नेपाली क्रिकेट टिम टी-२० विश्वकप छनोट खेल्न मलेसिया प्रस्थान

Loading...

दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसिया प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली अपराहृन १ बजे मलेसियाका लागि उड्ने कार्यक्रम छ ।
विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । नेपालले पहिलो खेल पर्सी बुधबार म्यानमारसँग खेल्नेछ । समुहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् ।एसियाली छनोट ‘ए’बाट यूएई, कतार र कुवेत शीर्ष तीनमा आइसकेका छन् । समूह ‘बी’बाट तीन टोली थपिएर ६ देशबीच खेल हुनेछ र त्यसमा शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।हालै मलेसियामा सम्पन्न एसिया कप छनोटमा खराब प्रदर्शन गरेको नेपाल यस प्रतियागितामा त्यसलाई बिर्सन चाहन्छ । प्रशिक्षक जगत टमाटाको भनाइमा नेपालको लक्ष्य च्याम्पियन बनेर विश्वकप छनोटमा स्थान बनाउने नै हो ।यूएईलाई छाड्ने हो भने प्रतियोगितामा सहभागी अन्य टिम नेपालभन्दा कमजोर मानिन्छन् । तर, त्यसो भनेर नेपाल ढुक्क हुने अवस्था छैन ।प्रशिक्षक टमाटा भन्छन्, ‘अरु टिम कस्ता छन् भन्दा पनि हामी राम्रो क्रिकेट खेल्न चाहन्छौं ।

नेपालले यसपाली टोलीको संरचनामा केही परिर्वतन गरेको छ । तीन वर्षपछि प्रदिप ऐरीले टिममा पुनरागमन गरेका छन् । उनी घरेलु टि-२० लिगमा राम्रो लयमा देखिएका थिए ।ओपनिङमा देखिएको समस्यालाई मध्यनजर गरेर पनि प्रदिपलाई ल्याइएको हो । उनी आक्रामक ब्याटिङका लागि चिनिने हुँदा टि-२० मा राम्रो गर्न सक्ने प्रशिक्षकको विश्वास छ । त्यस्तै अर्का हार्ड हिटर विनोद भण्डारी पनि छन् । अनिलकुमार साह र ज्ञानेन्द्र मल्ल पनि ओपनिङका लागि उपलब्ध हुनेछन् । प्रशिक्षक टमाटाले यसपाली ओपनिङमा प्रदिप, विनोद र अनिलमध्ये दुईलाई खेलाउने सम्भावना प्रवल छ । त्यसो भएमा ज्ञानेन्द्र तेस्रो नम्बरमा आउनेछन् भने पारस चौथो नम्बरमा । एकदिवसीय टोलीमा पर्न संघर्षरत विनोद टी-२० फ्रेन्चाइज लिगहरुमा ओपनिङमै खेल्ने गरेका छन् ।

चोटका कारण एसिया कप गुमाएका शरद भेषावकर पनि टोलीमा फर्किएका छन् । उनको पुनरागमनले मध्यक्रम बलियो देखिएको छ । पछिल्लो समय मध्यक्रममा खेलिरहेका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल भने यसपाली टोलीमा छैनन् । उनी अन्डर १९ एसिया कप खेल्न बंगलादेशमा छन् ।

Loading...

Similar Posts :


5

नेपाली क्रिकेट टिम टी-२० विश्वकप छनोट खेल्न मलेसिया प्रस्थान

दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसिया प्रस्थान गरेको छ ।...

क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप

काठमाडौं ।एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै...

रोनाल्डोले पहिलो खेलमा नै रातो कार्ड पाए

विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स...

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले...

नेपाल पाकिस्तानसँग २–१ ले पराजित

साफ् च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो...

नेपालको फराकिलो जित र यूएईको फराकिलो हारले मात्र नेपालको एसिया कपको यात्रा तय हुने

४ खेल सकिँदासमेत नेट रनरेटमा नेपाल चार टोलीमध्ये पछाडि सुरुवाती दुई खेलको पराजयले नेपालको एसिया कप खेल्ने सम्भावनालाई न्यून बनाए पनि मलेसिया र सिंगापुरमाथिको...
Loading...

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

७औं म्युजिक खबर म्युजिक अवार्डको सातौं संस्करणकाे अवार्डमा गायक शिब परिवार सर्वोत्कृष्ट सुगम संगीत...

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २...

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था...

लव बहादुर कार्की दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट निर्देशकको अवार्डबाट सम्मानित

७औं म्युजिक खबर म्युजिक अवार्ड ,हेर्नुहाेस् क-कसले पाए अवार्ड

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु

ईभेन्ट आयोजकको रुपमा समेत ख्याति कमाउदै चर्चित फेशन डिजाईनर ममथा बस्नेत

विजया दशमीको अवसर पारेर ‘छोरी नम्वर वन’ भन्दै आइन गायिका सविना श्रेष्ठ (भिडियो सहित)

मेलम्ची खानेपानी : दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

यातायातका कर्मचारीकाे मिलेमताेमा ट्राइल फेल भएकालाई लाइसेन्स

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको  ५८ बर्षको उमेरमा आज असमायीक निधन

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

राजनीतिक पूर्वाग्रही साेचले शैक्षिक परामर्श व्यवसायीहरू जुट्न हाेर्इन फुट्न लागे