1 Sep 2018 10:09:44 PM | No Comments
एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ । १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।
नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले १६९ रन बनाउने क्रममा अनवर अरुदीन र शेद अजिद मुवारकाले समान ३४—३४ रन बनाएका थिए । त्यस्तै मलेसियाका मोहमद नुरले २२ तथा भिरानदीप जगजित सिंहले २१ रन जोडे । मलेसियालाई १६९ रनमा समेट्ने क्रममा नेपालका वसन्त रेग्मीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २—२ विकेट लिएका थिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरी र सागर पुनले समान १—१ विकेट लिएका थिए ।
यसअघि पहिलो इनिङ्समा नेपालका लागि आरिफ शेखले सर्वाधिक नटआउट ६४ रन जोडे । दीपेन्द्रसिंह ऐरीले छनोट खेलमा पहिलो अर्धशतक मलेसिया विरुद्ध पूरा गरेका छन् । उनले ५१ बलमा ५४ रन बनाएका थिए । त्यस्तै, अनिल शाहले १६ रन, कप्तान पारस खड्काले १३ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए । बलिङतर्फ मलेसियाका श्याजरुल इजात इद्रस र सर्भिन मुनिआन्द्रेले समान ३—३ विकेट लिएका थिए ।
यो जितसँगै नेपाल मलेसियामाथि सधै हाबी रहेको प्रमाणित गरेको छ । यसअघिका ५ भेटमा नेपालले सबै नतिजा आफ्नो पक्षमा पारेको थियो । एसिया कप छनोटमा लगातार दुई हार व्यहोरेको नेपालले शबिार मलेसियामाथि जित निकालेसँगै एसियाकप खेल्ने आशा भने जिवीतै रहेको छ । यसका लागि नेपालले सिंगापुर र हङकङसँग लगातार जित निकाल्नु पर्ने छ भने अर्को टिमको नतिजामा समेत भर पर्नु पर्नेछ ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने