गीतकार तथा संगीतकार हरि विष्टको ‘माइतीको आश’ सार्वजनिक (भिडियो सहित)

Loading...

गीतकार तथा संगीतकार हरि विष्टले आफ्नो तीजको गीत ‘माइतीको आश’ सार्वजनिक गरेका छन । सोही अवसरमा दुई वर्ष अगाडि सार्वजनिक गरेको गीत ‘माइतीको देश’ को २ मिलियन भ्यूअर्स पुगेको उपलक्ष्यमा केक काटेर खुशीयाली मनाएका छन् ।
नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष एवं गीतकार शान्तिप्रिय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी सचिव राधिका हमाल, नेपाल सांगीतिक संघका उपाध्यक्ष खर्क बहादुर बुढा, गायिका टीका पुन, मोडलद्वय दिपाशा बिसी र रश्मी तामाङ, निर्देशक कलाकार नन्दा बस्याल लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

गीतकार हरि विष्टले कार्यक्रमलाई स्वागत गर्दै माइती देशको सुरुका दिनको सम्झना गरे । सबै चेलीलाई माइतीको आश लाग्ने गरेको कारण तीजको अवसरमा ‘माइतीको आश’ लिएर आएको बताए । गीतसंगीतमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने स्रष्टा एवं कलाकारलाई आभार प्रकट गर्दै उनले मौलिक तीज गीतमा माइतीको देशले २० लाख भन्दा माथि माया गर्ने दर्शक पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा गायिका राधिका हमाल, टीका पुन, एरेन्जर झलक संगीतम्, निर्देशक नन्दा बस्याल, वाद्यवादक खर्क बहादुर बुढा लगायतले आफ्ना भावनाहरु साटेका थिए । तीज गीत भनेको हरि विष्टको जस्तो हुनुपर्छ भन्ने सबैमा छाप छोडेको बताएका थिए ।

त्यस्तै चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीतको जगेर्ना गर्नमा हरि बिष्ट लागेको बताउँदै कुनै बेला खडेरी परेको मौलिक गीत आजभोलि सबै आकर्षित बनेको बताएका थिए । छायाँछवि तीज म्यूजिक अवार्डको बेलामा मौलिक गीतको संख्या न्यून हुने गरेकोमा यस वर्ष ९० प्रतिशत तीज गीत बजारमा आएकोमा खुशी व्यक्त गर्दै हरि विष्टका शब्द र संगीत सिर्जनाले वास्तविक तीज झल्काएको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले मौलिक कला संस्कृतिको क्षेत्रमा हरि विष्टले गरेको योगदान इतिहासले नबिर्सने बताएका थिए । कार्यक्रम पत्रकार सुमन बैरागीले संचालन गरेका थिए । कार्यक्रममा माइतीको देश गीतमा सहभागी भएका छायाँकार राजु केसी, मोडलद्वय दिपासा बिसी, रश्मी तामाङ, गायिका टीका पुन, एरेन्ज झलक संगीतम् लगायतका कलाकार, प्राविधिकहरुलाई मायाको चिनो दिइएको थियो ।

भिडियो :


Loading...

Similar Posts :


10

मोडलिङमा करियर खोज्दै निकिता (फोटोफिचर)

नेपालमा मनोरन्जन क्षेत्रको लागि केही योगदान पुर्याउने उदेश्य बोकेर आफुले सक्दो मेहनत गरिरहेकी कृतिपुर काठमाडौंकी २१ वर्षीया मोडल हुन निकिता शर्मा । उनी काठमाडौंमा...

म्युजिक भिडियो तथा चलचित्रमा स्थापित हुने क्रममा रुकमिला (फोटोफिचर)

स्टुडियो : आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन , कमलादी पुतलिसडक मेकअप : सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब, सुकेधारा) फोटोग्राफर: कुबेर तामाङ

गीतकार तथा संगीतकार हरि विष्टको ‘माइतीको आश’ सार्वजनिक (भिडियो सहित)

गीतकार तथा संगीतकार हरि विष्टले आफ्नो तीजको गीत ‘माइतीको आश’ सार्वजनिक गरेका छन । सोही अवसरमा दुई वर्ष अगाडि सार्वजनिक गरेको गीत ‘माइतीको देश’...

युट्युब च्यानलमा नयाँ तीज गीत

नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीज आउन लागेपछि नेपाली संगीत क्षेत्र पनि चलायमान हुने गरेको छ। नयाँदेखि पुराना संगीतकर्मीहरुले तीजसँगै ऊर्जा प्राप्त गर्ने गरेका छन्...

साइना कुँवरले हात पारिन मिस टुरिजम वर्ल्डवाइड नेपालको उपाधी

परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन्...

नितु अव गायिका पनि सार्वजनिक गरिन तिज गीत (भिडियो सहित)

थुप्रै चर्चित गायक गायिकाहरुको गीतहरुमा मोडलिङ्ग गर्ने मोडल तथा कलाकार नितु कोइराला पहिलोपटक आफैले गाएको गीतमा अभिनय गरेकी छिन । वर्षमा एक पटक आउने...
Loading...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने...

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या गरिएको छ। भारतबाट मोटरसाइकलमा आएका दुई...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका...

टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

सुनसरीको भुटाहामा विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

निर्माण व्यवसायमा एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइदै

शिक्षक सेवा आयोगकाेपरीक्षा केन्द्र अपायक ठाउँमा पारेको भन्दै विरोध :सांसद

उपराष्ट्रपति नन्दबहादुर पुन बुधबार औपचारिक भ्रमणका लागि चीन प्रस्थान

मूल्यवृद्धि फिर्ता नलिए टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने :यातायात व्यवसायी

बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा संचारकर्मी राज बराईली नियुक्त

परामर्श व्यवसायमा धराैटि र विदेशी लगानी अावश्यक छैन