डाक्टर बन्ने रहरले कि करले !!!

Loading...

चिकित्सा क्षेत्र पहिले जस्तै अहिले पनि विद्यार्थीहरुको आकर्षणको केन्द्रविन्दुमा रहदै आएको छ । डाक्टर बन्नु अहिले पनि हरेक विद्यार्थीको लक्ष्य नै हो । विद्यार्थीहरु अन्य व्यवसायीक शिक्षा तिर ढल्किए पनि मेडिकल शिक्षातर्फ विद्यार्थीको चार्म घटेको छैन । मेडिकल शिक्षालाई समाजमा प्रतिष्ठित पेशाका रुपमा हेरिन्छ । चिकित्सक बनेपछि रोजगारीका लागि सहजहुने हँुदा पनि विद्यार्थीको आकर्षण बढेको हो । चिकित्सक बन्न रहर भएर मात्रै पनि पुग्दैन यसका लागि विद्यार्थीमा समाज र राष्ट्रप्रतिको दायीत्वबोध, व्यक्तीगत आचरण,व्यवहार र लगनशिलता पनि हुनुपर्छ । प्रत्यकबर्ष विज्ञान संकायबाट कक्षा १२ उत्तिर्ण गरेका दशहजार भन्दा बढि विद्यार्थीले एमबीबीएस अध्ययनका लागि विभिन्न विश्वविद्यालयका प्रवेश परिक्षामा सहभागी हुने गरेका छन् । नेपाली विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनका लागि रहेको सिमित कोटाका कारण विद्यार्थीहरु एमबीबीएस अध्ययनका लागि छिमेकी राष्ट्र चिन, बंङ्लादेश, फीलीपीन्स जाने गरेका छन् ।
विदेशका १० वटा मुलुकबाट एमबीबीएस पढेर आएका कुल पाँच सय २६ जना विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा ५८ जना मात्र उत्तीर्ण भएको तितो यथार्थ छ । एमबीबीएस उत्तीर्ण गर्दासम्म प्रतिविद्यार्थी औसत ५० लाख खर्च हुने गरेको छ । वर्षमा झन्डै साढे चार अर्ब रुपैयाँ मेडिकल शिक्षाका लागि बिदेसिने गरेको छ ।
स्वास्थ्य सेवा हो तर यसका लागि लगाएको लगानीको प्रतिफल जो कसैले अवश्य खोज्छ । पैसा कमाउने मुख्य उदेश्य लिएर यो एमबिबिएसको क्षेत्रमा आउन लागेको महत्वाकांक्षी विद्यार्थीलाई पढ्दा लागेको लाखौ–लाखको लगानी कहिले र कसरी उठाउने भन्ने चिन्ता सधै हुन्छ । त्यसैले यो चिन्ताबाट मुक्त भएर मात्र डाक्टर बन्ने लक्ष्य पुरा हुन सक्छ । डाक्टर बन्न अध्ययन पश्चात पनि नेपाल मेडिकल काउन्सिलले लिने लाईसेन्स परिक्षा उत्र्तिण गर्नुपर्ने हुन्छ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्म कान्त बास्कोटा भन्छन् “डाक्टर बन्न सहज छैन र जो कोहिले चाहादैमा डाक्टर जस्तो संवेदनसिल पेशामा ल्याउनु पनि हुदैन ।मेहनति र लगनशिल विद्यार्थीले मात्र यो पेशा रोज्नु उपयुक्त हुन्छ ।” चिकित्सकले सेवामुखी, समाजसेवी र आदर्शवान बन्दा आफ्नो गुजारा कसरी चलाउने भन्ने प्रश्न तेर्सिने गरेको छ । मेडिकल काउन्सिलको अनुगमनको बेला विभिन्न ढाकछोप गर्दै, प्रलोभन दिएर, लेनदेन गरेर, फर्जी बिरामी र भाडामा ल्याएका शिक्षक देखाउँदै अनुबन्धन लिएका मेडिकल कलेजले गुणस्तर र क्षमतावान चिकित्सक उत्पादन गरिरहेका कुरामा बिश्वस्त हुन सक्ने अवस्था छैन ।कलेजका सेयरधनीहरु बिचको आपसी कलह र आर्थिक संकटका कारणले समस्या उत्पन्न हुने गरेको तितो यथार्थ छ ।

एमबिबिएस पास गरेपछिको अर्को बिकराल समस्या भनेको उचित सोचविचार र तयारिबिना एमबिबिएस पढेकाहरुलाई अहिलेको स्पेसिअलाइजेसनको जमानामा एमडि गर्नैपर्ने बाध्यता हो । छात्रवृत्तिको सिट भन्दा ६–७ गुणा बढी डोनेसनको आधारम भर्ना लिँदा मध्यमवर्गीय परिवार घरबार बेचेर डाक्टर बनाउन लालयित छन् । औसत क्षमता भएको विद्यार्थी पनि यो क्षेत्रमा लहलहै र जोशमै प्रवेश गरेको देखिन्छ । यो समस्याको मुख्य कारण इज्जत, शान, समाजमा पहिचान हो । केही कुरामा केन्द्रित भएर अवसरको जानकारी बिना, तयारी बिना यो एमबिबिएसको महासागरमा हाम फाल्न नहुने तर्फ विज्ञहरुको सुझाव रहेको छ । नेपाल मेडिकल काउन्सिलको नियमअनुसार नेपालबाट चिन,बंगलादेश,फीलिपीन्स लगायत अन्य मुलुकमा एमबीबीएस अध्ययन गर्न जाँदा भाषा कक्षा बाहेकको कम्तिमा ४ बर्ष ६ महिनाको कोर्ष र १ बर्षको ईन्र्टनसिप गर्नुपर्ने हुन्छ ।

एमबीबीएस र बीडीएस अध्ययनगर्न विदेश जान चाहने विद्यार्थीले नेपालका विश्वविद्यालयले लिने एमबीबीएस तथा बीडीएसको प्रवेश परीक्षा उर्तीर्ण गनुपर्ने हुन्छ । नेपाल मेडिकल काउन्सिलले विदेश अध्ययनगर्न जानचाहने नेपाली विद्यार्थीलाई नेपालका विश्वविद्यालय, प्रतिष्ठान र अध्ययन संस्थानले एमबीबीएस र बीडीएस अध्ययनका लागि लिएको परीक्षा(इन्ट्रान्स एक्जाम)मा उत्तीर्ण हुनै पर्ने व्यवस्था गरेको छ । विदेश अध्ययनका लागि काउन्सिलबाट अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी सर्टिफिकेट) लिनै पर्ने हुन्छ । काउन्सिलले चिकित्साशिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिनकालागि साझा राष्ट्रिय परीक्षा उत्तिर्ण हुनुपर्ने व्यवस्था गर्न लागेको भएपनि त्यो कार्यन्वयन हुन सकेको अवस्था छैन । चिकित्सा शिक्षा अध्ययनकालागि विदेश जाने नेपाली विद्यार्थीको संख्यामा कहिले बढ्ने त कहिले घट्ने गरेको पाइन्छ ।

मेडिकल शिक्षा अध्ययन गर्नुपूर्व विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरु
एमबीबीएस वा बीडीएस पढ्नका लागि आर्थिक भन्दा पनि वौद्धिक क्षमता ज्यादा चाहिन्छ । एमविविएस अध्ययन गर्न लगनशिल र मेहनति विद्यार्थी हुनुपर्ने भएकाले विद्यार्थीे आफ्नो पढाई प्रति केन्द्रित हुनु महत्वपूर्ण छ । प्राविधिक विषय भएकाले इच्छुक र लगनशिल विद्यार्थी जसले विश्वविद्यालयको प्रवेश परीक्षा उत्तिर्ण गरेको छ त्यस्तो विद्यार्थी उपयुक्त हुन्छ । विद्यार्थीले आफ्नो बौद्धिक क्षमता र आर्थीक क्षमतालाई ध्यान दिनुपर्ने हुन्छ । यो टेक्निकल विषय भएकाले डाक्टर बन्ने लक्ष्य भएको विश्वविद्यालयको प्रवेश परिक्षा पास गर्न सक्ने विद्यार्थी हुनु पर्छ ।
साझा प्रवेश परिक्षा नहुदा समस्या
साझा प्रवेश परिक्षा नहुँदा विद्यार्थीले भने हैरानी खेप्नुपरेको छ ।एउटै साझा योग्यता परीक्षा लिइयो भने विद्यार्थीले पटक पटक परिक्षा दिनुपर्ने र विदेशका राम्रा कलेजमा सिट नपाउने समस्या समाधान हुन्छ । कक्षा १२ को अन्तिम परीक्षा सकिना साथ साझा प्रवेश तथा योग्यता परीक्षा लिएमा विद्यार्थीहरुले शैक्षिक वर्ष गुमाउनु पर्ने र तयारी कक्षाका नाममा अनावश्यक रुपमा अर्थिक तथा मानसिक बोझ लिनु पर्ने छैन ।
विदेशमा डीग्री पढ्न गएका तुलनात्मक रुपमा कमजोर विद्यार्थी
काउन्सिलका अनुसार पाकिस्तान, किर्गिस्तान, जर्जिया र बेलारुसमा एमबीबीएस पढेर आएका विद्यार्थीको अवस्था दयनिय छ पटकौ पटक परिक्षा दिदाँ पनि अनुत्तिर्ण भएको अवस्था छ । एमबीबीएसको जस्तै निराशाजनक तस्बिर बीडीएसको पनि छ । बंगलादेश र फिलिपिन्सबाट बीडिएस पढेर आएका विद्यार्थीले लाइसेन्स परीक्षा सजिलै उत्तिर्ण गर्न सक्ने अवस्था नै छैन । विदेशको मात्र होइन, नेपालकै पनि मेडिकल शिक्षा गुणस्तरहीन छ । जनकपुरस्थित जानकी मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल कलेज र रुपन्देहीस्थित देवदह मेडिकल कलेजको पूर्वाधार नाजुक हुँदाहुँदै पनि सम्बन्धन दिइएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ मा उल्लेख छ । मेडिकल कलेज सञ्चालकको प्रलोभन र दबाबमा कानुनको जानाजानी दुरुपयोग गरी सम्बन्धन दिने काम भएको आयोग प्रतिवेदनमा उल्लेख छ ।
विद्यार्थी एमबीबीएस परिक्षामा असफल हुने प्रमुख कारण
कमजोर विद्यार्थी, कमजोर प्राध्यापक र पूर्वाधार नै नभएका मेडिकल कलेजका कारण बर्सेनि सयौं विद्यार्थी लाइसेन्स परीक्षामा उत्तीर्ण गर्न नसकी निरास हुने गरेका छन् ।सन्तानको चाहना र क्षमताभन्दा पनि आफ्नो इच्छा लाद्ने अभिभावकका कारण कमजोर जग भएका विद्यार्थी पनि चिकित्सा शिक्षा अध्ययन गर्न बाध्य छन् । आफ्नो रुचिभन्दा पनि समाजमा प्रतिष्ठा आर्जन हुन्छ भन्दै काउन्सिलिङ गरी जबरजस्त पढ्न बाध्य बनाउने गरेको विद्यार्थीको गुनासो रहदै आएको छ । दुई पटक दिँदा पनि लाइसेन्स परीक्षामा असफल भएका एक विद्यार्थी भन्छन् , ‘बुबा आमाको इच्छा पूरा गर्न ध्यान दिँदा मेरा चाहना सुलीमा चढे ।’मेडिकल शिक्षामा बिरामी नै व्यावहारिक अनुभवका लागि पुस्तकसरह मानिन्छन् । तर, बिरामी नै पर्याप्त नभएका कारण पर्याप्त अनुभव गर्न नपाएको विद्यार्थीको गुनासो छ । चिकित्साशास्त्र अध्ययन गर्नुअघि त्यसबारे अनभिज्ञ भएकाहरू जब पढ्न थाल्छन् त्यतिबेला निल्नु न ओकल्नुको अवस्था हुने गरेको स्वयं विद्यार्थी बताउँछन् । आफू चिकित्सक हुन नसकेपछि छोराछोरीलाई जसरी पनि डाक्टर हुनुपर्छ भनी दबाब दिने गरेका छन् ।

Loading...

Similar Posts :


25

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जित्न सफल भए । शिव परियारले ‘बर्षाैं भो...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १०...

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे

शैक्षिक परामर्श सेवालार्इ चुस्त र व्यवस्थीत बनाउने भन्दा पनि राजनीतिक पूर्वाग्रही साेचका अाधारमा परामर्श संघ संचालन हुँदा कहिले जुट्ने त कहिले फुट्ने गरेका छन्...

भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा...

बागमतीमा मोटरसाइकलकाे नयाँ दर्ता रोकियो

सरकारी अदूरदर्शिताले दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको यातायात व्यवस्था...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे