मिस ब्युटी क्विन नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न

Loading...

अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको मिस ब्युटी क्विन नेपाल २०१८ को पाँचौ सिजनको ट्यालेन्ट शो सम्पन्न भएको छ । नक्साल स्थित होटेल क्राउन प्लाजामा सम्पन्न ट्यालेन्ट शोमा फेशन कोरियोग्राफर हिमानी सुब्बा, म्युजिक भिडियो निर्देशक तथा आर्टिस्ट नेपालका डाईरेक्टर नव ढुंगेल, गायिका अर्पना श्रेष्ठ, मिस नेपाल आईडल फस्ट रनरअप सुनिशा कोइराला, ब्युटिसियन नेपाल बिजेता शिलाश्मा मल्ल, मिसेस मंगोल २०१८ को फस्ट रनरअप निर्मला राई लगायत निर्णायकमा थिए ।
प्रतिस्प्रधाका लागि नेपाल अधिराज्यभरबाट छनौट भएका १५ प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, कुक, मेकअप, वक्तृत्व कलामा उत्कृष्ट आ–आफ्नो प्रतिभा प्रदर्शन गरी निर्णायक मण्डल र अभिभावकको मन जित्ने प्रयास गरेका थिए। प्रतियोगीहरुले देखाएको सबै प्रतिभाहरुको निणार्यक मण्डल तथा उपस्थित दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । यस शोबाट बिजेता हुने मिस ट्यालेन्टको घोषणा भने अन्तिम स्पर्धाका दिन हुनेछ।

प्रतियोगिताको आगामी श्रावन ३० गते जमल स्थित राष्ट्रिय नाचघरमा फिनाले हुने आयोजक संस्था अमेजन ईन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक कमल खतीवडाले बताए । अन्तिम प्रतिस्प्रधाका लागि रन्जिता बिष्ट, जयश्री मल्ल, ॠषिका थापा, क्रेशिया राइ, निशा पौडेल, आरती आले मगर, पुजा अधिकारी , अस्मिता राई, बर्षा महर्जन, मनिषा थापा, मोनिका कुस्वार, पबित्रा रिजाल, सेल्गी लिम्बु , ज्योति प्रसाईं छन्।

अन्तिम स्पर्धाका लागि प्रतियोगीताका विजेता तथा टाईटल विजेताहरुले उपाधिका साथमा बिभिन्न अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । अन्तिम स्पर्धा कास्टमंडप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । हस्पीलिटी पार्टनरको रुपमा होटल क्राउन प्लाजा तथा फोटोग्राफी आर्टिष्ट नेपालका फोटोग्राफर कुबेर तामाङको रहेको छ । प्रतियोगीताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी छिन् ।

Loading...

Similar Posts :


10

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” सार्वजनिक

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” बोलको गीत सार्वजनिक भएको छ । गीतको गायनसंगै शब्द तथा संगीतपनि प्रेक्षाकै रहेको छ, भने गीतमा रिकेश गुरुङको...

नृत्य निर्देशक संघको दोश्रो वार्षिकत्सोव राजधानीमा सम्पन्न, मन्त्रि अधिकारीबाट उद्घाटन

नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव तथा राष्ट्रिय नृत्य महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको भृकुटी मण्डपमा आयोजना भएको उक्त कार्यक्रममा नेपालको...

तिज गितमा फरक स्वाद थानेश्वरको तीज गजल

नेपाली सङ्गीत क्षेत्रलाई बिकृति र बिसङ्गती तिर लैजाने भन्दा पनि माैलिकता सहितकाे शिक्षा दिने किसिमको तिज गजल गायक थानेश्वर गौतमको स्वरमा बजारमा आएको छ।...

‘रेनी’को ट्रेलरमा प्रेमको कुरा

ग्रिस रिजालको निर्देशनमा तयार भएको चलचित्र ‘रेनी’ भदौ ८ गतेबाट रिलिज हुने भएको छ । विमला मल्ल र सञ्जिब मल्लको लगानीमा तयार भएको चलचित्रमा...

तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न

तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न भएको छ । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि...

मिस ब्युटी क्विन नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न

अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको मिस ब्युटी क्विन नेपाल २०१८ को पाँचौ सिजनको ट्यालेन्ट शो सम्पन्न भएको छ । नक्साल स्थित होटेल क्राउन प्लाजामा...
Loading...

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ ।...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका...