तिज गितमा फरक स्वाद थानेश्वरको तीज गजल

Loading...

नेपाली सङ्गीत क्षेत्रलाई बिकृति र बिसङ्गती तिर लैजाने भन्दा पनि माैलिकता सहितकाे शिक्षा दिने किसिमको तिज गजल गायक थानेश्वर गौतमको स्वरमा बजारमा आएको छ। अघिल्लो बर्ष जस्तै यो बर्ष पनि प्रभा बर्तौलाको शब्द सिर्जनामा “तिज गजल २” बजारमा आएको छ ।

गायक थानेश्वर गौतम अनि जुनु रिजालले तिजको मुल्य र मान्यतालाई यथावत राख्दै नयाँ स्वाद दिएका छन् । थानेश्वर गौतमका विभिन्न गजल गित अनि समय सान्दर्भिक गितहरु पनि बजारमा उपलब्ध छन् ।  चाडपर्वलाई लक्षित गर्दै बनाइएका धेरै जस्तो गीतहरु एकदम छाडा नि बिकृतिले भरिपुर्ण भएका बेला यस्ता गितहरुले अलिकती भए पनि नेपाली संगीत प्रेमीहरुलाई राहत हुने गायक थानेश्वर गाैतमकाे भनार्इ रहेकाे छ ।

शब्दलाई मात्र ध्यान दिएर बनाउनु भन्दा नि शब्दको अर्थ र सांस्कृतिक मूल्य र मान्यतालाई मध्यनजर गर्दै सङ्गीत क्षेत्रलाई परिमार्जन र परिवर्तन गर्नेकुरामा उनले जाेड दिदैँ अाएका छन् । गजल लेखक प्रभा बर्तौला पनि यस्तै सकारात्मक गजलहरुको लेखिका हुन् उनले गजललाई पनि व्यावसायिक बनाउनु पर्नेमा जोड दिदैँ अाएकी  छिन्।  यो गजलमा प्रयोग गरिएका शब्दहरु बिशुद्ध नेपाली परम्परामा आधारित रहेकाे र सकारात्मक सन्देशका साथै गितमा अभिनय गर्ने महिला पुरुषको पोसाक पनि नेपाली मौलिक तिजमा प्रयोग गरिने पोसाक नै छन्। बिकृतीतिर जाँदै रहेको नेपाली सङ्गीत क्षेत्रलाई पक्कै पनि यो गितले केही राहत प्रदान गर्नेमा समग्र टिमले विश्वास लिएकाे छ ।

Loading...

Similar Posts :


10

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” सार्वजनिक

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” बोलको गीत सार्वजनिक भएको छ । गीतको गायनसंगै शब्द तथा संगीतपनि प्रेक्षाकै रहेको छ, भने गीतमा रिकेश गुरुङको...

नृत्य निर्देशक संघको दोश्रो वार्षिकत्सोव राजधानीमा सम्पन्न, मन्त्रि अधिकारीबाट उद्घाटन

नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव तथा राष्ट्रिय नृत्य महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको भृकुटी मण्डपमा आयोजना भएको उक्त कार्यक्रममा नेपालको...

तिज गितमा फरक स्वाद थानेश्वरको तीज गजल

नेपाली सङ्गीत क्षेत्रलाई बिकृति र बिसङ्गती तिर लैजाने भन्दा पनि माैलिकता सहितकाे शिक्षा दिने किसिमको तिज गजल गायक थानेश्वर गौतमको स्वरमा बजारमा आएको छ।...

‘रेनी’को ट्रेलरमा प्रेमको कुरा

ग्रिस रिजालको निर्देशनमा तयार भएको चलचित्र ‘रेनी’ भदौ ८ गतेबाट रिलिज हुने भएको छ । विमला मल्ल र सञ्जिब मल्लको लगानीमा तयार भएको चलचित्रमा...

तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न

तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न भएको छ । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि...

मिस ब्युटी क्विन नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न

अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको मिस ब्युटी क्विन नेपाल २०१८ को पाँचौ सिजनको ट्यालेन्ट शो सम्पन्न भएको छ । नक्साल स्थित होटेल क्राउन प्लाजामा...
Loading...

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ ।...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका...