देश विकास गर्ने कि यस्तै गरी चल्ने ?

Loading...

फोहोर फाल्न पैसा दिन्छौं फोहोर घर भित्रै थुप्रि रहन्छ हप्तौ सम्म !
जलस्रोतको धनिदेश, विजुली वत्ति कुन वेला झ्याप्प जान्छ ठेगान छैन!
आम्दानीको अनि घरवाहालको कर तिर्छौ केको लागि तिर्छौ र त्यो पैसा कता जान्छ अत्वपत्तो छैन !
पानीको विल तिर्छौ महिनौं सम्म पनि धारामा पानी आउदैन !

धुवा र धूलोले गर्मि मौसममा लगाएको लुगाको रंग चिन्न नसकिने हुन्छ । नाक र शरिर कालो धुवा र धूलोले भरिन्छ। बाटोमा हिँड्दा मान्छे चिन्न गाह्रो छ। माक्सले नाकमुख छोपेर जाेत्ने गाेरूलार्इ माेहला लगाएजस्ताे गरेर हिड्नुपर्ने बाध्यता छ ।
फुटपाथमा पाइला राख्ने ठाउँ छैन । कित खाल्डा खुल्डीमा जमेको वर्षाको पानी र हिलोले कित फुटपातमा वेपार गर्नेले। पैदल यात्रुहरू फोहोर पानी र हिलोले छ्‌यापिनु पर्छ तेहि हिलो र पानीले!
बाटोमा फोहोर फाल्ने कन्टेनर छैन ठाउ – ठाउमा, सभ्य भलादमी मान्छेले पनि कतिबेर त्यो फोहोर हातमा बोकेर हिडोस् ।

सार्वजनिक सवारी साधनमा  वृद्ध असक्त र महिलालाई सिट छुट्‌याएको छ तर त्यस्लाई पालना गर्ने थोरै मात्र मान्छे छन् । नियम कानुन कागजी रूपमा मात्र सिमित छ हाम्रो देशमा (सिट भन्दा बडी यात्रु हाल्न नपाइने, फुटपातमा व्यापार गर्न नपाउने, ट्याक्सीले मिटर चलाउनु पर्ने, जेब्रा क्रसिङ्ग भएको बाटोमा पैदल यात्रुलाई प्राथमिकता दिनु पर्ने आदी इत्यादी) तर दृष्य अर्कै छ: बस, माइक्रो बसमा यात्रु गुन्द्रुक खाँदेको जस्तोगरि लैजान्छ्न, ट्‌याक्सी रोकेर कतै जाउ भन्यो भने मिलाएर दिनुसन भन्छन् अब कतिमा मिल्ने हो र मिलाउने हो त्यसैमा दिमाग खराब हुन्छ, जेब्राक्रसिङ्ग मा गाडीलाई बाटो छोडेर मात्र बाटो काट्नु पर्ने हुन्छ!

जनप्रतिनिधि संग साझा सवाल राख्यो भने प्रस्न राख्नेले नै तिब्रो टोकेर भाग्नु पर्ने जवाफ आउछ (के मैले अक्सफोर्ड बोकेर याहा ल्याउनु त, एक-दुइजना मान्छे मर्न दिउ केहि विग्रदैन, अरूले कलेज खोल्न पाउदैन मैले खोली सके भन्ने जस्ता लजिक दिने देशलाई चलाउने केही प्रतिनिधिहरूबाट) !

कति घरहरू र जनसंख्या छ त तपाइको नगर पालिकामा भन्दा थाहा छैन भन्ने मेएर छन् याहा अनि आफुले सम्हालेको मन्त्रालय सम्बन्धीको अलिकति पनि ज्ञान नभएको मन्रीहरू, दक्षताको आधारमा होईन जातिएको आधारमा पढ्ने सीट र देश चलाउने जनप्रतिनिधि बन्न पाउने हाम्रो देश ।

धेरै जस्तो सरकारी कर्मचारी कित बिदामा हुन्छन् कित गफमा मस्त,घन्टौ लाइनमा बस्ने एकातिर बसि रहन्छन् आफ्नो पालो कुरेर, स्वर्स फोर्स हुनेले भित्र शोफामा बसेर चिया पिउंदै बस्दा काम भयो हजुरको भनेर कागज पत्र भित्रै पुग्छ तर यस्तो दृश्य निजि व्यावसायमा खासै देखिदैन ।

मानौं अमेरिका, अस्ट्रेलिया अथवा ब्रिटेनले आएर हाम्रो केही नेतालाई तैले एउटा कुरा माग म संग तर शुद्ध अंग्रेजी बोलेर त्यो म गरिदिन्छु भन्यो भने बोल्न सक्ने हैसीएत नभएका नेताले चलाएको हाम्रो देश ।

जब सम्म चाकडी-चाप्लुसी, घुसखोरी, सरकारी अफिसमा काम गर्न जादा आफ्नो अर्को भन्ने भेदभाव, तेस्ले गर्छ भने मैले किन नगर्ने भन्ने सोचाई जादैन अनि यूवा दक्ष नेता सत्तामा आउँदैनन् अनि झुटो आस्वासन मा परि तेही अनपढ ब्यक्तिलाई पटक पटक जनप्रतिनिधि बनाएर पठाउन छोड्‌दैनौ हाम्रो देश अर्को पचास वर्ष सम्म पनि यस्तै रहने देखिन्छ ।

अब आफै भन्नुस यस्तो अवस्थामा देश समृद्ध कसरी हुन्छ ? देशको जनशक्ति किन नवाहीरियोस ?
अब प्रस्न रह्यो: देश बनाउने कस्ले र यस्तै गरी कति दिन सम्म चल्ने ?

Loading...

Similar Posts :


11

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन

सरोज थापा,निर्देशक,निमास एजुकेशन अहिले शिक्षा मन्त्रालयले परामर्श व्यवसायीलाई साखा कार्यालय खोल्न रोक लगाएको छ र धरौटी पनि राख्नुपर्छ भन्ने बहस चलिरहेको छ के भन्नुहुन्छ...

धावनमार्ग पूर्ननिर्माणको लागि फागुनसम्म कुर्दा मुलुकले ठूलो क्षति व्यहोर्नुपर्छ – र्इं. दिपेन्द्र कँडेल

पब्लिक ईनोभेटेर ईं. दिपेन्द्र कँडेलले फागुनभन्दा अगाडिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) नबनाईए वर्तमान सरकारले ठूलो क्षति व्यहोर्ने बताएका छन् । मंगलबार नागरिक उड्यन...

शैक्षिक मेलाबाटै विद्यार्थीकाे जिज्ञासा समाधान गर्छाै

अहिले ग्रेस इन्टरनेशनलले अष्ट्रेलिया अध्ययन विशेष शैक्षिक मेला आयोजना गरिरहेकाे छ ,यो शैक्षिक मेलाको उदेश्य के होला ?हामीले अस्ट्रेलियन एजुकेसन फेएर गर्नुकोे मुख्य उदेश्य...

देश विकास गर्ने कि यस्तै गरी चल्ने ?

फोहोर फाल्न पैसा दिन्छौं फोहोर घर भित्रै थुप्रि रहन्छ हप्तौ सम्म ! जलस्रोतको धनिदेश, विजुली वत्ति कुन वेला झ्याप्प जान्छ ठेगान छैन! आम्दानीको अनि...

मेडिकल शिक्षा शैक्षिक माफियाको चंगुलबाट मुक्त राख्नुपर्छ

नेपालमा मेडिकल शिक्षाको विषयमा विवाद र बहस चलिरहदा मेडिकल शिक्षाको अवस्था कता तिर उन्मुख छ भन्ने प्रष्ट देखिएको छ । मेडिकल काउन्सिलले लिने एमबिबिएस...

आर्थीक क्षमता अनुसारको शैक्षिक गन्तव्य रोजौँ

परामर्श व्यवसायलाई आफ्नो कर्म बनाएर लामो समयदेखी विद्यार्थीहरुलाई उचित परामर्श प्रदान गर्दै आएका उनले एमविए डिग्री अध्ययन गरेका हुन् । उनले अन्तर्राष्ट्रिय स्तरका व्यवसायीक...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे