नृत्य निर्देशक संघको दोश्रो वार्षिकत्सोव राजधानीमा सम्पन्न, मन्त्रि अधिकारीबाट उद्घाटन

Loading...

नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव तथा राष्ट्रिय नृत्य महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको भृकुटी मण्डपमा आयोजना भएको उक्त कार्यक्रममा नेपालको मौलिकता झल्कने विविध सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । विभिन्न जातजाती भाषाभाषीका आफ्नो मौलीक परम्परा कायम राख्न र ऐतिहासीक सांस्कृतिक महत्वको रुपमा रहेको नेपाली नृत्यकला लाई अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नका निमित्त हरेक वर्ष श्रावण २६ गतेलाई नृत्य निर्देशक संघले वार्षिकत्सोवका साथसाथै राष्ट्रिय नृत्य महोत्सवको आयोजना गर्दै आईरहेको छ । नेपाल भर छरिएर रहेका नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघले आयोजना गरेको उक्त कार्यक्रममा नृत्यको माध्यमबाट उत्कृष्ट योगदान दिने नृत्य निर्देशक, संघलाई सहयोग गर्ने वरिष्ठ व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मन्त्री अधिकारीले २०७६ सालबाट हरेक वर्ष श्रावण २६को दिनलाई राष्ट्रिय नृत्य दिवस मनाउने घोषणा गर्नुभयो । यो दिवस अन्य दिवस जस्तै विदा मनाउनका लागी नभई उत्सव मनाउनका लागी हुने मन्त्री अधिकारीको भनाई थियो ।


नृत्य निर्देशक संघ नेपालका का।वा। अध्यक्ष संजय शर्मा राजोपाध्यायले कलाकारलाई गहनाको नाम दिएर आवश्यक परे प्रयोग गर्ने आवश्यक नभए बेवास्ता गर्ने खालको व्यवहार बन्द गरिनुपर्ने बताउनुभयो ।


संघका केन्द्रीय उपाध्यक्ष, नृत्य निर्देशक तथा महोत्सव संयोजक प्रदिपमान श्रेष्ठले स्वागत मन्तव्यको क्रममा संघमा विगतमा भएका कार्यक्रम एवम् गतिविधिको बारे जानकारी दिनुका साथै आगामी दिनमा संघलाई थप प्रभावकारी बनाउनुका साथै देश विदेशमा रहेका नृत्य निर्देशकहरुलाई एकताको माध्यमबाट विश्वसामु नृत्य विधाबाट अलग्गै पहिचान बनाउने उद्देश्य रहने लगायतका भावी योजनाहरु सार्वजनिक गर्नुभयो ।

सोही कार्यक्रममा भारतको प्रख्यात रियालिटि शो डान्स प्लस २ मा सहभागी भई प्रशंसा कमाएको वाइल्ड रिपर्ज क्रुलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गरिसकेर वाइल्ड रिपर्ज क्रुले आगामी दिनमा डान्स ओलम्पिकमा भाग लिएर नेपालका लागी स्वर्ण पदक जित्ने उद्घोष गर्यो ।

कार्यक्रममा नृत्य निर्देशक संघका बिभिन्न शाखाहरुको साथै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट पनि आकर्षक र रमाईला नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा भक्तपुर शाखाबाट भैरवकाली नृत्य, काभ्रेको चामुण्डा खैजेडी भजन समूहबाट भजनसँगै नृत्य, संघ ललितपुर शाखाबाट धिमे नाच, चितवन, काभ्रे, भक्तपुर लगायतका विभिन्न ठाउँका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट पनि नाच प्रस्तुत गरिएको थियो ।


सांस्कृतिक कार्यक्रममा भन्दा अगाडि दोश्रो राष्ट्रिय नृत्य महोत्सवको अवसरमा र्याली निकालिएको थियो । नृत्य निर्देशक संघ नेपालका विभिन्न शाखाको साथै नृत्य सम्वद्ध विभिन्न संस्थाहरु र नृत्यप्रेमीहरुको सहभागीता थियो ।

विभिन्न बाजागाजा र झाँकीको साथमा निकालिएको र्याली भृकुटिमण्डपबाट शुरु भई भद्रकाली, सुन्धारा, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै फेरी भृकुटिमण्डपमै पुगेर सम्पन्न भएको थियो । यालीको उद्घाटन साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले रिबन काटेर गर्नुभएको थियो । कार्यक्रमको संचालन नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले गर्नुभएको थियो ।

Loading...

Similar Posts :


10

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” सार्वजनिक

गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” बोलको गीत सार्वजनिक भएको छ । गीतको गायनसंगै शब्द तथा संगीतपनि प्रेक्षाकै रहेको छ, भने गीतमा रिकेश गुरुङको...

नृत्य निर्देशक संघको दोश्रो वार्षिकत्सोव राजधानीमा सम्पन्न, मन्त्रि अधिकारीबाट उद्घाटन

नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव तथा राष्ट्रिय नृत्य महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । राजधानीको भृकुटी मण्डपमा आयोजना भएको उक्त कार्यक्रममा नेपालको...

तिज गितमा फरक स्वाद थानेश्वरको तीज गजल

नेपाली सङ्गीत क्षेत्रलाई बिकृति र बिसङ्गती तिर लैजाने भन्दा पनि माैलिकता सहितकाे शिक्षा दिने किसिमको तिज गजल गायक थानेश्वर गौतमको स्वरमा बजारमा आएको छ।...

‘रेनी’को ट्रेलरमा प्रेमको कुरा

ग्रिस रिजालको निर्देशनमा तयार भएको चलचित्र ‘रेनी’ भदौ ८ गतेबाट रिलिज हुने भएको छ । विमला मल्ल र सञ्जिब मल्लको लगानीमा तयार भएको चलचित्रमा...

तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न

तेश्रो सिजनको मिसेस नेपाल आईडलको ट्यालेन्ट शो सम्पन्न भएको छ । बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि...

मिस ब्युटी क्विन नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न

अमेजन ईन्टरटेन्मेन्टको आयोजनामा संचालन भईरहेको मिस ब्युटी क्विन नेपाल २०१८ को पाँचौ सिजनको ट्यालेन्ट शो सम्पन्न भएको छ । नक्साल स्थित होटेल क्राउन प्लाजामा...
Loading...

मर्सी प्रेडिक्ट एण्ड विनकाे विजेताले पाए I phone X

मर्सी एजुकेशन एजुकेशन प्रालीले रसियामा अायाेजीत २०१८ विश्वकपमा भएका खेलहरुमा कम्पनिकाे फेसबुक पेज मार्फत...

देशैभरी बन्दको सामान्य प्रभाव

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ ।...

नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका...