सिंगापुरविरूद्ध नेपालकाे सहज जीत

Loading...

एसियाकप खेल्ने गणितिय संभावना बाकी

एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोट खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम ओभलमा भएको नेपाल र सिंगापुरबीचको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।
सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा पूरा गर्दै सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो । लक्ष्य भेट्टाउन नेपालका लागि सर्वाधिक रन अनिल कुमार शाहले बनाए । उनले ३२ बलमा ४३ रन बनाएका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले २९, सुवास खकुरेल र सागर पुनले समान १४—१४ र कप्तान पारस खड्काले ११ रन बनाए ।
त्यस्तै, बलिङतर्फ सिंगापुरका अनन्त कृष्ण र सेल्लादोरे विजय कूमारले समान २—२ विकेट लिए । त्यस्तै, कार्थिकेयन सुप्रमुनियम र सरन कुमार स्वामिनाथमले समान १—१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ४२ ओभर खेल्दै सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिंगापुरका चेतन रामचन्द्र सूर्यवंशीले ६० रन, अनिस एडवार्ड रामले ३१ रन बनाएका थिए । त्यस्तै, कार्थिकेयन सुप्रमिनीयमले २० रन बनाए ।
सिंगापुरलाई १५१ रनमै समेट्न नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । ललित नारायण राजवंशी र सन्दीप लामिछानेले समान ३—३ विकेट लिएका थिए । त्यस्तै, नेपालका लागि सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।
आजको जितसँगै नेपाल ४ अंकसहित चौथो स्थानमा रहेको छ । आजै भइरहेको ओमान र हङकबीचको खेलमा ओमान हारेको खण्डमा नेपाल नेपालको एसिया कप पुग्ने सम्भावना कायम रहनेछ ।
यसअघि हिजो (शनिबार) नेपालले मलेसियालाई १९ रनले पराजित गरेको थियो

Loading...

Similar Posts :


5

ईपीएलमा भैरहवाका रविइन्दरले बनाए पहिलो शतक

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजमाथि कीर्तिमानी जित निकालेको छ । भैरहवाले पोखरालाई ४ विकेटले पराजित गरेको हो । २१६...

थ्रीस्टारको मनाङसँग अंक बराबरी

थ्रीस्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबसँगको अंक बराबरी बनाएको छ । ललितपुरको...

ईपीएलमा ललितपुरले चितवनलाई ११ रनले हरायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले पहिलो जित निकालेको छ ।टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको...

ईपीएलमा विराटनगरकाे विजयी सुरूवात

डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि रक्षा अभियान ललितपुर प्याट्रियट्स माथि ३ विकेटको विजय हात पार्दै सुरु गरेको छ ।त्रिवि...

अष्ट्रेलियाविरुद्ध भारत २५० रनमा अलआउट

अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेट खेलमा भारतले खराब प्रदर्शन गर्दै आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २५० रन बनाएको छ । टस जितेर पहिले ब्याटिङ...

शक्ति गौचनले ईपीएलपछि संन्यास लिने

शक्ति गौचनले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) पछि संन्यास लिने भएका छन् । पोखरा राइनोजका खेलाडी उनले ईपीएल आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका छन् । ३४...
Loading...

यति एयरलाइन्सले २३ वर्ष पूरानो जहाज कवाडीलाई बेच्ने

यतिएयरलाइन्सको २३ वर्ष पूरानो ९-एन-एएचडब्लु जेटस्ट्रीम जहाज कवाडी(स्क्रयाप)मा परिणत गर्नुपर्ने भएको छ ।बेलायती जेटस्ट्रीम...

दाँत सिरिङ–सिरिङ हुने कारण र बच्ने उपाय

हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा  भित्रको भाग...

ईपीएलमा ललितपुरले चितवनलाई ११ रनले हरायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले पहिलो जित निकालेको छ ।टियु क्रिकेट...