ठूला चारवटा सवारीसाधन पूर्णरुपमा पुरिएकोे छ । अहिले स्याफ्रु रसुवागढी खण्डको राजमार्ग अवरुद्ध भएको छ ।
पहिरोले तीन घर र पाँच ट्रक तथा टिपरमा पूर्ण रूपले क्षति पुगेको बताइएको छ। पहिरोमा तीन वटा कन्टेनर पनि पुरिएका छन् ।
घटनास्थल सदरमुकाम धुन्चेबाट २५ किलोमिटर टाढा पर्छ। सदरमुकामबाट टिमुरे जाने बाटोको ठाउँ ठाउँमा पहिरो खसेकाले उद्धारमा समस्या भइरहेको बताइएको छ । पहिरोका कारण विद्युत्, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने