साइना कुँवरले हात पारिन मिस टुरिजम वर्ल्डवाइड नेपालको उपाधी

Loading...

परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन् ।
कुँवरले मिस टुरिज्म नेपाल २०१८ मा आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज संगै मिस फ्रेन्डशिप को अवार्ड जितेकी हुन् ।
त्यसैगरी आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारीन भने उनले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि आफ्नो पोल्टामा पारिन् ।

त्यसैगरी सेकेण्ड रनरअपको ताज रश्मि पहारीले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस ट्यालेन्ट र मिस हेल्पफुल को पनि अवार्डु हात पारेकी हुन् ।
यस्तैगरी थर्ड रनरअप पुनम घिमिरे भइन् भने उनले मिस डिसिप्लीन अवार्ड पनि जित्न सफल भइन ।
विधागततर्फ भने समिक्षा रेग्मीले ‘मिस हार्ड वर्किङ’ को उपाधी हात पारीन् । सोनिका ताम्राकारले मिस पपुलर, जेशिका रावलले मिस सोसियल पोल्टामा पार्दा सरिना नापितले मिस पर्सनालिटी अवार्ड हात पारीन् ।

त्यस्तै बेस्ट पर्फर्मेन्स मोनिका न्यौपाने, बेस्ट स्पीच र बेस्ट स्टुडेन्ट अवार्ड प्रतिभा पन्थी ले जित्न सफल भइन भने रविना श्रेष्ठले बेस्ट वाक, सन्ध्या भट्टराईले बेस्ट स्माइल, सन्ध्या महर्जन मिस फोटोजेनिक, मिस पङ्चुवालिटि अलिजा सेढाई र मिस इन्टेलिजेन्ट सिम्रोन बास्तोला घोषित भइन । कार्यक्रमको निर्णायकमा चर्चित गायक आनन्द कार्की वरिष्ठ सौन्दर्यविद सिता न्यौपाने पाठक,संचारकर्मी तथा समाजसेवी किशोर भट्राई तथा संगितकार रोशन भट्राई रहेका थिए ।

प्रतियोगितामा विजेता साइना कुँवरले मिस टुरिज्म नेपाल २०१८’ कोे ताज र उपाधि सहित नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर र इन्डोनेशियामा हुने बिश्वब्यापी पर्यटन र संस्कृति प्रवर्द्धन सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन ।
सिङ्गापुरको लुमिनी ईन्टरनेशनल संगको सहकार्य संगै नेपाल पर्यटन बोर्डको सहयतामा देशको संस्कृति तथा पर्यटन अन्तरास्ट्रिय स्तरमा प्रवर्द्धन गर्नको लागि आयोजना गरिएको प्रतियोगितामा अन्तिम १५ प्रतिस्पर्धी छनौट गरिएको थियो । पर्यटन प्रवद्र्धनको निमित्त यस प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने आयोजक तथा परेली मिडियाका अध्यक्ष बर्षा कार्कीले जानकारी दिनुभयो ।

Loading...

Similar Posts :


10

रेखा पौडेलको संगीतमा तयार भएको चलचित्र कोइलाको गीत “किन किन मन“ सार्वजनिक

काठमाडौँ । प्रदर्शनको क्रममा रहेको चलचित्र ”कोइला “को द्रोश्रो गीत” किन किन मन “बोलको गीत सार्वजनिक भएको छ । मंसिर ७ गते बाट प्रदर्शनमा...

ज्योती प्रसाई – मोडेल

ज्योती प्रसाई मिस व्यूटी कुइन नेपाल २०१८ को विजेता हुन् । उनले नेपाली कला क्षेत्रमा आफ्नो पाईला अघि सारेकी छिन् ।उनी अहिले डिएभी कलेजमा स्नातक तह...

बुटवलमा मंसिर ७ गते ‘प्याजेन्ट नेपाल फेशन शो’ हुदै

देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ । नेपालका चर्चित...

शान्ता अभिनित बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो कार्तिक २७ गते

बहुप्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो गरिने भएको छ । आउदो कार्तिक २७ गते बालाजु स्थित अष्टनारायण हलमा ११ बजे चलचित्रको च्यारिटी शो गरिने...

शिव पगेंनीले हात पारे सर्वोत्कृष्ट छायांकारको अवार्ड

नेपाल टेलिभिजनका क्यामरापर्सन शिव पगेंनीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट छायांकारको अवार्ड जित्न सफल भएका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

नेपालमा लामो समयदेखि सवैभन्दा धेरै तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दुवईमा सम्पन्न मोडल...
Loading...

नेपाली कामदारले जापानमा राेजगारी पाउँछन् – मन्त्री ज्ञवाली

जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा...

अष्ट्रेलिया जाने विद्यार्थीलार्इ सुनाैलाे माैका

अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी सन् २००५  देखी काठमाडौंमा आफ्नो कार्यालय...

तिहारमा महंगी

तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको...