भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

Loading...

पछिल्ला केही दिनदेखि अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) अवमूल्यन भएसंगै  यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको छ । भारु १ सयबराबर नेपाली मुद्रा १ सय ६० रुपैयाँको स्थिर विनिमय दर रहेको छ । यो साढे तीन दशकदेखिको विनिमय दर हो । यस हिसाबले बिहीबार १ अमेरिकी डलरबराबर भारु ७३ रुपैयाँ ५३ पैसा रहेको छ ।
डेढ महिनाअघिसम्म प्रतिडलर १ सय १० रुपैयाँहाराहारी थियो । तर, एक्कासि डलरको भाउ ह्वात्तै बढ्न थालेयता कम आय हुनेदेखि बढी आय हुनेसम्मलाई असार पार्न थालेको छ । त्यसमाथि ठूला चाड दसैं र तिहार नजिकिएका बेला अमेरिकी डलरको भाउ महँगो हुँदा चाडबाड मनाउन पहिलाभन्दा महँगो पर्ने निश्चित छ । जसका कारण प्रत्येक नेपाली परिवारलाई असर पर्न थालिसकेको छ ।

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो भएर नयाँ रेकर्ड कायम भएको छ । पछिल्लाे केही दिन तलमाथि भइरहेको भाउ बिहीबार १ डलरबराबर १ सय १७ रुपैयाँ ६५ पैसा तोकिएको छ । यो भनेको नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर सावित भएको अवस्था हो ।

असोज ३ गते डलरको भाउ १ बराबर १ सय १७ रुपैयाँ ७ पैसा पुगेको थियो भने त्यसको १० दिनअघि १ सय १६ रुपैयाँ २३ पैसाबराबर भएको थियो । हिजो बुधबार डलरको भाउ १ बराबर १ सय १६ रुपैयाँ ९६ पैसा थियो । यो दर आज आइपुग्दा ६९ पैसाले महँगो हुन पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरबराबर १ सय १७ रुपैयाँ ६५ पैसा बिक्री दर र १ सय १७ रुपैयाँ ५ पैसा खरिद दर तोकेको छ । बुधबार डलरको बिक्री दर १ सय १६ रुपैयाँ ९६ पैसा र खरिद दर १ सय १६ रुपैयाँ ३६ पैसा पुगेको थियो ।

मुलुकको व्यापार घाटा बढेर ११ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँबराबर पुगेको छ । नेपालले पेट्रोलियम पदार्थदेखि गाडी, यसका पुर्जा आयातमा ठूलो परिमाणबराबरको रकम खर्च गर्दै आएको छ । अर्थतन्त्रको प्रमुख समस्या नै बढिरहेको व्यापार घाटा हो । नेपालबाट गएको आर्थिक वर्ष ८१ अर्ब १९ करोड रुपैयाँबराबरका वस्तु विभिन्न देशमा निर्यात गरेको तथ्यांक सरकारसँग छ, तर यसको ठिक विपरीत १२ खर्ब ४३ अर्ब रुपैयाँबराबरका वस्तु आयात गरेको थियो ।

उच्च व्यापार घाटा भएका बेला डलर महँगो हुँदा नोक्सानी पनि त्यति नै ठूलो हुने गर्छ । तर, डलर महँगो हुँदा नेपालजस्तो देशका लागि एउटा फाइदा भने छ । त्यो के हो भने जति धेरै डलरको भाउ बढ्दै जान्छ विदेश बस्ने नेपालीले रेमिट्यान्स पनि त्यति नै धेरै पठाउने गर्छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । तैपनि यो रेमिट्यान्स परिमाणभन्दा आयात परिमाण धेरै उच्च भएका कारण डलर महँगिदा पनि अर्थतन्त्रलाई नोक्सान नै भएको थियो ।

Loading...

Similar Posts :


21

फागुन तेस्रो साता राजधानीमा घरेलु उद्योग महोत्सव–२०७५ आयोजना हुने

काठमाडौं । “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ नेपाल १५औं अन्तर्राष्ट्रिय...

यति एयरलाइन्सले २३ वर्ष पूरानो जहाज कवाडीलाई बेच्ने

यतिएयरलाइन्सको २३ वर्ष पूरानो ९-एन-एएचडब्लु जेटस्ट्रीम जहाज कवाडी(स्क्रयाप)मा परिणत गर्नुपर्ने भएको छ ।बेलायती जेटस्ट्रीम विमान २३ वर्ष पूरानो हो। यसको पहिलो उडान सन् १९९६...

विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । सिक्टा सिँचाइ आयोजनाको मूल...

सरकारले मदिरा उत्पादन, बिक्री र विज्ञापन कडाइ गर्ने

सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ । यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी...

सामाजिक सुरक्षा योजनाले श्रमिकलार्इ फाइदा

सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको छ । औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने यस योजनाको मंगलबार राजधानिमा...

महिला ब्यवसायीहरु बित्त अनुशासनमा अगाडी

काठमाडौं, ०९ मङ्सिर- नेपाल वुमन च्याम्बरको आयोजनामा अाइतबार बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र बैंकका डिपुटि गभर्नर चिन्तामणी शिवाकोटीको प्रमुख आतिथ्यता...
Loading...

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री...

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

अष्ट्रेलिया सरकारले नयाँ भिसा योजना ल्याएको छ । अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्याको चाप बढेता...

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

 एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा साविक विजेता विराटनगर वारियर्सले पोखरा राइनोजमाथि सुपर ओभरमा रोमाञ्चक...

ईपीएलमा ललितपुर प्लेअफमा प्रवेश

आदित्यनाथको जनकपुर भ्रमणमा प्रदेश सरकारले गर्याे सम्मान

अष्ट्रेलियामा अव काम गर्न पनि जान पार्इने, अायाे नयाँ भिसा योजना

मोडलिङ्ग माक्यारियर खोज्दै अर्चना ( फोटो फिचर)

सुपर ओभरमा विराटनगरले पोखरालाई ७ रनले हारायो

“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा

मुख्यमन्त्री र संघीयमन्त्रीकाे मर्यादाक्रममा हेरेफेर गरिने

नेपाली कांग्रेसको आर्थिक प्रतिवेदन पारित

गुल्मीको बडिगाढ खोलामा र्‍याफ्टिङको सफल परीक्षण

खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई ठाडै अवकाश