टिकट अग्रीम बुकिङ खुला गर्ने विषयमा सोमबार निर्णय हुने

Loading...

दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने भएको छ ।

सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत बृद्धि गरेपछि यातायात व्यवसायीले दशैं तिहारका लागि खुलाउने अग्रिम टिकेट बुकिङबारे निर्णय गर्न सोमबार बैठक बोलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार सरकार व्यवसायीबीच सहमति भएपनि यातायात व्यवस्था विभागले भाडा बृद्धि लगायत सहमतिको आधिकारीक पत्र व्यवसायीलाई पठाइनसकेको बताए ।

‘सम्भवत आइतबार बेलुकासम्म पत्र आउला त्यसपछि हामी सोमबार बैठक बसेर निर्णय गर्छौैँ,’ सिटौलाले विचारखवरसँग भने, ‘हामीले पनि तयारीहरु गर्नुपर्ने हुन्छ त्यसैले सम्भवत मंगलबार या बुधबारबाट मात्रै अग्रिम टिकट बुकिङ खुला गर्न सकिन्छ ।’व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको थियो ।

शनिबार व्यवसायी र सरकारी पक्षबीचको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीको भाडा बृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ ।

सरकारले सिफारिस गरेको भाडा आइतबार (असोज ७) देखि नै लागू हुने बताइएको छ । यसलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति पनि भएको छ छ ।

यसअघि भदौ ३१ गते व्यवसायी र सरकारी पक्षबीच असोज ५ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । तर, असोज १ गते नै पेट्रोलिम पदार्थको मूल्य बढेपछि व्यवसायीले कि मूल्य घटाउनुपर्ने कि भाडा बढाउनुपर्ने भन्दै अग्रिम टिकट बुकिङ खुला नगर्ने चेतावनी दिएका थिए । अघिल्लो सहमतिअनुसार व्यवसायीले ५ गतेबाट अग्रिम टिकट नकाटेपछि सरकार र व्यवसायीबीच ६ गते वार्ता गरेर १० प्रतिशत भाडा बृद्धि गर्ने सहमति भएको हो । सो सहमतिमा व्यवसायी संघ या समितिका रोक्का खाता सञ्चालनबारे पनि विभागलाई छिटो छरितो बनाउन मन्त्रालयले निर्देशन दिएको छ ।

Loading...

Similar Posts :


25

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । यसअघि जोशी...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू चढेको ट्याक्सीको नम्बर टिप्दा तपाईंलाई नै सहज हुन्छ । यात्रा...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको टिप्पणी गरेको छ । केपी...

कसैको भ्रममा नपर्नुस ! जापानमा काम गर्न जाने स्पष्ट खाका तयार छैन

यतिवेला जापानमा काम गर्न जान पाइने अासमा कयाै नेपाली युवाहरू जापनिज भाषा अध्ययन गिररहेका छन् । अाजैमात्र सम्पन्न जापनिज भाषा परिक्षा न्याट टेष्टमा पनि...

नेपालमै अन्तराष्ट्रिय स्तरको पब्लिक स्पिकिङ विशेष तालिम सञ्चालन हुने

आर्टिस्ट नेपाल एकेडेमीले मानिसमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले “पब्लिक स्पिकिङ अभियान“ को सुरुवात गर्ने भएको छ । राजधानीको कमलादी स्थित अन्तराष्ट्रिय स्तरको सुविधा...

७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न अख्तियार आयुक्तले दिए राजीनामा

घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा...
Loading...

सर्वोच्च अदालतका न्यायाधीश जोशीले पदबाट दिए राजीनामा

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत...

ट्याक्सीमै तपाईंको समान छुट्यो भने पनि चिन्ता नलिनुस् ! भेटिन्छ

काठमाडौं उपत्यकामा चल्ने सबै ट्याक्सीमा चालकको सिटअघि पनि ट्याक्सी नम्बर टाँसिएको हुन्छ । आफू...

सरकारले एक वर्षको अवधिमा विश्वसनियता गुमाएको कांग्रेसको दाबी

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएपछिको पहिलो एक वर्ष इतिहासकै...