नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्षमा भगवती खड्का

Loading...

प्रतिनिधि सभा सदस्य महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमको बीच फाउण्डेशनको रिवन काटेर पूर्व मन्त्री समेत रहेका बस्नेतले उद्घाटन गरेका हुन् ।

कलाकारिता र रेस्लिङ्ग खेललाई एकसाथ अघि बढाएकी नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का ‘यूनिका’ ले यो फाउण्डेसन सञ्चालनमा ल्याएकी हुन् । फाउण्डेशनले आगामी दिनमा रेस्लिङ्ग प्रति रुचि भएका हरेक नारीलाई खेलको व्यवस्था गरेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा प्रमुख अतिथी बस्नेतले खेल क्षेत्रमा सम्भावना र चुनौती दुवै रहेको बताए । उनले खेल क्षेत्रले समेत राष्ट्र चिनाउने काम गरेको भन्दै यो फाउण्डेसनले राम्रो खेलाडी उत्पादन गर्न सफल रहोस् भनि शुभकामना दिए ।

उद्घाटन सँगै ९ खेलाडीबीचको रेस्लिङ्ग खेल देखाइएको थियो । भगवती खड्का, ड्रागम मुना र शोभा सुखरियाबीचको त्रिपक्षीय खेल निकै रोमाञ्चक रह्यो । ड्रागन मुनाले शोभा र यूनिकालाई हराएर जित हासिल गरिन् । यता उत्तम विष्ट र मनोज पार्करको बीच भएको रेस्लिङ्गमा भने उत्तम विजयी बने । अस्मिता जुरेली र अस्मिता राईको भिडन्त पनि निकै चुनौतीपूर्ण र रोचक रह्यो । मैदानमा भिड्दै गर्दा अस्मिताको गोडामा चोट लाग्न पुग्यो । यी दुईबीचको खेलमा भने अस्मिता जुरेलीले अस्मिता राईलाई हराइन् । यता अन्तिम खेल अन्तर्गत बबी पीटर कुमाल र सन्जित खम्बाबीको प्रतिस्पर्धालाई पनि कम आंकलन गर्न मिल्दैन । सन्जितलाई हराउदै बबीले खेलमा जित हासिल गरे । यि सबै खेलमा रेफ्रीको भूमिका गुणराज रुचालले निभाएका थिए ।

फाण्डेसनलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुरयाउनेव्यक्तित्वहरुलाई सम्मानपत्र र मायाको चिनोबाट सम्मानित गरिएको थियो । कार्यक्रममा कलाकार कमला रेग्मी, द्धन्द निर्देशक योगेन्द्र श्रेष्ठ, समाजसेवी शिव श्रेष्ठ लगायतका व्यक्तित्वको उपस्थिती रहेको थियो ।

Loading...

Similar Posts :


5

नेपाली महिला क्रिकेट टिमको घोषणा

थाइल्यान्ड महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको...

नेपाली क्रिकेट खेलाडिलार्इ अाइसिसीले दुर्इ बर्षकाे एकमुष्ट तलब दिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई...

बिग ब्यासमा सन्दीपको ७ विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगमा आफ्नो दबदवा कायमै राखेका छन् ।मेलबर्न स्टार्सबाट लिग खेलिरहेका सन्दीपले बिहीबार सिड्नी सिक्सर्सको २ विकेट लिएका...

अनुमति विना ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ

ललितपुर महानगरपालिका-१५ लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोक घर भएका...

ईपीएल:भैरहवालाई हराउदै ललितपुर बन्याे च्याम्पियन

ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधिसँगै २५...

बिग ब्यास : सन्दिपको सानदार डेभ्यु ,म्याक्सवेलले गरे प्रसंसा

नेपालका सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् ।मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन्...
loading...
Loading...

नेविसंघका ८ पदाधिकारीले सामूहिक राजीनामा दिए

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका...

असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड

लेक्सारले विश्वकै अहिलेसम्मको सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ ।...