3 Sep 2018 08:09:12 AM | No Comments
सुरुवाती दुई खेलको पराजयले नेपालको एसिया कप खेल्ने सम्भावनालाई न्यून बनाए पनि मलेसिया र सिंगापुरमाथिको जितसँगै आशा कायम राखेको छ ।
नेपालले नयाँ यात्राका लागि मंगलबार हङकङविरुद्ध फराकिलो जित निकाल्नुपर्नेछ भने अन्य टोलीको प्रदर्शनमा समेत भर पर्नुपर्नेछ । किनकी सबै टोलीको एक खेल बाँकी छ र ६ मध्ये ४ टोलीको फाइनल पुग्ने सम्भावना कायमै छ ।
गत महिना नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय सिरिज डेब्यु गरेर बराबरी खेलेको नेपाली टोली अहिले मलेसियामा छ । विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानसँग एसिया कप खेल्ने अवसरको खोजीमा छ नेपाल । ४ खेल सकिँदासम्म ओमान ७ अंकसहित शिर्षस्थानमा छ । यूएईको ६ अंक छ भने हङकङको पाँच र नेपालको चार अंक छ । नेपालको अघिल्लो यात्राका लागि यूएईले ओमानसँग हार ब्यहोर्नुपर्नेछ । त्यतिमात्र नभई नजिता नेट रनरेटले समेत तय गर्नेछ ।
४ खेल सकिँदासमेत नेट रनरेटमा नेपाल चार टोलीमध्ये पछाडि छ । नेपालको फराकिलो जित र यूएईको फराकिलो हारले नेपालको एसिया कपको यात्रा तय हुनेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले भारत र पाकिस्तान रहेको समूहबाट एसिया कपमा स्थान बनाउनेछ । प्रतियोगिता अन्तिम चरणमा आइपुग्दा रोमान्चक बनेको छ । नेपालको दोस्रो जित अनि शिर्ष स्थानमा रहेको ओमानले हङकङसँग अंक बाँडेसँगै प्रतियोगिता थप रोमान्चक बनेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा
गायिका सारिका र योगेशले नचाए भारतको कालेबुङवासीलाई
ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ
विश्वकप पछि क्रिस गेलकाे सन्यास
सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी
श्रीमनबिरुद्ध जवरजस्ती करणीको मुद्दा
डीपीएल क्रिकेटलाई खराब मौसम धुलाम्य र हिलाम्य मैदान
कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन
निर्देशक नव ढुंगेलको भिडियोमा रीमा
नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने